‘न्यायसम्पादनमा सबैको भूमिका महत्वपूर्ण’

‘न्यायसम्पादनमा सबैको भूमिका महत्वपूर्ण’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले समाजमा न्याय निरुपणका लागि सरोकारवाला सवैको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सर्वोच्च अदातलद्वारा आज पोखरामा आयोजित न्यायपालिकाको रणनीतिक योजनाको कार्यान्वयन तथा फरक मुद्दा व्यवस्थापन पद्धतिको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रत्येक नागरिकले न्यायको अनुभूति हुने गरी न्याय सम्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । न्यायप्रणालीलाई समय सापेक्ष छिटोछरितो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि साधनस्रोेतको अभाव हुन नदिनेतर्पm राज्य लाग्नुपर्नेमा उहाँको जोड थियो । कोरोना कहरका कारण न्याय सेवा पनि प्रभावित भएको उल्लेख गर्दै न्यायाधीश कार्कीले यसका कारण मुद्दा फछ्र्याैटमा ढिलासुस्ती हुन गएको स्पष्ट पार्नुभयो ।

कोरोनाको कारण अदातलको सेवा बन्द हुँदा न्यायसम्पादनमा अप्ठयारो परेपनि त्यस अवधिमा पैmसलाको लेखन प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । सर्वोच्च अदालतका अर्का न्यायाधीश सपना मल्ल प्रधानले न्याय सम्पादनलाई प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिंँदै प्रविधियुक्त न्याय सम्पादन प्रणाली अहिलेको आवश्यकता भएको बताउनुभयो ।

समाजका गरिब, निमुखा तथा असहाय सबैले न्याय पाउने गरी सेवा प्रवाह गर्नुपर्न बताउँदै उहाँले आर्थिक विपन्नता, गरिबी आदि कारणवाट न्याय नपाउने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश बालकृष्ण उप्रेतीले प्रविधिमैत्री न्याय सम्पादनका लागि आवश्यक पूर्वाधार एवं दक्ष जनशक्तिको आवश्यकता औँल्याउनुभयो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईले सरोकारवाला सबै पक्षको रायका आधारमा न्यायसम्पादन गर्दै आएको बताउँदै न्याय प्रणालीमा कागजलाई विस्थापित गर्दै प्रविधियुक्त बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो । सर्वोच्च अदालतका सह–रजिष्टार विमल पौडेलले रणनीतिक योजना तथा फरक मुद्दा व्यवस्थापन पद्धति विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्लास्थित सुरक्षा निकायका प्रमुख, न्याय क्षेत्रसँग सम्बन्धित सङ्घसंस्था, स्थानीय तह, नागरिक समाज लगायतको सो कार्यक्रममा सहभागिता रहेको थियो ।

यो पनि – जनतामा जाऔँ, माओवादी पुनः एक नम्बर हुन्छ ः नेता पौडेल

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले देश र जनताको पक्षमा इमानदारिताका साथ काम गर्ने पार्टी नै माओवादी भएकाले आगामी निर्वाचनमा पहिलो नम्बर बन्ने बताउनुभएको छ ।  सो पार्टीको चन्द्रागिरि–१ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विचार, सिद्धान्त र कार्यक्रमका हिसाबले पनि समकालीन अरु दलभन्दा आफूहरू नै क्रान्तिकारी र अग्रगामी भएको बताउनुभयो । उहाँले समाजवाद स्थापनाको लक्ष्यसहित एमालेसँग आफूहरुले एकता गरे पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जताततै समस्या खडा भएको उल्लेख गर्नुभयो ।

माओवादीले अगाडि सारेका नीति तथा कार्यक्रमलाई लिएर जनताको पक्षमा जान र उनीहरुको दुःख, पीरमर्कामा साथ दिन पार्टीका नेता तथा कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । अन्य पार्टीमा अनेकन खालका विग्रह र टुटफुटको अवस्था रहेको भन्दै नेता पौडेलले देश र जनताको पक्षमा उभिने तथा कोही कसैसँग पनि गलत सम्झौता नगर्ने भएकाले माओवादीले पुनः देशव्यापी विजयको झण्डा फहराउने विश्वास व्यक्त गर्नुभयो ।

