मार्सवादी ज्ञान केन्द्रमा नयाँ नेतृत्व

मार्सवादी ज्ञान केन्द्रमा नयाँ नेतृत्व

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माक्र्सवादी विचार र शिक्षालाई जनस्तरमा स्थापित गर्ने लक्ष्यका साथ स्थापित माक्र्सवादी ज्ञान केन्द्रको प्रथम साधारणसभाले मनहरि तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्रको वरिष्ठ उपाध्यक्षमा विश्वेश्वर कट्टेल, उपाध्यक्षद्वयमा नमिता न्यौपाने र जनार्दनबाबु कट्टेल, महासचिवमा ईन्द्रराज भट्टराई, सचिवद्वयमा हुमनाथ न्यौपाने ‘सुिदप’ र इन्दिरा न्यौपाने, कोषाध्यक्षमा बिमला केसी तथा सदस्यहरूमा कविराज पौडेल, जानुका पराजुली, मिङ्ग्मा शेर्पा, दुस्यन्त भट्टराई, भूपनारायण यादव, सागर अधिकारी, रेशमकुमार अधिकारी, पम्फा बसेल र भीमप्रसाद सुवेदी चयन हुनुभएको हो ।

सभाको निर्णय र प्रस्ताव सार्वजनिक गर्न आज आयोजित भर्चुअल कार्यक्रममा सो जानकारी दिइनाका साथै नेपालको कम्युनिस्ट आन्दोलनमा पठन संस्कृतिको विकास गरी युगसापेक्ष ज्ञान र शिक्षा प्रबद्र्धन गर्ने उद्देश्यले २०७७ साल फागुन १९ गते दर्ता भएको सो केन्द्रले ७७ जिल्लाका साथै सातै प्रदेशमा सङ्गठन विस्तार गरिसकिएको बताइएको छ ।

अध्यक्ष तिमिल्सिनाले नेपाली कम्युनिस्ट आन्दोलनका लागि मात्र नभएर विश्वका कम्युनिस्टहरूकै निम्ति साझा संस्था र सम्पत्तिको रूपमा माक्र्सवादको अध्ययन, अध्यापन र अन्वेषणका क्षेत्रमा केन्द्र क्रियाशील रहने बताउनुभयो ।नेकपा ९माओवादी केन्द्र० का नेता राम कार्की र नेकपा ९एकीकृत समाजवादी० का नेता डा विजय पौडेलले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै माक्र्सवादी विचार र सर्वहारा वर्गको उत्थानका लागि नयाँ पुस्तामा प्रशिक्षणलाई तीव्ररूपमा अघि बनाउनुपर्नेमा जोड दिनुभयो ।

साधारण सभाले केन्द्रको वार्षिक प्रगति र आर्थिक प्रतिवेदनका साथै विनियम, कार्यविधि, आचारसंहिता, पाठ्यक्रमको रुपरेखा पारित गरेको छ । पाठ्यक्रममा दर्शनशास्त्र, माक्र्सवादी अर्थशास्त्र, वैज्ञानिक समाजवाद, विश्व एवं कम्युनिस्ट आन्दोलनको इतिहास, नेपाल परिचय र विज्ञान–प्रविधिजस्ता विषय समावेश गरिएको छ । ती विषयका लागि विषय अनुसारका प्रशिक्षकको रोष्टर तयार गरी क्षमता अभिवृद्धिका लागि ठोस योजना पनि अघि सारिएको छ ।

यो पनि – सात प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी ः स्वास्थ्यराज्मन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताउनुभएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिनुभयो । उहाँले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवा पनि विस्तार गर्नुपर्ने बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचार तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने धारणासमेत राख्नुभयो । उहाँले अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि मन्त्रालय लागिपरेको बताउनुभयो । “यहाँ भएका साधनस्रोतलाई उपयोग गर्ने हो भने सम्भावना धेरै छन्”, उहाँले भन्नुभयो, “अस्पतालले मन्त्रालयसँग के अभाव छ । त्यसको माग गर्न प¥यो । हामी उपलब्ध गराउन तयार छौ ।”

उहाँले दूरदराजका जनताले अझै स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनुपर्ने भनाइ राख्नुभयो । उहाँले कोरोना भाइरसविरुद्धको खोप सरकारको प्राथमिकता रहेको भन्दै ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन पहल भइरहेको जानकारी दिनुभयो । अहिले २० प्रतिशत पहिलो मात्रा र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले प्रसूति अस्पताललाई व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताउनुभयो । उहाँले अस्पतालमा ७०० शय्या थप गर्न मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका अस्पतालको स्तरोन्नति गर्न आफूहरुले सहयोग गर्ने बताउनुभयो । उहाँले अस्पताललाई आवश्यक ४० वटा भेन्टिलेटर महानगरले वितरण गरिसकेको र थप ५ वटा चीनबाट आएपछि वितरण गर्ने बताउनुभयो ।अस्पतालका निर्देशक डा सङ्गीताकौसल मिश्राले अस्पतालमा थप २०० शय्या थप गर्न गइरहेको जानकारी दिनुभयो । उहाँले ‘ह्युमन मिल्क बैंक’ र ‘टेस्ट ट्युब’बाट बच्चा जन्माउन प्रक्रिया चाँडै नै सुरु गर्ने बताउनुभयो ।

अस्पतालका उपनिर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार हरेक वर्ष करिब २२ हजार महिलाले प्रसूति सेवा लिएका छन् । अस्पतालमा स्त्रीरोगसम्बन्धी बहिरङ्ग सेवा, प्रसूति, परिवार नियोजन तथा सुरक्षित गर्भपतन, आमा सुरक्षा तथा नवजात शिशु निःशुल्क उपचार, कृत्रिम गर्भधारण जस्ता सेवा उपलब्ध गराउँदै आइरहेको छ ।विसं २०१६ भदौ १० गते श्रीकृष्णजन्माष्टमीको दिन ४० शय्याबाट शुरु भएको उक्त अस्पतालमा अहिले ४८९ शय्या रहेका छन् । अस्पतालले कोभिड–१९ सङ्क्रमित महिलाको उपचार कुपण्डोलस्थित प्रसूतिकै भवनबाट सेवा दिइरहेको छ । अस्पतालमा दैनिक ५० देखि ७० जनाको प्रसूति र एक हजार जनाले बहिरङ्ग सेवा लिने गरेका छन् ।