सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनु पर्छ : गृहमन्त्री खगराज अधिकारी

सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनु पर्छ : गृहमन्त्री खगराज अधिकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले पोखरा महानगरपालिका–३१ को वृहत कार्यकर्ता भेलामा उहाँले सभामुख कुनै दल विशेषको नेता जस्तो बनेर संसदमा पक्षपाती व्यवहार गर्न नहुने बताउनुभयो । राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट कम्युनिष्ट पार्टीमाथि गम्भीर आक्रमण सुरु भएको बताउँदै नेता अधिकारीले नेपालमा राजनीतिक स्थिरता आयो भने विदेशीले खेल्न नपाउने पनि स्पष्ट गर्नुभयो ।

यो पनि – खोपका कारण कोभिड–१९ को सङ्क्रमण दर घट्दै

कोडिभ– १९ को सङ्क्रमण दर जिल्लामा घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कारण सङ्क्रमण घट्दै गएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताउनुभयो । उहाँका अनुसार कोभिडका बिरामी अस्पतालमा समेत घटेका छन् । दुई महिना अघिसम्म दैनिकजसो कोभिड–१९ को कारण चारदेखि पाँच जनासम्मको मृत्यु हुने गरे तापनि हाल आएर एक वा दुईको मात्र मृत्यु भइरहेको उहाँले बताउनुभयो ।

झापामा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९८ जना पुगेको छ । दैनिकजसो जिल्लाका विभिन्न पालिकामा एन्टिजेन परीक्षण भइहरको छ । हालसम्म एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या १९ हजार २७९ जना रहेका छन् । मेची कोभिड अस्पताल र कनकाई पिसीआर ल्याबमा गरी ८४ हजार ३१ जनाको पिसीआर परीक्षण गरिएको स्वाथ्य कार्यालयले जनाएको छ ।

झापामा कूल सङ्क्रमितको सङ्ख्या २४ हजार १० पुगेकोमा एक हजार २४५ जना अस्पताल र होम आइसोलेसनमा रहेका छन् भने २२ हजार ५०१ जना निको भएर घर पठाइएको उहाँले बताउनुभयो । “विगतमा एकै दिन कोडिभ–१९ बाट सङ्क्रमित हुनेको दर ३०० सम्म पुग्थ्यो”, उहाँले भन्नुभयो, “खोप लगाउन सुरु गरेसँगै सङ्क्रमितको दर घटेर ८० देखि ९० मा झरेको छ ।” जिल्लामा हालसम्ममा एक लाख ६२ हजार ६८० ले पूर्ण खोप लगाइसकेका प्रमुख घिमिरेले बताउनुभयो ।

यो पनि – कोरोनाको प्रभावमा पोखरेली कलाकर्मीका साधना

गण्डकी, ४ असोज (रासस) : “कलाकार पनि समाजभित्रकै अङ्ग हो, समाजमा घट्ने हरेक घटानक्रमले उसलाई प्रभावित बनाएको हुन्छ”, पोखराका वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल(वात्स्यायन) भन्नुहुन्छ । कोरोना महामारीका कारण देशका हरेक सेवा, पेशा र व्यवसाय प्रभावित भए जस्तै कलाकर्मीका साधनालाई पनि त्यसले प्रत्यक्ष मारमा पारेको वात्स्यायनको अनुभव छ ।

समाजका विकृति विसङ्गतिलाई व्यङ्ग्यचित्रका माध्यमबाट आमपाठक माझ पु¥याउँदै आउनुभएका वात्स्यायनले कोरोनाको अवधिमा आफूले खासै व्यङ्ग्यचित्र नकोरेको बताउनुभयो । कोरोना कहरले समाजमा पारेको प्रभावसँगै कलाकर्मीको साधनालाई पनि प्रत्यक्ष प्रभावित बनाएको बताउँदै उहाँले महामारीकै कारण पत्रपत्रिकासमेत बन्द हुने तथा अत्यन्त असहज अवस्थामा चल्नुपर्ने बाध्यताका कारण व्यङ्ग्यचित्र लेखनमा खासै उत्साह नआएको उल्लेख गर्नुभयो ।