नेता पौडेलले विचार, सिद्धान्तसहित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकाकार भई पार्टीका सबै नेता तथा कार्यकर्ता जनतामा जाने सङ्कल्प गर्नासाथ विजय टाढा नभएको बताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य रुपा महर्जनले काठमाडौँ उपत्यकासहित देशभरको लोडसेडिङ माओवादी नेतृत्वमा नै अन्त्य भएको, सबैको हात–हातमा इन्टरनेट तथा विकास निर्माणको जग बसाएको जस्ता सकारात्मक विषयलाई आम जनतामाझमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले माओवादीमात्रै देश र जनताको हित गर्ने पार्टी भएकाले आफूहरुलाई जनताले पुनः विश्वास गर्ने बताउनुभयो । कार्यक्रममा गणेश गिरीको अध्यक्षतामा माओवादी केन्द्रको वडा समिति गठन गरिएको छ ।

यो पनि – सबै दलहरुबीच राष्ट्रिय सहमति कायम गरी एमसीसी पास गर्नुपर्छ ः डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सबै दलहरुबीच राष्ट्रिय सहमति कायम गरी एमसीसी पास गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा अरुण तेस्रो फर्केर जाँदा देश अन्धकारमा गएकोतर्फ ध्यान दिई पूर्वप्रधानमन्त्रीहरुबीच छलफल गरी यो विकासको योजनामा सहमति कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता कोइरालाले साथीभाइसँग सल्लाह गरेर मात्र आफूले केन्द्रीय सभापतिको उम्मेदवारी घोषणा गर्ने बताउनुभयो । उहाँले भर्खरै वडा अधिवेशन सुरु भएको, महाधिवेशन प्रतिनिधि, महासमिति र जिल्ला अधिवेशनपछि अध्यक्षको उम्मेदवारी घोषणा सार्वजनिक गर्ने प्रष्ट पार्नुभयो । उहाँले गठबन्धन दलका नेताले दुई प्रदेशमा मुख्यमन्त्री हाम्रो हुनुपर्छ भन्नु गैरजिम्मेवारी हो भन्दै प्रदेश नं १ वा बागमतीमध्ये एक प्रदेशमा मुख्यमन्त्री हाम्रो पार्टीको हुनुपर्छ भन्नुभयो । “वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जानुपर्छ तर चुनावी तालमेलमा जानु हुँदैन”, उहाँले भन्नुभयो ।

यो पनि – राष्ट्रपति भण्डारीद्वारा ५२३ कैदीबन्दीलाई माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदीबन्दीको सजाय माफी दिनुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारीसमेतका आठ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी गर्नुभएको हो ।

त्यस्तै हर्कबहादुर राईसमेत ५२३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसलालगायतका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुको कैद मिनाहा गरी माफी दिइएको हो ।

यो पनि – असोज पहिलो साता सरकार विस्तार हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले असोज पहिलो हप्ताभित्र सरकारले पूर्णता पाउने दाबी गर्नुभएको छ । आज जनकपुरमा नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को प्रशिक्षण कार्यक्रमको समापनपश्चात् आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले असोज ४÷५ गतेभित्र सरकारले पूर्णता पाउने बताउनुभयो । उहाँले सरकार विस्तार बाहिर हल्ला भएजस्तो जनता समाजवादी पार्टी र नेकपा(एकीकृत समाजवादी) पार्टीका कारण नअड्किएको बताउनुभयो ।

प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)भन्दा महत्वपूर्ण पाँच दलीय गठबन्धन रहेको उल्लेख गर्दै उहाँले आफूहरूका लागि एमसिसीभन्दा गठबन्धन नै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, “लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रका लागि यो गठबन्धन बनेको हो । एमसिसीका कारण गठबन्धन फुट्दैन ।”

उहाँले आफूहरू एमसिसीविरुद्ध नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट मात्र एससिसी पास गर्नुपर्नेमा जोड दिनुभयो । अघिल्लो सरकारका अर्थमन्त्रीले एमसिसी बिगारेका कारण पछिल्लो अवस्था सिर्जना भएको ‘प्रचण्ड’को भनाइ थियो । उहाँले एमसिसीमा परिमार्जन र संशोधन गरेर राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढाउन सकिने बताउँदै यसको लागि हतार गर्न नहुने बताउनुभयो ।

