झापाका १५ पालिकामा नेतृत्व चयन

झापाका १५ पालिकामा नेतृत्व चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत यहाँका १५ वटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । चार पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट कार्यसमिति चयन भएको हो । मेचीनगरमा सुवेशकुमार पनेरु, विर्तामोडमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा दुर्गा प्रसाई, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यादवराज सेढाई, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत निर्वाचित हुनु भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाह्रदशीमा इन्द्र बस्नेत, गौरीगञ्जमा अग्नु राजवंशी, विर्तामोडमा भोजराज सिटौला सभापतिमा निर्वाचित भएका छन् । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र खगेन भण्डारीले ६५÷६५ मत ल्याएर बराबरी भएका छन् । उहाँहरु मध्ये पहिलो आधा कार्यकालको सभापतिको नेतृत्व बुद्धिराज न्यौपाने र बाँकी कार्यकालको नेतृत्व खगेन भण्डारीले सम्हाल्ने सहमति भएको सभापति थापाले जानकारी दिनुभयो । यसअघि नै कचनकवलमा तुलाराम अधिकारी, बुद्धशान्तिमा चक्र शेर्मा, हल्दिबारीमा गंगा प्रसाई र झापा गाउँपालिका सागीरथ गणेशलाई सभापतिमा निर्विरोध चयन हुनुभएको थियो ।

यो पनि – ताप्लेजुङका सबै पालिकामा कांग्रेसको नेतृत्व चयन

नेपाली कांग्रेसले जिल्लाका सबै पालिकामा नेतृत्व चयन गरेको छ । एक नगरपालिकासहित नौ स्थानीय तहमा निर्वाचन र अन्यमा सहमतिमा नेतृत्व चयन गरेको हो ।
फुङलिङ नगरपालिकामा सुरेस सिङ्घक सभापतिमा निर्वाचित हुनुभएको कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ । यसैगरी सिरिजङ्घामा लालकृष्ण चौहान, सिदिङ्वामा प्रदीप राई, मिक्वाखोलामा पञ्च थलङ र मेरिङ्देन गाउँपालिकामा जयबहादुर खड्का सभापतिमा निर्वाचित हुनुभएको छ ।

यस्तै पाथीभरा याङ्वरकमा राम थेबे, आठराई त्रिवेणीमा विश्व सिटौला, फक्ताङलुङमा भद्र बोखिम र मैवाखोला गाउँपालिकामा खगेन्द्र थक्लुङ सभापतिमा चयन हुनुभएको छ । फुङलिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकामा भने समय अभावलगायतका कारण आइतबार मात्रै निर्वाचन भएको थियो ।