सरकार विस्तारमा सहजीकरण गर्ने माओवादी केन्द्रको निर्णय

सरकार विस्तारमा सहजीकरण गर्ने माओवादी केन्द्रको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानूनी जटिलतालाई अविलम्ब समाधान गरेर अगाडि बढ्न गठबन्धनमा संलग्न दलसँग परामर्श गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा सरकार विस्तारका लागि कानूनी जटिलता, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दालगायत विषयमा छलफल भएको थियो । माओवादी केन्द्रका स्थायी समिति सदस्य देवप्रसाद गुरुङका अनुसार सरकार विस्तारमा देखिएको जटिलता समाधान गरेर शीघ्र पूर्णता दिन त्यससँग जोडिएका विषयमा छलफल भएको हो ।स्थायी समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराउनुभएको थियो भने स्थायी समिति सदस्यको राय पनि लिनुभएको थियो ।

यस्तै बैठकमा पार्टीको आगामी राष्ट्रिय सम्मेलन र त्यसअघि सम्पन्न गर्नुपर्ने टोल तथा वडा भेलाका बारेमा पनि छलफल भएको थियो । नेता गुरुङका अनुसार पार्टी सदस्यताको नवीकरण असोज मसान्तसम्म गर्ने नयाँ कार्यतालिका तय गरिएको छ । यस्तै टोल भेला आगामी कात्तिक ६ गतेसम्म गर्ने, कात्तिक १३ गते वडा सम्मेलन र आगामी मङ्सिर ४ गते स्थानीय पालिका सम्मेलन गर्ने गरी कार्यतालिका तय गरिएको छ । पालिका, वडा र टोल सम्मेलनका बारेमा केही दिन समय थप गरिएको भए पनि राष्ट्रिय सम्मेलनको कार्यतालिकाका बारेमा भने कुनै परिवर्तन गरिएको छैन । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरेको छ ।

यो पनि – चितवनका सात पालिकामा कांग्रेसको नयाँ नेतृत्व

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यहाँका सात पालिकामा अधिवेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको छ । आइतबार राति सम्पन्न भरतपुर महानगरपालिकाको अधिवेशनले चित्रसेन अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई १०३ मतले पराजित गर्नुभएको हो । चित्रसेनले ६४९ मत ल्याउँदा भरतले ५४६ मत ल्याउनुभएको छ ।

यस्तै महानगरको उपसभापतिमा बुद्धिकान्त न्यौपाने र विजय घले विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ६६१ र ५५६ मत ल्याई विजयी हुनुभएको हो । सचिवमा कृष्ण बगाले र प्रनिसा गुरुङ विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ४५६ र ५६४ मत ल्याउनुभएको थियो ।सहसचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल विजयी हुनुभएको छ । उहाँहरुले क्रमशः ५१३ र ४२० मत ल्याएर विजयी बन्नुभएको हो । रत्ननगर नगरपालिकाको कांग्रेस सभापतिमा प्रह्लाद सापकोटा विजयी बन्नुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी रुपनराज घिमिरेलाई ७८ मत अन्तरले पराजित गर्नुभएको हो । सापकोटाले २४६ मत ल्याउँदा घिमिरेले १६७ मत प्राप्त गर्नुभयो । उपसभापति अपिल अधिकारी र कमला अधिकारी, सचिवमा अनिता अधिकारी र तीर्थराज सुवेदी, सहसचिवमा अमृत मल्ल र रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।

पूर्वी चितवनको कालिका नगरपालिकामा दिपेश्वर केसी विजयी हुनुभएको छ । केसीले आफ्ना निकटतम् प्रतिस्पर्धी लीलाबहादुर गुरुङलाई १० मत अन्तरले पराजित गर्नुभएको हो । उहाँले ११२ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी लीलाबहादुर गुरुङले १०२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपसभापतिमा चेतबहादुर गुरुङ र जेएन महतो विजयी हुनुभएको छ । सचिवमा राजन रेग्मी र फडिन्द्र लामिछाने, सहसचिवमा योजना न्यौपाने अधिकारी र विश्वास अर्याल विजयी हुनुभएको छ । राप्ती नगरपालिकामा भएको निर्वाचनमा देवेन्द्र लामा विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धीलाई ४० मत अन्तरले पराजित गर्नुभएको हो । लामाले १२७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नारायण उप्रेतीले ८७ मत ल्याउनुभएको छ । राप्तीको उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे विजयी हुनुभएको छ । सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कँडेल विजयी हुनुभएको छ । सहसचिवमा मनोज तामाङ र तारामाया प्रजा विजयी हुनुभएको छ ।

खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ विजयी हुनुभएको छ । मत परिणामअनुसार उहाँको प्रतिस्पर्धी शशी खनियाँलाई पराजीत गर्दै श्रेष्ठ विजयी हुनुभएको हो । श्रेष्ठले १४५ मत ल्याएर विजयी हुँदै गर्दा खनियाँले १४२ मत ल्याउनुभएको छ ।माडी नगरपालिकामा पुनःकोमलनाथ भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनमा भुसालले आफ्ना निकटतम प्रतिस्पर्धी खेम महतोलाई तीन मत अन्तरले पराजित गर्नुभएको हो । माडीको उपसभापतिमा गणेश पौडेल र मायाराम अधिकारी, सचिवमा अपिल अधिकारी र लोकनाथ लामिछाने, सहसचिवमा इन्द्र चापागाईं र दिक्षा भट्टराई विजयी हुनुभएको छ ।

जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी विष्णुकुमार कुँवरलाई चार मतान्तरले पराजीत गर्दै श्रेष्ठ विजयी हुनुभएको हो । खसेको कूल मतमध्ये ६६ मत प्राप्त गर्दै श्रेष्ठ विजयी हुनुभएको हो । कुँवरले ६२ मत प्राप्त गर्नुभएको छ ।उपसभापतिमा देवलाल गुरुङ र दिपक खनाल, सचिवमा तुलबहादुर गुरुङ र हिरा गुरुङ, सहसचिवमा उत्तमकुमार गुरुङ र सुधीर अधिकारी निर्वाचत हुनुभएको छ । जिल्लाका सातै पालिकामा मतदानद्वारा नेतृत्व चयन गरिएको हो ।