यो पनि – निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनको आज यहाँ आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले कुनै पार्टीको सदस्य भएर नभई राष्ट्रसेवक कर्मचारीको हैसियतले निश्पक्ष रुपमा सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “कुनै पार्टीका सदस्य भनेर सेवा प्रभाव गर्ने होइन । सेवाग्राहीलाई सेवा प्राप्त गर्ने अधिकार हुन्छ र कर्मचारीले निश्पक्ष रुपमा सेवा उपलब्ध गराउनुपर्छ, यो नै कर्मचारीको कर्तत्व हो । यसभन्दा तलमाथि गर्नुहँुदैन ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले कर्मचारी नियम कानुनबाट निर्देशित हुनुपर्ने बताउनुभयो । “कर्मचारीको काम देश र जनताका सेवा गर्ने हो । कानुनको परिधिमा रहेर सक्रियताका साथ गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “कुन पार्टीको सरकार छ भन्ने होइन । सरकारलाई सहयोग गर्नुपर्दछ ।”

उहाँले मुलुकमा भ्रष्टाचार व्याप्त रहेकाले कर्मचारीले आफू पनि नगर्ने र अरूलाई पनि गर्न नदिने उल्लेख गर्दै कसैले घूस खुवाउन खोजे खान्न भन्ने हिम्मत कर्मचारीले गर्नुपर्ने बताउनुभयो । उहाँले म भ्रष्टाचारी होइन भनेर कर्मचारीले भन्नुसक्नुपर्ने धारणा राख्नुभयो ।अध्यक्ष ओलीले वर्तमान सरकारले कर्मचारीलाई जथाभावी सरुवा गरेकाले त्यसो नगर्न आग्रह गर्दै लोकतन्त्रको लडाइँमा कर्मचारी अग्रभागमा रहेकाले लोकतन्त्रलाई जोगाउने दायित्व पनि कर्मचारीको रहेको बताउनुभयो । उहाँले राजनीतिक क्षेत्रमा काला बादल मडारिएको बेला कर्मचारीले मुलुकलाई सही दिशामा लैजानुपर्ने धारणा राख्नुभयो ।

एमालेका महासचिव ईश्वर पोखरेलले पहिले लोकतन्त्रको लडाइँ लडेको र अब लोकतन्त्र सुदृढीकरणका लागि लाग्नुपर्ने बेला आएको बताउँदै एमाले एकताको पक्षपोषण गर्ने चरित्र भएको पार्टी भएकाले विभाजन भएर जानेले चाँडै नै समाप्त हुने बताउनुभयो । उहाँले निजामती कर्मचारीले जनताको सेवामा तत्पर हुनुपर्नेमा जोड दिनुभयो ।

एमालेका नेता रामबहादुर थापाले निजामती कर्मचारी स्थायी सरकार भएकाले कर्मचारीको परिभाषा बदल्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीको अहिलेको कार्यभार राष्ट्रिय स्वाधीनको रक्षा र मुलुकलाई समृद्धि र विकासतर्फको डो¥याउनु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीमा पुरानो कार्यशैली छ । त्यसलाई आधुनिकीकरण गर्दै कार्यशैलीमा परिवर्तन गर्नुपर्दछ । प्रशासनलाई स्मार्ट प्रशासनमा बदल्नु जरुरी छ ।”

नेता थापाले भ्रष्टाचार उन्मूलन नभईकन मुलुक समृद्धि हुन नसक्ने भन्दै कर्मचारीको नेतृत्वमा भ्रष्टाचारविरुद्ध नयाँ अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । ्भेलामा निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनबीच एकीकरणसमेत भएको छ । सङ्गठनका अध्यक्ष केदार देवकोटाले २७५ सदस्यीय राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरिएको जानकारी दिनुभयो ।

सङ्गठनले निजमती कर्मचारीको आधिकारिक ट्रेड युनियनमा निर्वाचित पदाधिकारीलाई फिर्ता बनाउने निर्णयसमेत गरेको छ । ती पदाधिकारिलाई फिर्ता बोलाई केदारप्रसाद देवकोटाको अध्यक्षतामा नयाँ पदाधिकारी पठाउने निर्णय गरेको सङ्गठनका महासचिव रेवन्त गौतमले जानकार िदिनुभयो ।