बागलुङको ढोरपाटनमा बाढीले दुई घर पुरियो

बागलुङको ढोरपाटनमा बाढीले दुई घर पुरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङको ढोरपाटन नगरपालिका–२ तारीखेतमा गए राति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन् । बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो । बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताउनुभयो ।

यो पनि – गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

गुल्मीमा पहिराले घर पुिरँदा तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उहाँकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । मङ्गलबार रातिदेखि परेको पानीका कारण पहिरो आई घर पुरिँदा एउटै कोठामा सुतिरहेका उनीहरुको मृत्यु भएको हो । पुरिएकाको शव स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले बाहिर निकालेका छन् । शवलाई अहिले परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । तिलक, उहाँकी श्रीमती र अर्की छोरी भने सुरक्षित रहेका र उहाँहरुलाई छिमेकीको घरमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

यो पनि – पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारी चालकलाई अनुरोध गरेको छ ।

यो पनि –‘सम्पन्नलाई पनि कर्णालीमा उपचार गर्ने वातावरण तयार गर्छौँ’

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले सम्पन्न वर्ग आकर्षिक हुने गरी अस्पतालको विकास गर्ने बताउनुभएको छ । प्रदेश अस्पताल सुर्खेतद्वारा मङ्गलबार आयोजित आर्थिक वर्ष २०७३÷७४–२७७÷७८ सम्म सेवाग्रहीले अन्तरङ्ग, बहिरङ्ग विभागबाट लिएका उपचार सेवा, शल्यक्रियासहितका तथ्याङ्क सार्वजनिक कार्यक्रममा निर्देशक उहाँले तथ्याङ्कबाट विगतमा यहाँको स्वास्थ्य अवस्था र हालको वस्तुस्थितिले देखाएको प्रगतिबारे स्पष्ट भएको जनाउनुभयो ।

उहाँका अनुसार मध्यपश्चिम क्षेत्रीय हुँदै प्रदेशमा रुपान्तरण भएको यस अस्पतालले पछिल्लो समयमा सबैखाले स्वास्थ्य सेवा विस्तार गरेको छ । “अहिले हामीले अर्थोपेडिक, पेडियाट्रिक, साइक्याट्रिक, जेरियाट्रिक, पोष्ट ओपी, न्यूरो सर्जरी, इएनटीलगायत विशेषज्ञ वार्ड सेवा सुरुआत गरेका छौँ”, निर्देशक डा खड्काले भन्नुभयो, “यसमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, न्यूरोलगायत विधाका कन्सल्ट्यान्ट, विशेषज्ञ, मेडिकलसहित ६० चिकित्सक कार्यरत छन् ।”

प्रदेश अस्पतालका प्रवक्ता एवं हाडजोर्नी विशेषज्ञ डा विकास केसीले सेवाग्रहीको समस्यालाई मध्यनजर गरी समय बढाएर अस्पतालले ओपिडी सेवा बिहान ८ः०० देखि अपराह्न ४ः०० बजेसम्म र नाम दर्ता ८ः०० देखि अपराह्न २ः०० बजेसम्म गरिने बताउनुभयो । उहाँले बिरामीकै हितमा आकस्मिक सेवा, सिटी स्क्यान, अल्ट्रा साउण्डलगायत सेवा प्रवाह गरिएको जनाउनुभयो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान काठमाडौँमा कार्यरत न्यूरोसर्जन सहायक प्राध्यापक डा निलम खड्काले कर्णालीको करिब २० लाख जनसङ्ख्यामा एकजना न्यूरोका चिकित्सक हुनु दुःखद् कुरा भएको बताउनुभयो । यद्यपि यस चार महिनाको अवधिमा पनि २५ जनाको टाउको, दुईको हड्डी, एक÷एक जनाको घाँटी र ढाडको शल्यक्रिया गरिएको उहाँको भनाइ थियो ।

सामाजिक सुरक्षा शाखाका प्रमुख रामप्रसाद भण्डारीले गत आव २०७७÷७८ मा कर्णाली प्रदेश अस्पतालबाट १६ हजार बिरामीले स्वास्थ्य बिमाको सेवा लिएको बताउनुभयो । पछिल्लो समयमा बिमाप्रति नागरिकको आकर्षण बढेको उल्लेख गर्दै शाखा प्रमुख भण्डारीले स्वास्थ्य बिमाबाट ४० प्रतिशत नागरिक प्रदेश अस्पतालबाट लाभान्वित भएको जनाउनुभयो ।