नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक सकिएको छ । बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गठन गरेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
बैठकले एक अध्यक्ष, एक वरिष्ठ नेता, सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ । जम्मा ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको खतिवडाले बताउनुभयो । सबै प्रदेश तथा जिल्ला इञ्चार्जसमेत तोक्नुका साथै केन्द्रीय कमिटीबाहेक सबै कमिटीमा दुई उपाध्यक्षको व्यवस्था गरिएको छ । बैठकले ‘तत्कालीन कार्ययोजना’ २०७८ पारित गरेको छ । तीन महिनाभित्र सबै स्थानीय तहका वडामा कमिटी गठन गर्ने लक्ष्य राखिएको छ ।
बैठकले ७०१ सदस्यीय केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ । पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने छन् । केन्द्रीय सल्लाहकार र ज्येष्ठ नागरिक मञ्च गठन गरिएको सो पार्टीले जनाएको छ ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाइ छलफल भएको थियो । बैठकमा पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सङ्गठन विस्तार, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा आवश्यक रणनीति तयार गर्नेबारे छलफल भएको केन्द्रीय सदस्य दिलुकुमारी पन्तले बताउनुभयो । नेकपा (एमाले) बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो ।
यो पनि -षड्यन्त्र गरेर मलाई फसाइएको हो ः उपसभापति गच्छदार
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताउनुभएको छ । उहाँले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदी कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषद्माथि गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले ५० वर्षको राजनीतिक यात्रामा अख्तियारले आपूmमाथि अन्याय गरेको धारणा राख्नुभयो । “म अझै ११ वर्ष सक्रिय राजनीति गरिरहने छु”, उहाँले भन्नुभयो ।
उपसभापति गच्छदारले न्यायलयले न्याय दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफूलाई षड्यन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको छ भन्नुभयो । जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि लडिरहने बताउँदै उहाँले आफूले भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा उभिन तयार छु भन्नुभयो ।
प्रतिक्रिया