भारती क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना शुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन्।
कोहलीले बिहीबार ट्विटरमा लेखेका छन् “मलाई लाग्छ कि टेस्ट र एकदिवसीय क्रिकेटमा भारतीय टोलीको नेतृत्व गर्नको लागि र आफैंलाई ठाउँ दिन यो निर्णय आवश्यक छ।”
यो पनि – रुस नेतृत्वको सुरक्षा समूह अफगानिस्तानको सीमा नजिक सुरक्षा गतिविधि बढाउँदै
रूसको नेतृत्वमा रहेको एक सुरक्षा समूहले अर्को महिनादेखि ताजिकिस्तानमा छिमेकी अफगानिस्तानमा सुरक्षा स्थिति बिग्रदै गएको सन्दर्भलाई ध्यानमा राख्दै ठूलो सैन्य अभ्यास गर्ने योजना बनाएको छ। यस क्षेत्रको एक शक्तिको रूपमा रूस अफगानिस्तानमा तालिबानको कब्जा र अमेरिकाको आकस्मिक फिर्तीपछि आफ्नो राजनीतिक स्थान पक्का गर्न चाहन्छ। मस्को नेतृत्वको सामूहिक सुरक्षा सन्धि संगठन (CSTO) का महासचिव स्टेनिस्लाव जासका अनुसार यस समूहले पूर्व सोभियत राज्यमा धेरै “ठूलो मात्रामा अभ्यास” गर्ने छ।
ताजिकिस्तान रुसको नेतृत्वमा रहेको-सदस्यीय समूहमध्ये अफगानिस्तानसँग सीमा जोडिएको एक मात्र देश हो।जासले भने- यस किसिमको सुरक्षा शृङ्खला अभ्यास यो वर्ष सबैभन्दा ठूलो हुनेछ।उनकाअनुसार यस समूहले अफगानिस्तानमा “उत्तेजना” को स्थिति पैदा हुनसक्ने आकँलन गर्दै ताजिकिस्तानको सुरक्षा सुनिश्चित गर्न “सामूहिक उपाय” अवलम्बन गरेको छ।सीएसटीओले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै अफगानिस्तानको सुरक्षा बिग्रेकाले चिन्तित हुनुपरेको जनाएको छ।
रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले तालिबानका कट्टरपन्थी समूहहरूलाई अफगानिस्तानका छिमेकीहरूमाथि हमला नगर्न आग्रह गर्दै तालिबानको त्यस किसिमको प्रतिबद्धताहरू पूरा भए नभएको बारे अनुगमन गरिरहेको छ।
रुस र चीनसँग सम्बद्ध देशहरू यस हप्ता ताजिकिस्तानमा अफगानिस्तानको पछिल्लो राजनीतिक अवस्थाको बारेमा केन्द्रीत भएर निरन्तर छलफलमा जुटेका छन्
तालिबानले काबुलमा केन्द्रीत भएर हमला बढाएपछि रूसले पछिल्ला महिनाहरूमा मध्य एशियामा सैन्य अभ्यास बढाएको छ।
यो पनि – सिरियामा तत्कालै मानवीय सहायताको खाँचो छ ः राष्ट्रसंघ
३१ भदौ (रासस ÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताउनुभएको हो ।
सिरियाली ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीहरुको खाँचो रहेको कुरा गिरिफिथले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा बताउनुभएको हो ।
यस अघिदेखि नै संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी निकायका अधिकारीहरुले सिरियाको उत्तरपश्चिमी क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको बताउँदै आएका थिए । तर बुधबार संयुक्त राष्ट्रसंघमा ब्रिफिङका क्रममा सहयता प्रमुख गिरिफिथले यहाँ एक करोड १३ लाख मानिसमा यस्तो सहायता चाहिएको बताउनुभएको हो ।
ती नागरिकहरु सिरियामा करिब एक दशकको समयमा द्धन्द्धको चपेटामा परेका छन् । जसका कारणले अहिले आएर आर्थिक संकट थपिएको छ । उनीहरु खाना र बासकै समस्यामा परेका बताइएको छ । ती क्षेत्र बढी मात्रामा द्वन्द्वग्रस्त क्षेत्रहरु पनि भएकोले गर्दा सरकारले पनि सहायता सामग्री पु¥याउन सकिरहेको छैन । संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पछिल्लो समयमा त्यहाँ कोभिडको पनि समस्या उत्पन्न भएको छ ।
सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएको थियो । सिरिया लामो समयदेखि हिं.सा जारी छ । यहाँका लाखौँ नागरिक यस हिंसाका कारण विस्थापित पनि हुन पुगेका छन् । साथै ४ लाख भन्दा पनि बढी नागरिकले ज्यान गुमाउनु परेको बताइएको छ ।
