कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ ।प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः०० बजे बस्ने बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने उहाँका प्रमुख स्वकीयसचिव भानु देउवाले जानकारी दिनुभयो ।

मङ्गलबार सत्ता गठबन्धन दलका शीर्षनेताको बैठकमा कांग्रेस नेता डा नारायण खड्कालाई तत्काल परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो । पदाधिकारी बैठकमा सोबारे पनि छलफल हुने बताइएको छ । यसैगरी कांग्रेसको महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिका बारेमा पनि आवश्यक निर्णय हुने बताइएको छ ।

प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको पार्टीको क्रियाशील सदस्यता विवरण अझै सार्वजनिक हुन नसकेका कारण ती जिल्लामा यसअघिको वडा अधिवेशन कार्यतालिका प्रभावित भएको छ ।

यो पनि – सबैको सहकार्यमा सामाजिक कुरीति र विकृतिलाई निर्मूल गर्नुछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सेवा दिवसको मर्म सामाजिक रूपान्तरण, समाजको विकास र समाजमा रहेका सामाजिक कुरीति र विकृतिलाई निर्मूल गर्नुमा निहित रहेको उल्लेख गर्नुभएको छ । उहाँले ४२ औँ सामाजिक सेवा दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली एवं सामाजिक सेवामा लाग्नुभएका सम्पूर्ण व्यक्ति तथा सङ्घ संस्थालाई शुभकामना व्यक्त गर्दै सो कुरा उल्लेख गर्नुभएको हो । ‘सर्वजन हिताय, सर्वजन सुखाय’ भन्ने पूर्वीय दर्शनको सार नै सामाजिक सेवाभाव रहेको पाइन्छ । आजको विश्व परिवेशमा हुँदा खाने र हुनेखानेका बीचको खाडल दिनप्रतिदिन बढ्दै गएको तथ्यलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसङ्घ र सदस्य राष्ट्रहरुले सामूहिक प्रतिबद्धताको दस्तावेज दिगो विकास लक्ष्यमा हस्ताक्षर गरेका छन् । यसको मूल सिद्धान्त कोही पनि नछुटुन् भन्ने रहेको प्रधानमन्त्री देउवाले बताउनुभएको छ ।

दिगो विकास लक्ष्यमा साझेदारीको सवाललाई प्राथमिकताका साथ अगाडि सारिएको अवस्थामा यस वर्षको सामाजिक सेवा दिवस राष्ट्र निर्माणमा विकासका लागि साझेदारी गर्न सफल हुने उहाँले विश्वास लिनुभएको छ भौतिक विकास र मानवीय विकास सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसका लागि नागरिक तहसम्मको प्रतिबद्धता, सहकार्य र समर्पणभाव आवश्यक हुने बताउनुभएको छ । उहाँले गरिबी निवारण, सामाजिक न्याय, समानता, समता, मानव अधिकारजस्ता आवधारणालाई आत्ससात् गर्दै देशको सामाजिक विकास र रूपान्तरणमा प्रत्यक्ष वा परोक्षरूपमा सहभागी हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रयासको प्रशंसासमेत गर्नुभएको छ ।

आगामी दिनमा सङ्घ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा समाज रूपान्तरणका कार्यक्रमलाई राष्ट्रिय प्राथमिकता अनुकूल बनाउँदै राष्ट्र निर्माणमा नेपाल सरकारसँग सहकार्यका लागि पनि प्रधानमन्त्री देउवाले आह्वान गर्नुभएको छ । समाज सेवामा संलग्न विभिन्न व्यक्ति, विचारक संस्थासँग साझेदारी गर्दै सभ्य र मर्यादित समाज निर्माणमा लाग्न उहाँले सम्पूर्ण समाजसेवी व्यक्ति तथा संस्थालाई आह्वान गर्दै मानवीय सेवा भावले गरिने कार्यका लागि आवश्यक पर्ने सहयोग गर्न नेपाल सरकार सदैव तत्पर रहेको बताउनुभएको छ ।