प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिनुभयो । बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सदस्यले नाराबाजी गरेका थिए । उनीहरुले पार्टीले प्रदेशसभाका दुई सदस्यलाई कारवाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका थिए ।

यो पनि – गण्डकी प्रदेशका ८५ स्थानीय तहमा फोर जी सेवा

नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको छ । आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित लौहियाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेशका ८५ वटा स्थानीय तहमा ५०३ वटा फोरजीका टावर राखिएको जानकारी दिनुभयो । उहाँले सेवा विस्तारको क्रममा कतिपय स्थानमा नेटवर्क समस्या देखिएको गुनासो आएको जनाउँदै त्यसको पहिचान गरेर समाधान गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी सहज र प्रभावकारी रुपबाट सेवा विस्तारमा जुटेका छौं, प्रदेशका ४८ वटा ठाउँमा नेटवर्क नपुगेको पहिचान भएको छ, ती ठाउँमा चाँडै टावर राख्ने योजनामा छौ ।” उहाँले बागलुङलगायत केही जिल्लामा पूर्ण फाइबर सेवा विस्तार भइरहेको जनाउनुभयो । उहाँका अनुसार टेलिकम फाइबर टु दि होम सर्भिसका लागि ११ लाख ७४ हजार सीम तयारी अवस्थामा रहेको छ । तीमध्ये पाँच लाख ६४ हजार वितरण गर्न योग्य रहेको र एक लाख ८३ हजार वितरण गरिसकेको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले नाफा मात्र नहेरी सेवामुखी काम गरेको बताउनुभयो । उहाँले मनाङको बाढीपहिरामा हेलिकप्टरबाट सामान लगेर पनि सेवा सुचारु गरिएको तथा राज्य र नागरिकप्रति उत्तरदायी बन्दै प्रभावकारी सेवामा जोड दिएको बताउनुभयो । उहाँले सेवाग्राहीका गुनासोलाई सम्बोधन गर्दै आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यार्थीको अनलाईन कक्षाका लागि पनि सर्वसुलभ प्याकेज तयार गरेको उहाँको भनाइ छ ।

नेपाल टेलिकमले पछिल्लो पटक ‘नमस्ते–पे’ सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमको ६२ प्रतिशत र नेपाल राष्ट्रबैंकको ३८ प्रतिशत लगानीमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेर डिजिटल पे ‘नेपाल–पे’ सञ्चालनमा आएको सहप्रवक्ता लौहियाले जानकारी दिनुभयो ।

यो पनि – दुई वर्षदेखि ‘बर्थिङ सेन्टर’ बन्द

पाँचथरको फिदिम नगरपालिका–६ को सिवा स्वास्थ्यचौकीमा रहेको ‘बर्थिङ सेन्टर’ विगत दुई वर्षदेखि बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । दरबन्दीअनुसारका स्वास्थ्यकर्मी गाउँमा नबस्ने तथा सेन्टरमा खटिने स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था नहुँदा बन्द भएको हो । उक्त स्वास्थ्यचौकीमा चार वर्षअघि सेन्टर स्थापना गरिइएको थियो । अहिले प्रसूति हुने सबैलाई सदरमुकाम फिदिम पु¥याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीले गुनासो गरेका छन् ।

“गाउँको बर्थिङ सेन्टर बन्द हुँदा रातारात सदरमुकाम पुग्नुपर्ने, होटलमा खाने बस्ने प्रबन्ध गर्नुपर्दा धेरै खर्च हुने समस्या छ”, स्थानीयवासी तिलक तुम्रोक भन्नुभयो, “यसले कमजोर आर्थिक अवस्थाका स्थानीयवासीलाई समस्या पारेको छ ।” बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन आफूहरुले निरन्तर आवाज गर्दै आएको भए पनि सेवा सञ्चालन हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

यस्तै स्थानीयवासीले यहाँको बर्थिङ सेन्टरलाई अन्यत्र सार्न खोजिएको सुनिएको जनाउँदै विरोध जनाएका छन् । उनीहरुले जिल्लाका अन्य स्थानीय तहहरुले गाउँ–गाउँमा बर्थिङ सेन्टर स्थापना गरिरहँदा सदरमुकामसमेत रहेको फिदिम नगरपालिका भने दुई वर्षदेखि सेन्टर बन्द हुँदा चुपचाप बसेको गुनासो गरे ।

स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष हरिलाल तुम्रोक भने स्वास्थ्यचौकीको भवन निर्माण गरी स्वास्थ्यकर्मी बस्ने प्रबन्ध नभएसम्म बर्थिङ सेन्टर सञ्चालन गर्न कठिन भएको बताउनुहुन्छ । “स्वास्थ्यचौकीलाई भवन अभाव भएकाले नयाँ भवन बनाई अहिलेको भवनलाई आवासका रूपमा प्रयोग गर्नुपर्छ भनेर नगरपालिकासँग माग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “तर नगरपालिकाबाट अहिलेसम्म कुनै पनि बजेट परेको छैन ।” बर्थिङ सेन्टरको सेवा बन्द भएपछि दरबन्दीमा आएका स्वास्थ्यकर्मीसमेत आवासको समस्या देखेर दुई साता नबित्दै काज सरुवा गरी गएको उहाँले बताउनुभयो ।

फिदिम–६ का वडाध्यक्ष जरमान तुम्रोकका अनुसार ‘वान हर्ट’ नामक संस्थाको सहयोगमा चार वर्षअघि बर्थिङ सेन्टर स्थापना गरिएको थियो । जनशक्ति अभाव हुँदा बर्थिङ सेन्टरबाट ‘भनेजस्तो’ सेवा प्रवाह हुन नसकेको तुम्रोकको भनाइ छ । “दरबन्दीअनुसारका जनशक्ति पठाइदिन फिदिम नगरपालिकालाई भन्दै आएको छु”, उहाँले भन्नुभयो, “अस्ति विज्ञापन पनि भइसकेको छ । नगरपालिकाले परीक्षा गराएर पठाउने भनेको छ । त्यसपछि समस्या समाधान होला कि ।”

सिवा स्वास्थ्यचौकीका प्रमुख हेल्थ असिस्टेण्ट ओमप्रकाश यादवका अनुसार बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्वास्थ्यकर्मी २४सै घण्टा काममा खटिनुपर्छ । स्वास्थ्यचौकी वा नजिकै आवासको व्यवस्था नहुँदा रातको समयमा स्वास्थ्यकर्मीले सेवा दिन सक्दैनन् । “यहाँ स्वास्थ्यकर्मी खटाएपछि आवासको पनि व्यवस्था भएमात्रै सहजरूपमा सेवा प्रवाह गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “अहिले स्वास्थ्यचौकीलाई नै भवन कम भइरहेको छ । नयाँ भवन बने सहज हुन्थ्यो भन्ने हाम्रो कुरा हो ।”

उक्त स्वास्थ्यचौकीमा एसडिए तालिमप्राप्त एक अनमी र एक अहेब पद रिक्त छ । एसडिए तालिमप्राप्त एक अनमी यहाँ कार्यरत रहे पनि प्रसूति सेवा पुनः सञ्चालनमा ल्याएपछि उनी एक्लैले सेवालाई निरन्तरता दिन नसक्ने प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार फिदिम नगरपालिका–६ सिवामा मासिक सरदर १३–१४ जना सुत्केरी हुने गर्दछन् । उनीहरु सबै फिदिम पुगेर प्रसूति सेवा लिन बाध्य छन् ।