यो पनि – प्रधानसेनापति शर्माको सैनिक कूटनीतिलाई प्राथमिकता दिने सङ्केत
‘प्रत्येक राष्ट्रका निम्ति परराष्ट्र नीति जति महत्व हुन्छ, सैनिक र आर्थिक कूटनीति पनि त्यतिकै महत्व रहन्छ’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति प्रभुराम शर्माबाट पनि सैनिक कूटनीतिलाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्केत देखिएको छ । प्रधानसेनापतिमा नियुक्त भई सकलदर्जालाई गर्नुभएको पहिलो सम्बोधनका क्रममा महारथी शर्माले नेपालको बाह्य मुलुकसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन तथा अन्तर्राष्ट्रिय छवी निर्माणमा समेत सेनाले योगदान दिँदै आएको उल्लेख गर्नुभयो । गोर्खाको बारपाक केन्द्रबिन्दु रहेको विसं २०७२ को भूकम्पपछिको खोजी, उद्धार, उपचार र राहत वितरणमा ४० भन्दा बढी मुलुका सेनाको संलग्नता र सहभागीताले सैनिक कूटनीति विस्तारका लागि थप प्रेरणा प्रदान गरेको हो ।
प्रधानसेनापति शर्मा भन्नुहुन्छ, “विश्व शान्ति स्थापना कार्यमा शान्ति सैनिकको तैनाथीका क्रममा छिमेकी राष्ट्रका सेनासँगको सम्बन्ध र सहकार्यबाट मुलुकको छवी निर्माणमा ठूलो योगदान मिलेको छ ।” मुलुकको परराष्ट्र नीतिलाई सहयोग र सफल तुल्याउन तथा सुरक्षा सम्बन्ध र आपसी विश्वास कायम गर्न सैनिक कूटनीतिले महत्वपूणर् भूमिका खेल्दै आएको छ । सोही सन्दर्भमा विश्वका कतिपय राष्ट्रले परराष्ट्रनीतिअनुरुप आवश्यकता र क्षमताका आधारमा एक-अर्का मुलुकमा सैनिक सहचारी पठाउने पुरानै प्रचलन रही आएको छ । नेपालको सैनिक कूटनीति निकै प्रभावकारी रहेको पुष्ट्याई विगतको नाकाबन्दी अन्त्य गर्ने सवालमा मात्र नभई कोभिड-१९ सङ्क्रमण रोकथाम प्रतिकार्यमा विदेशी सैनिकबाट ठूलो परिमाणमा स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको घटनाले पुष्टि गरेको छ ।
सैनिक कूटनीतिक परराष्ट्र नीतिकै एक हिस्सा
पूर्वउपरथी हिमालय थापाले सैनिक कूटनीतिक राज्यको परराष्ट्र नीतिकै एक हिस्सा भएकाले सैनिक कूटनीतिलाई चुस्त तुल्याउँदै विस्तार गर्न आवश्यक रहेको सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीतिको निचोडका रुपमा रहेको सैनिक कूटनीति मुलुकको हित प्रवद्र्धन गर्ने ठूलो अस्त्र हो, यसमा छिमेकी मुलुक धेरै अघि छन्, राम्रो अभ्यास गर्न सकिएमा धेरै फाइदा लिन सकिन्छ, राजनीतिबाट उत्पन्न समस्या निधान गर्न पनि ठूलो योगदान पुर्याउन सक्छ ।”
तटस्थ र अराजनीतिक सङ्गठन भएकाले सेनाप्रति छिमेकीबाट पनि सोहीअनुरुपको सम्मान प्राप्त भइरहेको छ । मुलुकको राष्ट्रिय सुरक्षा मातहत रहने सैनिक कूटनीतिको असल अभ्यासमा अमेरिका, चीन र भारतलगायतका मुलुक अगाडि छन् । राष्ट्रिय सुरक्षा र राष्ट्रिय प्रतीरक्षा नीतिले परराष्ट्र नीतिलाई सफल तुल्याउन आर्थिक र सैनिक कूटनीतिलाई आत्मसात् गरेको छ ।
सैनिक कूटनीति विस्तारका क्रममा नेपालले भारत, चीन, बङ्गलादेश, पाकिस्तान, बेलायत र अमेरिकामा सैनिक सहचरी पठाउँदै आएको छ । त्यहाँ खटिई जाने सैनिक सहचारीले सङ्गठनलाई मात्र होइन, राष्ट्रकै सम्बन्ध विस्तारमै महत्वपूणर् योगदान पुर्याउँदै आएका छन् । मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकता रक्षाका लागि संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारी बढाउन सेनाको ठूलो योगदान छ ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वका द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका शान्ति मिसनमा धेरै सैनिक पठाउने सूचीमा नेपाल दोस्रो स्थानमा छ । हालसम्म एक लाख ३५ हजार ३९९ नेपाली शान्ति सैनिकले ४३ वटा मिसनमा रही १०० भन्दा बढी मुलुकका सेनासँग सहकार्यका साथ सम्बन्ध विस्तारमा असरदार योगदान पुर्याएका छन् । अहिले विश्वका १२ स्थानमा तैनाथ मिसनमा १८१ महिलासहित पाँच हजार १६९ नेपाली सैनिकबाट ‘सैनिक कूटनीति’ विस्तारमा सघाउ पुगिरहेको छ ।
