गौरा पर्वको दोस्रो दिन ‘नानी गौरा’

गौरा पर्वको दोस्रो दिन ‘नानी गौरा’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुक्रबारदेखि सुरु भएकोे छ । दोस्रो दिन आज ‘नानी गौरा’ मा ब्रतालु महिलाले हिजो भिजाएका बिरुडा ९पाँच प्रकारका अन्न०लाई नजिकका धारा, तलाउमा लगेर धुने गर्छन् । सवाँ, अपामार्गलगायत वनस्पति प्रयोग गरेर नुहाउनाका साथै गौराको प्रतिमूर्ति बनाइ नजिकका पानीका मुहान, धारा तथा तलाउमा पूजाआजा गर्ने गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गोल्मा भाटले बताउनुभयो ।

बिरुडा पञ्चमीका दिन भिजाइएका बिरुडाले गौराको पूजा गरिनाका साथै बारीमा फलेका विभिन्न फलफूल पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ । आज दिउँसो गौरादेवीको पूजा गरेपछि ब्रतालु महिलाले साँझपख मीठोमसिनो खाएर बिरुडा र फलफूलसहितको सगुन फाग गाउँछन् ।पौराणिककालमा गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवलाई स्वामी बनाउन सफल हुनुभएकीले त्यसै बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झना स्वरूप यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयो ।

दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याइनाका साथै महिलाले धारणा गर्ने विशेष प्रकारको धागो समर्पण गर्ने र अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ । तागाधारी पुरुषले जनै धारण गरेजस्तै महिलाले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । गौराका समयमा सामूहिकरुपमा देउडा, ठाडो खेल, ढुस्को, धमारीलगायत सांस्कृतिक खेल खेलिने गरिएकामा कोरोना भाइरसका कारण सामूहिकरुपमा जमघट नहुँदा गौराको रौनक नै नभएको स्थानीयले बताएका छन् ।

यो पनि – टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडान अझै अनिश्चित

टीकापुर अस्पतालमा जडान गरिने भनिएको अक्सिजन प्लान्टको काम अनिश्चितजस्तै बनेको छ । कोरोनाको दोस्रो सङ्क्रमणका बेला अक्सिजन अभावमा थुप्रैले ज्यान गुमाउनुपरेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट पठाएको थियो । अस्पतालमै दैनिक छ÷सात जना कोरोना सङ्क्रमितले ज्यान गुमाउन थालेपछि नागरिकस्तरबाट समेत सहयोगको आह्वान गरिएको थियो । त्यसपछि टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले पनि अक्सिजन प्लान्ट जडानका लागि बजेट दिने निर्णय गरी प्रक्रिया अगाडि बढाइएको भए पनि निर्माण कम्पनीको ढिलाइका कारण अक्सिजन प्लान्ट जडानको काम अनिश्चित बनेको हो ।

अस्पतालले अक्सिजन प्लान्ट जडानका लागि हेल्थ केयर सप्लायर्स काठमाडौँसँग २०७८ जेठ १७ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार सप्लायर्सले गत असार १७ गते काम सम्पन्न गरिसक्नुपर्ने थियो । त्यसपछि पनि अस्पतालले थप चार दिनका लागि म्याद थप गर्यो । म्याद सकिएको पनि करिब दुई महिना पुग्नै लाग्दासमेत सप्लायर्स सम्पर्कमा आउन सकेको छैन । अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले अक्सिजन प्लान्ट जडान यह िभदौ १५ गतेभित्र सम्पन्न गर्ने आश्वासन दिनुभएको बताइएको थियो ।

उहाँले मन्त्रालयमा बुझ्दा अन्य कुनै ठाउँमा पनि अक्सिजन प्लान्ट जडानको काम नभएको र अहिले नै आत्तिहाल्नुपर्ने अवस्था पनि आइनसकेको भन्ने जवाफ आएको बताउनुभयो । “ढुवानीको समस्याका कारण अन्त पनि काम अगाडि बढ्न सकेको छैन, अब यो महिनाभित्र काम सम्पन्न भए पनि राम्रै हुन्थ्यो”, अध्यक्ष रावलले भन्नुभयो, “सम्झौता खारेज गरेर अर्को गर्दा झन बढी समय लाग्ने भएका कारण यसैलाई निरन्तरता दिइएको हो, भदौसम्म काम सकेन भने सप्लायर्सले पैसा पाउँदैन र धरौटीबापतको रु आठ लाख पनि जफत हुन्छ ।”

सङ्घीय सरकारले गत आवमा विनियोजन गरेको अक्सिजन प्लान्ट जडानका लागि विनियोजन गरेको बजेट भदौ मसान्तसम्म खर्च गर्न पाउने व्यवस्था मिलाएको छ । भदौ मसान्तसम्म पनि रकम खर्च हुन सकेन भने बजेट फ्रिज जाने भएकाले पनि यही मसान्तसम्म काम हुने अध्यक्ष रावलले विश्वास व्यक्त गर्नुभयो ।

सप्लायर्सका अमिर खानले अक्सिजन प्लान्टको सामान भन्सार पुगेको जनाउँदै भदौभित्र प्लान्ट जडान गरिसक्ने बताउनुभयो । “सामान भन्सारमा पुगेको छ, केही दिनमा काठमाडौँ पुगेपछि हामीले सामान छुट्याएर टीकापुरका लागि पठाउँछौँ”, उहाँले भन्नुभयो, “सामान आपूर्तिमा ढिलाइ भएका कारण समय लागेको हो, अब सामान आइसकेको छ, सामान पुगेपछि तीन÷चार दिनमा अक्सिजन प्लान्ट जडानको काम सम्पन्न भइहाल्छ ।” रु ८९ लाख २७ हजारमा सप्लायर्सले अक्सिजन प्लान्ट जडानको जिम्मा लिएको छ ।