सहरी खानेपानी आयोजना निर्माणमा ढिलाइ

सहरी खानेपानी आयोजना निर्माणमा ढिलाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जयपृथ्वी नगरपालिका भोपुरका महादेव जोशीले चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई खानेपानीका लागि पैसा तिरेको तीन वर्ष हुन थाल्यो । उहाँले भन्नुभयो, “मसँग पैसा थिएन । छोरीले बुझेको तलबबाट भए पनि धारा जडानका लागि रु १० हजार तिरे । अहिलेसम्म धारामा पानी आएको छैन् । कहिले आउँछ थाहा छैन ।”

त्यस्तै जयपृथ्वी नगरपालिका–९ देवलकी टिटा मगर धामीले पनि रु १० हजार तिरेको करिब चार वर्ष जति हुन लाग्यो । उहाँहरु मात्रै नभएर गाउँका धेरै मानिसले पैसा तिरेको धेरै भयो । पानी आएको छैन् । सेतो पाइप मात्र बिछ्याएको छ । यसतर्फ ध्यान सो समिति गएको छैन ।सन् २०१९ अप्रिल ७ देखि काम गर्ने जिम्मा पाएको आशिष जेभी ग्वाँल्लेक निर्माण सेवाले जयपृथ्वी–११ भोपुरमा काम सुरुआत गर्ने गरी सहरी खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रीय कार्यालय नेपालगञ्जसँग रु २२ करोड ९२ लाख सम्झौता गरेको थियो । करिब १८ महिनाभित्र काम सम्पन्न गर्नेे सम्झौतामा उल्लेख छ । हालसम्म ७५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । भारत र चीनबाट समेत सामान ल्याउनुपर्ने भएकाले र लकडाउनका कारणलेसमेत काममा ढिलाइ भएको जेभी कन्टक्सनका परामर्शदाता मकरबहादुर स्वाँरले बताउनुभयो ।

अगामी दशैँभित्र समुदायस्तरमा पानी वितरण गर्ने तरिकालेसमेत काम भइरहेको जनाइएको छ । चैनपुरका लागि चार लाख ५० हजार लिटर, भोपुर बस्तीका लागि ५० हजार लिटर, देवल रिठापाठाका लागि एक लाख लिटर पानी वितरण गरिने समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताउनुभयो । उहाँका अनुसार सो क्षेत्रका करिब एकहजार १६५ घरधुरीलाई पानी उपलब्ध गराइने छ । उहाँले भन्नुभयो, “आयोजना निर्माणस्थलमा सेती नदीमा आएको बाढीका कारणले आयोजना निर्माणमा ढिलाइ हुनगएको हो ।”

परियोजना निर्माणका लागि एशियन डेभलपमेन्ट बैंक र नेपाल सरकारको ७० प्रतिशत र नगरविकास कोष र उपभोक्ताको ३० प्रतिशत छ । नगरपालिकाले पनि म्याचिङस्वरुप रु ४५ लाख सहयोग गरेको छ । सुरुका अवस्थामा पनि सेती नदीको छालमा आयोजना बनाउनु नै गलत भएको तथा अहिले नदीको बाढीका कारणले निर्माणमा समेत ढिलाइ गरेको नगर उपप्रम्रख जुना जाग्रीले बताउनुभयो । आफूले आयोजनाको निर्माणकार्य सुरु हुनअघि नै सेती नदीको छालमा नबनाउन आग्रह गरे पनि कसैले आफ्नो कुरा नसुनेको उहाँको भनाइ छ ।

यो पनि – दुई ठूला आयोजना: गफ बढी , काम सुस्त

विसं २०६२÷०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सा¥यो । भारतसँग सिमाना जोडिएको दोधारा चाँदनीमा मुलुककै आर्थिक विकासमा टेवा पुग्ने आयोजना बन्ने खबरले हर्षित सुदूरपश्चिमवासीको यो चाहना भने दशक नाघिसक्दा पनि सुरुआत हुने तरखर छैन । सुरुमा दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा स्थापना गर्ने योजनासहित काम अघि बढे पनि त्यहाँ स्थानीयले विस्थापित हुने डर र उनीहरुको अवरोधका कारण प्रभावित बन्यो ।

केन्द्रबाट आउने अनुगमन र उच्चस्तरका पदाधिकारीले समेत सम्झाउन नसकेपछि आयोजना निर्माणस्थल दोधारा चाँदनीकै मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा प्रस्ताव गरिएको छ । “सुख्खा बन्दरगाह बन्ने भनेपछि यहाँ जग्गाको मूल्य छोइनसक्नुभयो, स्थानीयले पनि सुखद् दिन आउने अनुभूति गरे तर आयोजनाको काम भने फिल्डमा देखिएन ।” दोधारा चाँदनीका स्थानीय प्रेमबहादुर भट्टले भन्नुभयो, “सुख्खा बन्दरगाह बनाउन अब बहानाबाजी बनाएर ढिलाइ गर्नहुन्न् ।” उहाँले सुख्खा बन्दरगाहको निर्माणले दोधारा चाँदनीको मुहार फेरिने बताउनुभयो ।

