सत्तारुढ गठबन्धनमा डा भट्टराईको पाँच बुँदे सुझाव

सत्तारुढ गठबन्धनमा डा भट्टराईको पाँच बुँदे सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग आज छुट्टाछुट्टै भेट गरी विभिन्न पाँच बुँदे सुझाव दिनुभएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले आज प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी अध्यादेशको विषय चाँडो छिनोफानो गरेर सरकारलाई छिटो पूर्णता दिन आग्रह गर्नुभएको छ । उहाँले राष्ट्रिय सहमति कायम गरी अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

त्यस्तै, उहाँले प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउन शीर्ष नेताहरुलाई अनुरोध गर्नुभएको छ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहनुभएका डा भट्टराईले गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरुले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसद्को पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने सुझाव दिनुभएको छ । उहाँले जनचासो र जनहितका सामाजिक मुद्दालाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टी र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्न आग्रह गर्नुभएको छ ।

यो पनि –

लुम्बिनी प्रदेश सरकार मातहतका निकायविरुद्ध ७९ वटा मुद्दा दर्ता भएका छन् । गत वर्षबाट सरेर आएका मुद्दाको सङ्ख्या ४१ छ । आर्थिक वर्ष २०७७÷०७८ मा मात्रै ३८ वटा मुद्दा दर्ता भएका छन् । सरकार र मातहतका निकायलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा ४० वटा मुद्दा दर्ता भएका छन् । यस्तै २३ वटा उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा, सात वटा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासमा, एउटा प्रशासकीय अदालत काठमाडौँ र एउटा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।

आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्य न्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७÷०७८ को प्रतिवेदन बुझाउँदै मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले प्रदेश सरकारविरुद्ध मुद्दा दर्ता दर्ता हुनेक्रम बढ्दै गएको बताउनुभयो । यी मुद्दामध्ये १७ वटा फैसला भइसकेका छन् भने ६२ वटा बाँकी रहेको मुख्य न्यायाधिवक्ता सुवेदीले जानकारी दिनुभयो ।

प्रदेशमा सबैभन्दा बढी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध ३१ वटा मुद्दा परेका छन् । त्यस्तै भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालयलाई विपक्षी बनाई आठ÷आठ वटा मुद्दा परेका छन् । त्यसबाहेक आन्तरिक मामिला मन्त्रालय, उद्योग, वन वतावरणलगायत विभिन्न मन्त्रालयविरुद्ध मुद्दा दर्ता भएका छन् । लुम्बिनी प्रदेशसभाविरुद्ध पनि दुई वटा मुद्दा दर्ता भएको मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश सरकार र मातहतका निकायविरुद्ध दायर भएका रिट निवेदनमा सरकारको प्रतिनिधित्व गरी प्रतिरक्षा गर्ने कार्य भए पनि दरबन्दीअनुसार कर्मचारीको पदपूर्ति नहुँदा मुद्दाको बढ्दो क्रमलाई प्रतिनिधित्व गर्न समस्या भएको मुख्य न्यायाधिवक्ता सुवेदीको गुनासो छ । प्रदेश सरकारले संविधानको मर्म र भावनाअनुसार काम नगरेका कारण सरकारविरुद्ध दर्ता हुनेक्रम बढेको उहाँको भनाइ छ । “केन्द्रमा संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्ने काम भयो, त्यसको असर यो प्रदेशमा पनि देखाप¥यो, संविधानबाहिर गएर सत्ता टिकाउने काम भयो”, मुख्य न्यायाधिवक्ता सुवेदीले भन्नुभयो ।

सङ्घीय सरकार र प्रदेश सरकारबीच अधिकार बाँडफाँटको टुङ्गो नलाग्दा त्यसको असर मुख्य न्यायाधिवक्ताको कार्यालयमा परेकाले छिट्टै स्वतन्त्र तरिकाले काम गर्न मिल्ने वातावरण बनाउन मुख्य न्यायाधिवक्ता सुवेदीले आग्रह गर्नुभयो । संविधानको पूर्ण पालनाले मात्रै सङ्घीयता बलियो हुने भएकाले यसप्रति प्रतिबद्ध रहँदै संवैधानिक दायित्व र जिम्मेवारी पूरा गर्ने कार्यमा मुख्य न्यायाधिवक्ताको कार्यालय दृढ रहेको उहाँले बताउनुभयो ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको विकास र समृद्धिका लागि सङ्घीयता आएको बताउनुभयो । उहाँले यसको मर्म र भावनाअनुसार काम गर्न आग्रह गर्नुभयो । प्रदेशलाई बलियो बनाउन केन्द्रले अधिकार बाँडफाँटमा ढिलाइ गर्न नहुने उहाँको भनाइ थियो ।प्रमुख शेरचनले ऐन नबनेका कारण कर्मचारी भर्ना र नियुक्तिमा समस्या भएकाले केन्द्रिकृत मानसिकता त्यागेर छिटो अधिकार बाँडफाँट गर्नुपर्ने बताउनुभयो । समयमै हल हुननसके समस्या बढ्ने उल्लेख गर्दै प्रमुख शेरचनले यसप्रति सरकार र सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

मुख्य न्यायाधिवक्ताको कार्यालयले हरेक वर्ष प्रतिवेदनमा समस्या उठाउने मात्र नभई समाधानमा ध्यान दिनुपर्ने बताउँदै उहाँले पीडितलाई न्याय दने गरी काम कारवाही अघि बढाउन सुझाव दिनुभयो । “आगामी दिनमा समस्या मात्रै होइन निराकरण भएको प्रतिवेदन सुन्न पाऊँ”, उहाँले भन्नुभयो ।