हुम्लामा बाढीका कारण आयोजनामा क्षति

हुम्लामा बाढीका कारण आयोजनामा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अविरल वर्षाका कारण आएको बाढीले हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । गत शुक्रबार आएको बाढीले उक्त आयोजनाको १३० मिटर पाइपमा क्षति पु¥याएको हो । हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीसमेतको टोलीले उक्त बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी आचार्यले दसैँ अगाडि आयोजनाको मर्मत गरेर विद्युत् उत्पादनको कार्य पुनःसुरु गर्ने सम्भावना नरहेको बताउनुभयो । हुम्लामा यतिखेर विद्युत् सेवा अवरुद्ध भएको छ । बिजुली नभएपछि यहाँका कतिपय स्थानमा सञ्चार सेवा समेत अवरुद्ध हुन पुगेको छ ।

यो पनि – स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण

प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपालको साझेदारीमा जुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । कोभिड–१९ रोकथाम, न्यूनीकरण र प्रतिकार्यका लागि स्थानीय तह र जिल्लामा सञ्चालित आइसोलेशन केन्द्र र अस्पताललाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्वास्थ्य सामग्री प्रदान गरिएको पेस नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका स्थानीय तह, आइसोलेशन केन्द्र र अस्पताललाई १४ प्रकारको स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।” उहाँका अनुसार कूल रु १९ लाख १५ हजार ७७८ मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ । प्रदान गरिएको स्वास्थ्य सामग्रीमा पाँच लिटरको अक्सिजन कन्सिन्ट्रेटर सात थान, सर्जिकल मास्क ४६ हजार ६१० थान, ५०० एमएलको हेण्ड सेनिटाइजर ६३० बोतल, फूल पिपिइ सेट ४३८ थान, २०० एमएलको हेण्ड वास लिक्विड २५५ पिस, सर्जिकल पञ्जा १२ थान, पञ्जा पेयर एक हजार १०० र एननाइन्टी फाइभ मास्क २५० थान रहेका छन् ।

यसैगरी फेससिल्ड १२५ सेट, सेफ्टी गोगल्स १२५ सेट, हेभी डयुटी पञ्जा एक हजार थान, ४० लिटरको अक्सिजन सिलिण्डिर १२ पञ्जा, स्पोट चेकपल्स अक्सिमिटर ६० थान र एन्टिजेन किट ५०० थान प्रदान गरिएको संयोजक भट्टले जानकारी दिनुभयो ।जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले गैर सरकारी संस्थाले प्रदान गरेको स्वास्थ्य सामग्री सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । आइसोलेशन केन्द्र, कोभिड अस्पताल र अस्पतालका लागि प्रदान गरिएको स्वास्थ्य सामग्रीको सदुपयोगले मात्र कोरोना सङ्क्रमण कम गर्न सकिनेमा यहाँका सरोकारवाला बताउँछन् । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले कोभिड सङ्कटका बेला दाताले गरेको सहयोग महत्वपूर्ण रहेको प्रजिअ प्रसार्इंले बताउनुभयो ।

सडक सञ्जाल जोडिएसँगै भित्रिए लागुऔषध

यसैबीच सडक सञ्जाल जोडिएसँगै जुम्लामा पछिल्लो समयमा लागुऔषध भित्रिएको छ । डेढ दशक पहिले यहाँका नागरिकले लागुऔषध ब्राउन सुगरको नाम पनि सुनेका थिएनन् । ब्राउन सुगर के हो, कस्तो हुन्छ । यसले के प्रभाव पार्छ भन्ने जानकारीसमेत यहाँका कसैलाई थिएन । तर पछिल्लो समय जुम्लामा सडक सञ्जाल पुगेसँगै लागुऔषध कारोबार सुरु भएपछि आफ्ना बालबच्चालाई दुव्र्यसनबाट कसरी जोगाउन भन्ने चिन्ता अभिभावकमा थपिएको छ ।

नेपालगञ्जबाट कर्णाली राजमार्ग हँुदै जुम्लातर्फ मोटरसाइकलमा लागुऔषध ब्राउन सुगर बोकेर आउँदै गरेका दुई जना युवालाई अघिल्लो साता प्रहरीले पक्राउ गरेको थियो । लु७३प८३०५ नम्बरको पल्सर मोटरसाइकलमा सवार जुम्ला पातारासी गाउँपालिका–६ का २८ वर्षीय रामबहादुर बुढा, चन्दनाथ नगरपालिका– ६ का २४ वर्षीय सनीर श्रेष्ठलाई प्रहरीले प्रहरीले कालीकोटबाट पक्राउ गरेको थियो । विशेष सुराकीका आधारमा प्रहरी चौकी खल्लागाडले खानतलासी गर्दा मोटरसाइकलको ब्याट्री राख्ने ठाउँ र सिटमुनि लुकाएर राखेका अवस्थामा ब्राउन सुगर सात ग्राम इन्टरभेट–१० लेखिएको १२ पत्तामा १७५ ट्याब्लेट र ट्रामवाल लेखिएको २८ पत्तामा २८० ट्याब्लेट प्रहरीले बरामद गरेको थियो । कर्णाली राजमार्ग खुलेसँगै आएको ब्राउन सुगर यहाँको सहरबजारदेखि गाउँटोलसम्म पुगेको यो घटनाले देखाएको छ ।

सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्ला र मुगु कर्णाली राजमार्गको २०६२ मा ट्रयाक खुलेको हो । त्यसयता ब्राउन सुगर लागुऔषध भित्रिन थालेको प्रहरीको बुझाइ छ । कर्णाली राजमार्ग नखुल्नुअघि यहाँको एकमात्र यातायातको साधन हवाइजहाज थियो । हवाइजहाजबाट लागुऔषध जुम्ला भित्रन सक्दैनथ्यो । राजमार्ग खुलेपछि लागुऔषध जिल्लामा भित्रिन थालिन देखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताउनुभयो । पछिल्लो समय माथिल्लो कर्णालीका जुम्ला, मुगु, कालीकोटमा लागुऔषध सेवन बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको तीन वर्षको तथ्याङ्क हेर्दा लागुऔषध सेवन र कारोबार वृद्धि भएको देखिन्छ । तीन वर्षको अवधिमा प्रहरीले लागुऔषध ब्राउन सुगरसम्बन्धी १७ मुद्दा दर्ता र ४७ जनालाई पक्राउ गरी कारबाही गरेको छ । आव २०७५÷७६ मा पाँच वटा मुद्दामा १६ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । आव २०७६÷७७ मा छ वटा मुद्दामा नौ जना पक्राउ परेका थिए भने आव २०७७÷७८ मा पाँच वटा मुद्दामा २० जनालाई पक्राउ गरी कारबाही गरेको प्रहरी तथ्याङ्क छ । आव २०७८÷७९ को दुई महिना साउन र भदौमा एउटा मुद्दामा दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।