यहाँ स्थापना हुने सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकीको गुरुयोजनासमेत बनिसकेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले दोधारा चाँदनी सुख्खा बन्दरगाहको काम अघि बढिरहेको जानकारी दिनुभयो । उहाँलले बन्दरगाहको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) का लागि परामर्शदाता छनोट गरिसकेको जानकारीदिनुभयो ।“हामीले इआइएका लागि परामदर्श दाता छनोट गरेर सम्झौताको चरणमा छौँ ।” उहाँले भन्नुभयो, “साथै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि पनि पदामर्शदाता छनोटको काम अगाडि बढेको छ ।” उहाँले उक्त बन्दरगाहको डिपिआर बनाउन छ महिनादेखि नौ महिनासम्म लाग्ने बताउनुभयो । तीन वर्ष दश महिनाभित्र बन्दरगाह बनाउन लक्ष्य रहेको इन्टरमोडल यातायात विकास समितिको भनाइ छ ।

दुई सय ७८ बिघा क्षेत्रफलमा बन्ने बन्दरगाह निर्माणका लागि रु सात अर्ब लागत अनुमान गरिएको कार्यकारी निर्देशक गजुरेलले जानकारीदिनुभयो । सुख्खा बन्दरगा हबभित्र कष्टम, एडमनि ब्लक, वेट ब्रजि, बैंक कष्टम, ल्याब, वायर हाउस, ट्रक पार्किङ, वाटर ट्र्याक एरिया, डिष्पोजल एरिया, प्रहरी फोर्स, क्वारेन्टाइन ब्लक, रेल्वे प्लाटफम, रेलवे वायर हाउस र कन्टेर यार्डलगायतका संरचना बन्नेछन् ।बन्दरगाहका रेलमार्ग भने दोस्रो चरणमा तयार गर्ने योजना रहेको छ । बन्दरगाह प्रस्तावस्थल वरपर भने जग्गाको किनबेच निकै बढेको छ । “कुनै बेला लाख रुपैयाँ कट्ठा बेच्न खोेज्दा पनि यहाँ ग्राहक पाउन मुस्किल हुन्थ्यो ।” दोधारा चाँदनी नगरपालिका–१ का विस्ने सुनारले भन्नुभयो, “अहिले त प्रतिकट्ठा रु ८० लाखसम्म पनि किनबेच गाउँमा भएको छ ।”

उहाँले पनि सुदूरपश्चिमको प्रमुख व्यापारिक नाकाका रुपमा हेरिएको क्षेत्रमा बन्दरगाह बने समृद्धिको सपना साकार हुने बताउनुभयो । “सुख्खा बन्दरगाह पछि आएको महाकाली नदीको चार लेन सकिने बेला भइसक्यो ।” उहाँले भन्नुभयो, “विसं २०६४ तिर बनाउने भनेको सुख्खा बन्दरगाह खै कहाँ पुग्यो ? ”त्यसैगरी यहाँको बेदकोट नगरपालिकामा बन्ने अर्को सुदूरपश्चिमकै ठूलो आयोजना हो, दैजी छेला औद्योगिक क्षेत्र । झण्डै २५ वर्षअघि बेदकोट –२ मा बनाउने भनेको औद्योगिक क्षेत्रको कामको गति पनि सुस्त नै छ । गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रको काम भने अझै सन्तोषजनकरुपमा अघि बढेको छैन् ।

“दुई वर्षभित्र स्थापना गर्ने औद्योगिक क्षेत्र बनाउने भनेको २५ वर्ष भइसक्यो ।” बेदकोटका स्थानीय रघुवीर पन्तले भन्नुभयो, “यहाँ ठूला विकास गर्ने र मुहार फेर्ने विषयमा गफ बढी भए ।” औद्योगिक क्षेत्र स्थापनास्थलमा रुख छपानको काम थालिए पनि त्यो कोरोना कहरले प्रभावित बन्यो । हाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेट क्षेत्रीय कार्यालय नेपालगञ्जले उक्त कामको रेखदेख गरिरहेको छ । सो क्षेत्रको ३०० बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना हुनेछ । बेदकोट–२ का वडाध्यक्ष एवं प्रवक्ता नरेशबहादुर सिंहले औद्योगिक क्षेत्रको काम प्रभावकारी नभएको बताउनुभयो । “शिलान्यासपछि रुख छपानको काम केही समय भयो ।” उहाँले भन्नुभयो, “अझै ५० प्रतिशत रुख छपान बाँकी नै छ ।” औद्योगिक क्षेत्र स्थापना गर्ने योजना विसं २०५१ मा सुरु भएको थियो ।