‘जतिसक्दो चाँडो सरकारलाई पूर्णता दिइने’

‘जतिसक्दो चाँडो सरकारलाई पूर्णता दिइने’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सत्ता गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको गठबन्धनको बैठकमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

“बैठकमा मन्त्रिपरिषद् विस्तार, सदन सञ्चालन, सदनमा पेश भएका विभिन्न विधेयकका बारेमा छलफल भयो”, उहाँले भन्नुभयो, “जतिसक्दो चाँडो मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल भयो ।”

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई र उपेन्द्र यादव तथा कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्थ्यो ।

यो पनि – नेकपा (एकीकृत समाजवादी) पार्टी बैठक : अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रस्ताव पारित

नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत प्रस्ताव केन्द्रीय कमिटिको सुझावलाई समावेश गरी सर्वसम्मतले पारित गरेको छ ।पार्टीको मङ्गलबारदेखि सुरु बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथि आज समूहगतरूपमा छलफल भएको थियो । पाँच वटा समूहमा पार्टी केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्नुभएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । समूहका छलफलका क्रममा आएका धारणाका निष्कर्षलाई समूह नेताले बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा समूह १ बाट रामकुमारी झाँक्री, समूह २ बाट रामचन्द्र साह तेली, समूह ३ बाट रमा आले, समूह ४ बाट श्रीप्रसाद साह र समूह ५ बाट दिनेशकुमार राईले आआफ्नो समूहका छलफलमा उठेका विषयको निष्कर्ष प्रस्तुत गर्नुभयो । बैठकमा उठेका विषयमा अध्यक्ष नेपालले विगतमा जनताको बहुदलीय जनवाद (जबज) लाई कुरूप बनाउने काम गरिएको बताउनुभयो । जबज माक्र्सवादको सिर्जनात्मक प्रयोगको एक अध्याय भएको उहाँको भनाइ छ । पार्टीले जबजको देवत्वकरण र कुरूपीकरण दुवै नगर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी जबजलाई विकसित गर्नेछौँ, त्यसलाई समृद्ध पार्नेछौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को मङ्गलबार सुरु केन्द्रीय कमिटीको प्रथम बैठक दोस्रो दिन पनि पूर्वनिर्धारित कार्यसूचीअनुसार जारी रहेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । केन्द्रीय कमिटीको बैठक बिहीबार पनि जारी रहने छ । भोलि बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बैठक बस्नेछ ।

नेकपा (एमाले) बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो । पार्टीको हालसम्ममा देशका ५५ जिल्लामा कार्यसमिति गठन भइसकेको छ । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, विस्तार र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेबारेमा समेत छलफल हुने बताइएको छ ।

अध्यक्ष नेपालको संयोजकत्वमा हालै स्थायी कमिटी, सचिवालय, प्रदेश इञ्चार्ज र विभिन्न विभाग गठन गरिएको थियो । प्रदेश, जिल्ला र स्थानीय तहमा समेत भेला, बैठक गरी राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन् । युवा र विद्यार्थी सङ्गठन स्थापना गरिएका छन् भने प्रेस सङ्गठन घोषणाको क्रममा छ ।

यो पनि – सरकारले गति लिन सकेन : केपी ओली

नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गति लिन नसकेको आरोप लगाउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटी बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो आरोप लगाउनुभएको हो । पूर्वप्रधानमन्त्री ओलीले अघिल्लो सरकारले राजदूतमा पार्टीका कार्यकर्ता नभई वैदेशिक मामिलासम्बन्धी जानकार, अनुभवी, अध्ययन गरेका र देशका लागि काम गर्नसक्ने व्यक्तिलाई पठाएको उहाँले प्रष्ट्याउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तीव्रगतिमा अगाडि बढेको दाबी गर्दै उहाँले विकासका काम अगाडि बढाउन एमाले पार्टी नै चाहिने बताउनुभयोे ।

एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उहाँले अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गरेर विजयको यात्राका लागि पार्टीका काममा उच्च मनोबलका साथ खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

यो पनि – स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा ‘विफ्रिङ’ गर्दै उहाँले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको जानकारी गराउनुभएको थियो । वर्तमान सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको काम कारबाहीमा समस्या आएको बताइएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बिहीबार संसद्मा प्रतिस्थापन विधेयक पेश गर्ने सरकारले तयारी गरेको प्रवक्ता महराले जानकारी दिनुभयो । “भोलि संसद् बस्दैछ, आज पाँच दलको बैठक छ, त्यसपछि टुङ्गो लाग्छ ।” बैठकले केन्द्रीय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गरेको छ ।