आफूले स्वतन्त्ररुपमा व्यङ्ग्यचित्र कोर्दै आएको बताउँदै उहाँले यस्तो असहज अवस्थामा पत्रपत्रिकाका लागि पनि बोझ नथपियोस् भन्ने कुराले सोचनीय बनाएको बताउनुभयो । कार्टुनकला क्षेत्रमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय ख्याती कमाउनुभएका वात्स्यायनका व्यङ्ग्यचित्रले समाजमा मात्रै नभइ राष्ट्रिय राजनीतिलाई समेत तरङ्गित बनाउने गरेको छ ।

अर्का वरिष्ठ कलाकार बुद्धि गुरुङ पनि कोरोना कहरका कारण कलाका साधक अत्यन्त मर्कामा परेको धारणा राख्नुहुन्छ । उहाँले कोरोना महामारीले समाजमा पारिहेको नकारात्मक प्रभावसँगै कला सिर्जना पनि प्रत्यक्ष प्रभावित भएको बताउनुभयो ।

“महामारीले जताततै पारेको निराशाले कला साधकलाई पनि जाँगर चलेको छैन”, उहाँले भन्नुभयो, “कोरोना कहरका बीचमा गत वर्ष जेनतेन चित्र तयार गरेको थिएँ, अहिले भने जम्मा ६÷७ वटा मात्रै तयार भएका छन् ।” कलाकारले तयार गरेका चित्र अधिकांशतः विदेशी पर्यटकले किनिदिने गरेको र लामो समयदेखि उनीहरूको आगमन नभएका कारण तयार भएका सामग्री पनि थन्क्याएर राख्नुपर्ने बाध्यता रहेको उहाँको दुःखेसो छ ।

कोरोना महामारीले संस्थागत रुपमा समेत गरिने काम प्रभावित बनाएको बताउँदै ललितकला प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद् सदस्यसमेत रहेका गुरुङले प्रतिष्ठानका गतिविधिलाई समेत महामारीले प्रभाव पारेको बताउनुभयो । प्रतिष्ठानबाट यसबीचमा केही महत्वपूर्ण पुस्तक भने तयार भएको उहाँको भनाइ छ ।

अर्का वरिष्ठ कलाकर्मी क्षेत्रलाल कायस्थ कोरोना कहरका बीचमा पनि आफ्ना साधनलाई भने निरन्तरता दिएको बताउनुहुन्छ । महामारी अघिको जस्तो सहज अवस्था नरहे पनि कोरोना कहरमा आफूले सेतो सिमेन्टको प्रयोगबाट १८ इन्च र २० इन्च उचाइका दुईवटा बुद्धको मूर्ति तयार गरेको जानकारी दिनुभयो । त्यस्तै सिमेन्ट र छडको प्रयोगबाट दुईवटा अमूर्त कला तयार गरेको उहाँले जानकारी दिनुभयो ।

“कोरोना महामारीले सबै क्षेत्रमा प्रभाव पारेका अवस्थामा कला साधनामा पनि केही न केही प्रभाव त पा¥यो नै”, उहाँले भन्नुभयो, “त्यसका बाबजुद कला साधनामा लागिरहेका कारण बन्दाबन्दी र यसबीचको अवधि खासै पट्यार लाग्दो भने भएन ।”

समयको सदुपयोग गर्दै कलाकार कायस्थले यसबीचमा आफ्नो कलासम्बन्धी जीवनयात्राको लेखन सम्पन्न गरेको जानकारी दिनुभयो । झण्डै ८०÷९० पृष्ठको जीवनयात्रा चाँडै नै सार्वजनिक गर्ने उहाँको भनाइ छ ।