महाधिवेशनबाट आगामी निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनुपर्ने : प्रवक्ता शर्मा

महाधिवेशनबाट आगामी निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनुपर्ने : प्रवक्ता शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले महाधिवेशनबाट आगामी निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेस दमक नगर समितिको कार्यालयमा आज आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले यस अघिको सरकारले देशको प्राथमिकता नबुझेकाले सरकारबाट बाहिरिनुपरेको हो भन्नुभयो । “कांग्रेसलाई जनताले पाँच वर्षको लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको मैले बारम्बार भन्दै आएको हो तर पनि देश चलाउनुपर्नेले नचलाएपछि मुलुक सम्हाल्नको लागि कांग्रेस सरकारमा आउनुपरेको हो”, उहाँले भन्नुभयो । अघिल्लो सरकारले अस्थिरताका लागि अध्यादेश ल्याएको बताउँदै प्रवक्ता शर्माले भन्नुभयो,“ वर्तमान सरकारले मुलुकको स्थिरताका लागि अध्यादेश ल्याउनु बाँध्यता हो ।”

यो पनि – कांग्रेसले सार्वजनिक गरयो थप पाँच जिल्लाका क्रियाशील सदस्यताको नामावली

काठमाडौँ, १२ भदौ (रासस) : नेपाली काँग्रेसले १४औँ महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप पाँच जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम आज नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीको क्रियाशील सदस्यको नामावली पार्टीको वेभसाइटमा प्रकाशित गरेको हो । क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।

समितिले यसअघि बिहीबार ३८ जिल्ला र शुक्रबार १० जिल्लाका गरी कूल ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको थियो । क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेसँगै यही भदौ १८ गते तोकिएको वडा अधिवेशनका लागि नेता कार्यकर्ता अधिवेशनमा केन्द्रित देखिएका छन् । नवीकरण र नयाँ गरी करिब नौ लाखको सङ्ख्यामा रहेका काँग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन । क्रियाशील सदस्यले आफ्नोे वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने काँग्रेस विधानमा उल्लेख छ ।

काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ । यसैगरी काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

यो पनि – पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार

काठमाडौँ, १२ भदौ (रासस) : साहित्य सन्ध्याले नियमित मासिक ४१९औँ शृङ्खलाका अवसरमा विभिन्न पाँच स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । भर्चुअलरुपमा आयोजित सो कार्यक्रममा रु पन्ध्र हजार राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अनिता लामा र रु पाँच हजार राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ डा राजेन्द्रप्रसाद अधिकारीले पाउनुभयो ।

यस्तै रु १० हजार राशिको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’ द्वारा डा शेषराज आचार्यलाई सम्मानित गरियो भने रु १० हजार राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं पुरस्कार तथा सम्मान’ द्वारा नियात्राकार प्रतीक ढकाललाई दिइयो । ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ द्वारा तिलबहादुर कार्कीलाई सम्मानित गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ती पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।

साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा विधान आचार्य र यशोदा अधिकारी रहेको तीन सदस्यीय ‘स्रष्टा चयन समिति’ को छनोटबाट पुरस्कार दिइएको थियो ।