यो पनि – लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य छ– राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी मान्यताप्राप्त निकाय प्रेस काउन्सिलले सञ्चार क्षेत्रलाई अब्बलरूपमा उभ्याउन कोसिस गर्नुपर्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले त्यसका लागि काउन्सिललाई स्वतन्त्र, स्वायत्त र प्रभावकारी बनाउन सबै निकायबाट सहयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रेस काउन्सिल नेपालको ५२ औं वार्षिकोत्सवको अवसरमा बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रमममा काउन्सिलले प्रकाशन गरेको ‘संहिता’ नामक पुस्तक लोकार्पण गर्नुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस

राष्ट्रपति भण्डारीले भन्नुभयो, “जिम्मेवार पत्रकारिता, सुसूचित आमजनता र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । लोकतन्त्रको अभ्यासमा आमसञ्चारको क्षेत्रमा देखिएका कमीकमजोरी हट्दै जानेछन् । पत्रकारजगत्बाट आचारसंहिता पालना हुनेछ ।” दुई वर्ष सञ्चारमाध्यम र पत्रकार जगत्ले कोभिड–१९ को महामारीबाट पीडित हुने परेकामा दुःख लागेको बताउँदै उहाँले सङ्क्रमणको जोखिमपूर्ण परिस्थितिमा पनि समाचार सम्प्रेषणका माध्यमद्वारा पेशाप्रतिको दायित्व बहन भएको भनी सराहना गर्नुभयो । लोकतन्त्र र आमसञ्चार क्षेत्र एकअर्काको परिपूरक भएकाले लोकतन्त्र र मानवअधिकार प्रवद्र्धनका लागि आमसञ्चार क्षेत्रले अभिन्न अङ्गका रूपमा काम गरिरहेको बताउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “लोकतन्त्रको सफलताका लागि अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य छ ।”

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वमा विकसित भएका नयाँ प्रविधिको प्रयोगलाई आत्मसात् गरी परिमार्जित र व्यवसायी बन्दै अघि बढेकै कारण नेपालको सञ्चार क्षेत्र उदाहरणीय बन्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चार क्षेत्रको विकास, सदृढीकरण र सुव्यवस्थित गर्न सरकार जिम्मेवारी लिन तयार छ, समाजलाई सुसंस्कृत र अनुशासित बनाउन सञ्चार क्षेत्र जिम्मेवार भई काम गर्नुपर्छ । यस मामिलामा नेपाली सञ्चारक्षेत्र निष्ठावान रहिआएको छ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले पत्रकारिता क्षेत्रको नियमन निकायका रूपमा रहेको प्रेस काउन्सिलले सजग, सतर्क र चनाखो भएर सत्यतथ्यसहितको सान्दर्भिक सूचना सम्प्रेषण गर्ने गराउने विषयमा क्रियाशील हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारितालाई गतिशील, मर्यादित, निष्पक्ष र विश्वसनीय तुल्याउने सवालमा मन्त्रालयले सधैँ सहयोग पु¥याउने छ ।” काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलबाट पत्रकारिता क्षेत्रलाई स्वच्छ, निष्पक्ष र मर्यादित तुल्याउन भइरहेका विभिन्न प्रसासबारे जानकारी गराउनुभयो ।

कोभिड–१९ का कारण आमसञ्चार क्षेत्र निकै प्रभावित भएका, कैयौँ सञ्चारगृह बन्द भएका र पत्रकारले रोजगारी गुमाउन परेका घटना सुनाउनुभयो । पुरस्कृत व्यक्तित्व भारत दत्त कोइरालाले पत्रकारिता क्षेत्रमा बौद्धिक, आँटिलो र जोसिलो व्यक्तित्वको परिचय स्थापित गरेर बिदा हुनुभएका स्व गोपालदास श्रेष्ठका नाममा स्थापित पुरस्कार प्राप्त भएकामा त्यसबेलाका व्यक्ति र पत्रकारिताको स्मरण भएको बताउनुभयो । समारोहमा राष्ट्रपति भण्डारीले काउन्सिलको पहिलो प्रकाशन वार्षिक अङ्ग्रेजी संस्करण ‘पीसीएन इयर बुक २०२०÷२१’ संहिता र काउन्सिलको ४६औँ वार्षिक प्रतिवेदनको लोकार्पण गर्नुभयो ।