थप पाँच जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

थप पाँच जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप पाँच जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाको क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बाँकी आठ जिल्लाको क्रियाशील सदस्यको नामावली ढिलोमा सोमबारसम्म सार्वजनिक गरिने उहाँले बताउनुभयो । करिब नौ लाख रहेका क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।

पार्टीले यसअघि ६४ जिल्लाको क्रियाशील सदस्यको विवरण सार्वजनिक गरी ती जिल्लामा वडा अधिवेशन गरिसकेको छ । वडा अधिवेशन सम्पन्न भएका ५५ जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ गरिएकोे केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । क्रियाशील सदस्यताको बाँकी विवाद चाडै टुङ्ग्याएर दसँैअघि सबै जिल्लाका पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ । हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकानुसार जिल्ला अधिवेशनसम्मका सबै अधिवेशन गरिने कांग्रेसको योजना छ ।

यो पनि – कांग्रेस नगर अधिवेशन : पाल्पाका नौ स्थानीय तहको निर्वाचन सकियो

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पाल्पा जिल्लाका दश स्थानीय तहमध्ये नौ स्थानीय तहको निर्वाचन सकिएको छ । जिल्लाका सातवटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ भने दुई पालिकामा निर्वाचन निर्वाचन भएको छ । एक पालिकामा निर्वाचन स्थगित भएको छ । रामपुर नगर कार्यसमितिको सभापतिमा पुन: नेत्रप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । मतदान प्रक्रियाबाट भएको निर्वाचनमा कुल २१२ मतमध्ये खसेको २०८ मतमा भट्टराईले १२५ मत ल्याई विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी अर्जुनप्रसाद रेग्मीले ८२ मत प्राप्त गर्नुभएको छ ।

नगर उपसभापतिमा देवबहादुर थापा मश्राङ्ी र ज्ञानप्रसाद भण्डारी निर्वाचित हुनु भएको छ । मश्राङ्ीले १४५ मत, भण्डारीले १३० मत प्राप्त गर्नुभएको छ । उपसभापति पदका प्रतिस्पर्धी सरस्वती डोटेलले ६९ र हरिप्रसाद न्यौपानेले ५२ मत प्राप्त गर्नुभएको मतदान अधिकृत मुकुन्दराज गौतमले जानकारी दिनुभयो ।

सचिवमा चिरञ्जीवी सिग्देलले १४१ र ओमप्रकाश बस्यालले १२६ मत ल्याई निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी विष्णुप्रसाद बस्यालले ८४ र नरनारायण अर्यालले ४० मत प्राप्त गर्नुभएको छ । सहसचिवमा आवास भट्टराई र राजन सुनार चयन हुनुभएको छ । भट्टराईले ९६, सुनारले ९१ मत प्राप्त गरी विजयी बन्नुभएको छ भने प्रतिस्पर्धी देवबहादुर दर्जीले ७५, रहिम मुल्ला मियाँले ३७ र पार्वती परियारले ८४ मत प्राप्त गर्नुभएको छ । नगर कार्य समितिको अन्य सदस्य पदमा भने निर्विरोध चयन भएको छ ।

रिब्दीकोट गाउँपालिकामा मतदान प्रक्रियाबाट निर्वाचन सम्पन्न भएको छ । सभापति पदमा रामचन्द्र पाण्डेले ९७ मतसहित विजयी हुनुभएको छ भने प्रतिस्पर्धी इन्द्र पाण्डेले जम्मा ७ मत प्राप्त गर्नुभएको छ । बगनासकाली गाउँपालिकामा ठानेश्वर तिमिल्सेना, निस्दी गाउँपालिकाको पूर्णबहादुर खाँण, पूर्वखोला गाउँपालिकाका विष्णु आचार्य, रम्भामा ऋषिराम अर्याल, माथागढीमा दीपक थापा, तिनाउँमा प्रेम पाण्डे, र रैनादेवी छहरा गाउँपालिकामा विष्णु पोखरेल निर्विरोध सभापति पदमा चुनिनुभएको छ । जिल्ला सदरमुकामको तानसेन नगरपालिकामा भने नगर अधिवेशन स्थगित गरिएको छ ।

तानसेन नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसक्दा अधिवेशन अनिश्चित बनेको हो । बुधबारसम्ममा नेतृत्व चयन प्रक्रिया अगाडि बढ्न सक्ने स्रोतको दाबी छ । दुईजना आकाङक्षीले आफ्नो दाबी नछाड्ने भएपछि सर्वसम्मतिको उम्मेदवारको खोजी गरिन लागेको बुझिएको छ । शनिबार भएको अधिवेशन सौहार्दपूर्ण वातावरणमा सबै पालिकामा सम्पन्न भएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ निर्वाचित भएका पदाधिकारीमा युवा पुस्ताको वर्चस्व छ ।