युद्ध अन्त्यका लागि दक्षिण कोरियामाथि प्योङयाङका सर्त

युद्ध अन्त्यका लागि दक्षिण कोरियामाथि प्योङयाङका सर्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उत्तर कोरियाका नेता किम जङ–अनकी बहिनी किम–यो–जङले दक्षिण कोरियाले उत्तर कोरियालाई हेर्ने ‘कटुतापूर्ण व्यवहारलाई’ परित्याग गरेमा सियोलसँग यसद्ध अन्त्यका लागि पुनः वार्ता गर्न सकिने बताउनुभएको छ । दक्षिण कोरियाले ‘शत्रुतापूर्ण नीतिहरू’ रोकेको खण्डमा मात्र उत्तर कोरिया उक्त प्रस्तावबारे कुरा गर्न इच्छुक रहेको नेता यो–जङले बताउनुभयो ।

यो–जङद्वारा हालै जारी विज्ञप्तिमा भनिएको छ, “आफ्ना गतिविधिलाई न्यासङ्गत देखाउन खोज्ने तर हाम्रो आत्मरक्षाको अधिकारको उचित अभ्यासमा खोट देख्ने दोहोरो मानसिकता, असङ्गत पूर्वाग्रह, नराम्रो बानी तथा शत्रुतापूर्ण अडान परित्याग गरिनुपर्छ ।” उल्लेखिते पूर्वसर्त पालना भएको अवस्थामा मात्र प्रत्यक्ष वार्तामा बस्न र युद्ध अन्त्य भएको घोषणा गर्न सम्भव हुनेछ ।”

कोरियाली युद्ध अन्त्य भएको घोषणा गर्न दक्षिण कोरियाको आह्वानपछि नेता यो–जङले त्यस्तो प्रतिक्रिया दिनुभएको हो । कोरियाली प्रायःद्वीपलाई दुई देशमा विभक्त गर्ने युद्ध सन् १९५३ मा एउटा युद्धविरामपछि रोकिएको थियो । तर उनीहरूबीच कुनै शान्तिसन्धि भएको छैन । त्यतिबेलादेखि नै दुई कोरिया प्राविधिक रूपमा युद्धमा छन् । बेलाबेलामा उनीहरूको सम्बन्धमा तनाव उत्पन्न हुने गरेको छ । उत्तर कोरियाले युद्ध अन्त्य भएको घोषणा गर्न एक प्रमुख सर्त आफूविरुद्ध लगाइएको आर्थिक नाकाबन्दीलाई पहिले हटाइनुपर्ने माग राख्ने गरेको छ । दक्षिण कोरियाको प्रमुख सैन्य सहयोगी रहेको अमेरिकाले उत्तर कोरियाले पहिला आणविक अस्त्र परित्याग गर्नुपर्ने बताउँदै आएको छ ।

यो पनि -जर्मनीमा शान्तिपूर्वक मतदान हुँदै, १६ वर्षपछि चान्सलर मर्केल नेतृत्वबाट बाहिरिने

जर्मनीमा आइतबार सबेरैदेखि संघीय संसदका लागि मतदान भइरहेको छ । सन् २००५ पछि निरन्तर सत्तामा रहेकी चान्सलर एङ्गेला मर्केलले यही निर्वाचनपछि राजनीतिबाट बिदा लिन बताउनुभएको छ ।अठसट्ठी बर्षिया चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरिसक्नुभएको छ । नयाँ चान्सलरका लागि सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक पार्टीका आर्मिन लासेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालेना बेएरबोक चान्सलर पदका आकाङ्क्षीका रूपमा चर्चामा छन् ।

लामो समयपछि नेतृत्व फेरिने भएकोले विश्व समुदायले जर्मनीको निर्बाचनलाई विशेष चासो र महत्वका साथ हेरेको छ । मर्केलको उत्तराधिकारीको रुपमा नयाँ चान्सलर को बन्ला भन्ने चासो देशभित्र र बाहिर समेत रहेको छ । छ करोड मतदाता रहेको चुनाव पहिले भएका मत सर्वेक्षणहरूले पनि स्पष्ट तस्बीर देखाउन नसकेका बताउने गरिएको छ ।

नेतृत्वका लागि लासेट, लिन्डनर, केएरबोकबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।संसदको तल्लो सदन ‘बुन्डेस्ट्याग’ मा भने कसैको पनि एकल बहुमत नआउने सर्वेक्षणहरूले देखाएका छन् ।कुनै पनि दलको बहुमत नआएको खण्डमा गठबन्धन सरकार गठन र नयाँ चान्सलर चयन लम्बिन सक्ने भएकाले अझै केही महिना मर्केल नै सत्तामा रहन सक्ने आँकलन पनि विश्लेषकहरुले गरेका छन् ।