विश्वका जुनसुकै मुलुकमा हुने तालिम, अध्ययन, कार्यशाला र विपद् व्यवस्थापनसम्बन्धी सैनिक अभ्यासले सम्बन्ध प्रगाढ तुल्याउन बल पुर्याएको छ । यसैबीच राजनीतिक वातावरण तरल रहेकै अवस्थामा केही समयअघि भएको भारतीय सेनाध्यक्ष जनरल नरवणेको नेपाल भ्रमणलाई पनि सफल सैनिक कूटनीतिरुपमा हेरिएको छ । नेपाल-भारतबीच एकअर्का मुलुकका सैनिक प्रमुखलाई ‘मानार्थ महारथी’ को दज्र्यानी प्रदान गर्ने विश्वमै अनुपम उदाहरणले दुई देशबीचको सैनिक कूटनीतिलाई बलियो तुल्याएको छ ।
‘विशेष महत्व दिनुलाई अर्थपूणर्रुपमा हेर्न सकिन्छ’
सेनाको आधुनिकीकरणको लागि छिमेकी मुलुकको सहयोग महत्वपूणर् रहेको यथार्थबीच भर्खरै नेतृत्व सम्हाल्नुभएका प्रधानसेनापति शर्माले आफ्नो कार्यकाल प्रारम्भको पहिलो सम्बोधनमै सैनिक कूटनीतिलाई विशेष महत्व दिनुलाई अर्थपूणर्रुपमा हेरिएको छ ।
सो अवसरमा प्रधानसेनापति शर्माले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसमेत अनिश्चित, अस्थिर, तरल तथा जटिल भएको परिपेक्ष्यमा देखापरेका चुनौती समाधान गर्न मजबुत र असरदार सैनिक कूटनीतिमार्फत विशेष पहलको खाँचो औँल्याउनुभएको थियो ।
नेपालस्थित र गैरआवासीय सैनिक सहचारीले गरेका कार्यको कदर गर्दै सहयोगका लागि कृतज्ञतासमेत ज्ञापन गर्नुभएको थियो । भारतीय सैनिकद्वारा आयोजित सम्मेलनमा पूर्वप्रधानसेनापतिको सहभागितालाई पनि दुई देशबीचको सम्बन्ध सुधारको एउटा कडिका रुपमा हेरिएको छ ।
कोभिड-१९ सङ्क्रमणका कारण रोकिएको नेपाली र भारतीय सैनिक सम्मिलित संयुक्त अभ्यास ‘सूर्य किरण’, अमेरिकी सेनासँग सञ्चालन गरिँदैआएको विपद् व्यवस्थापन अनुभव आदानप्रदान तथा चीनसँगको संयुक्त अभ्यासले पनि सम्बन्ध थप प्रगाढ तुल्याउन र सहयोग जुटाउन मद्दत पुगेको छ ।
‘सेनाको मात्र होइन, राष्ट्रकै हितका लागि हो’
पूर्वउपरथी जगदिशचन्द्र पोखरेल भन्नुहुन्छ, “विश्वमै अहिले सैनिक कूटनीतिको महत्व बढेको छ, यो मुलुकको परराष्ट्र नीति र सिद्धान्तभित्र रही चल्ने विषय हो, सेनाको मात्र होइन, राष्ट्रकै हितका लागि हो ।” सैनिक कूटनीति परराष्ट्र नीतिकै मातहतको अङ्ग भएको जनाउँदै उहाँले भन्नुभयो, “प्रधानसेनापतिसँग शान्ति मिसन खटिएर काम गरेको, बङ्गलादेशमा सैनिक सहचारीमा खारिएको अनुभवले पनि सैनिक कूटनीतिलाई प्राथमिकताका साथ अघि बढाउन प्रयास गर्नु स्वभाविक हो ।”
भक्तपुरको खरिपाटी होस् वा शिवपुरीस्थित आर्मी कमाण्ड कलेजमा हरेक वर्ष भारत, चीन, अमेरिका, पाकिस्तान, कोरिया, बेलायतलगायतका देशबाट सैनिक अधिकृत अध्ययन र तालिममा सहभागीले पनि सैनिक कूटनीतिमा प्रवद्र्धनमा सहयोग पुर्याएको छ । नेपालबाट पनि भारत, चीन, बङ्गलादेश, बेलायत, अमेरिका, पाकिस्तानलगायतका मुलुकमा अध्ययन तथा तालिममा जाने सैनिक सङ्ख्या ठूलो छ । यस्ता तालिम र प्रशिक्षणले तत् तत् देशसँग सैनिक कूटनीति विस्तारमा समेत ठूलो योगदान पुग्दैआएको छ ।
संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनअन्तर्गत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गर्नुभएका महारथी शर्मा बङ्गलादेशमा सैनिक सहचारीको तीन वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो । प्रधानसेनापति शर्मा भन्नुहुन्छ, “सन्तुलित ढङ्गबाट अघि बढाउन खोजेको सैनिक कूटनीति अभ्यासले राम्रो प्रतिफल दिएको छ, भविष्यमा पनि सेनाको क्षमता अभिवृद्धि र मुलुकको वैदेशिक नीतिमा नै टेवा पुर्याउन सक्नेमा आशावादी हुन सकिन्छ ।”
प्रतिक्रिया