रुपा सुनारमाथि विभेद गरेको आरोप लागेकी घरबेटी प्रधान धरौटीमा रिहा

रुपा सुनारमाथि विभेद गरेको आरोप लागेकी घरबेटी प्रधान धरौटीमा रिहा

13
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्ला अदालत काठमाडौँले रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आज रु एक लाख १५ हजार धरौटी माग गरी रिहा गर्ने आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिनुभयो । जातीय विभेद तथा छुवाछुतजन्य कसुर गरेको उल्लेख गर्दै दायर भएको मुद्दाको आदेशपछि प्रधानले आजै उक्त रकम बुझाएर घर फर्कनुभएको हो । सुनारले प्रहरीमा दिएको जाहेरीअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा प्रधानविरुद्ध मुद्दा दायर गरिएको थियो ।

यो पनि – रुपा सुनारलाई कारवाहीको माग गर्दै सरस्वति प्रधान राष्ट्रिय मानव अधिकार आयोगमा (भिडियो)

दलित भएकै कारण कोठा भाडामा नदिएको आरोप लागेकी बबरमहल निवासी सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा रूपा सुनारविरुद्ध उजुरी दिनुभएको छ ।  घरधनी प्रधानले सुनारसँगै कोठा खोज्न आफ्नो घरमा आएका सुष्मा राई र सिर्जना राईलाई पनि विपक्षी बनाई उजुरी दिनुभएको हो । उजुरीमा कोभिड १९ को महामारीमा समयमा सरकारले गरेको निषेधाज्ञा उल्लघंन गरी पिसीआर रिपोर्टबिना माहामारी फैलाउने गरी मानवताविरोधी अ’पराध गरेको, कोठाको आवश्यकता नै नभएको अवस्थामा आ’पराधिक कार्यका लागि कोठा खोज्दै हिँडेको र घरबेटीको मञ्जुरीविना फोन रेकर्ड गरेको उजुरीमा छ । आयोगका प्रवक्ता डा टीकाराम भट्टराइले सरस्वतीको उजुरी आयोगमा आएको र त्यसबारेमा अध्ययन गरी आयोगले छिट्टै धारणा बनाउने जानकारी दिनुभयो ।

सञ्चारकर्मी रूपा सुनारले षड्यन्त्रमुलक तरिकाले आफुलाई फसेको भन्दै कारबाहीको माग गर्दै प्रधानले आयोगमा निवेदन दिएकी हुन्। बुधबार उनि हस्ताक्षरसहित आयोग पुगेकी हुन् । निवेदनमा भनिएको छ – ‘निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिनापिसिआर रिपोर्ट खुल्लेआम आवतजावत गरी महामारी फैलाउने मानव विरोधी अपराध गरेको रूपालाई कोठा आवश्यकता नै नरहेको भए पनि आपराधिक कार्य गर्न कोठा खोज्न आएको बहानाबाजी गरी मेरो मञ्जुरीबेगर मेरो फोन रकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरी मेरो विरुद्ध छुवाछुतको उजुरी दिई गैरकानुनी एवं मेरो व्यक्तिगत जीवनको स्वतन्त्रताविपरीत हुनेगरी पूर्वाग्रहीपूर्वक थुनाएको हो।’

प्रधानको निवेदनमा थप भनिएको छ – ‘‘घरधनी पति मुकुन्द प्रधान र सासुआमा भएकाले मलाई घर भाडामा राख्ने अधिकार नभए पनि मलाई घरधनी भनी झुठा आरोप लगाई जालसाझ गरी मेरो मानव अधिकारको हनन गरेको हो। मैले जातीय छुवाछुतको वादविवाद नै नगरेकोमा पनि निज रूपा सुनार आफैंले म कामीको छोरी हो भनी आफैंले आफ्नो जात देखाई मलाई विवाद गरी मानव विरोधीको अपराध गरेको हो,’ । प्रधानले रूपालाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन्। असार १ गते थरकै कारण आफुलाई कोठा नदिएको भन्दै रूपाले प्रहरीमा उजुरी दिएसँगै प्रधानलाई पक्राउ गरि ३ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। पछि मन्त्रिसहितको रोहबरमा उनि रिहाई भएकी थिइन ।

राष्ट्रिय मानव अधिकार आयोगमा रुपा सुनारलाई उजुरी गर्दै गर्दाको भिडियो यहाबाट हेर्नुहोस ।