एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले)बाट दल विभाजन गरी माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)को डोटी जिल्ला कमिटी घोषणा गरिएको छ । एकीकृत समाजवादीले पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीको संयोजकत्वमा सोमबार १०५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।

जिल्ला सदरमुकाम सिलगढीमा रहेको दिपायल सिलगढी नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरी सो पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीको प्रमुख आतिथ्यतामा डोटी जिल्ला कमिटी घोषणा गरिएको हो । दीर्घराज बोगटी नेकपा (एमाले)मा हुँदा र तत्कालीन (नेकपा) हुँदा जिल्ला कमिटी सचिवालय सदस्य हुनुहुन्थ्यो । बोगटी नेकपा एमालेबाटै विसं २०७४ को स्थानीय तह निर्वाचनमा डोटीको पूर्वीचौकी गाउँपालिकामा निर्वाचित अध्यक्ष हनुहुन्छ । यसैगरी उक्त पार्टीले जानकी भट्टको संयोजकत्वमा ३७ सदस्यीय जनवर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्गठनको जिल्ला कमिटी पनि गठन गरेको छ भने महेन्द्र कुँवरको संयोजकत्वमा ४१ सदस्यीय राष्ट्रिय युवक सङ्गठनको जिल्ला कमिटी पनि गठन गरिएको एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य तथा पूर्वसांसद मोहनबहादुर बमले जानकारी दिनुभयो ।

डोटीमा एमालेबाट प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आले, संविधानसभा सदस्य तथा सभासद हर्कबहादुर सिंह, पूर्वसांसद मोहन बम, सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री जोशी, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिजराज खड्कालगायत जनप्रतिनिधि एवं नेता एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लाग्नुभएको छ ।

यो पनि – पर्यटनलाई चलायमान बनाउनुपर्छ : पर्यटन सचिव कोइराला

‘टुरिज्म फर इन्क्लुसिव ग्रोथ’ भन्ने मूल नाराका साथ ४२औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा विभिन्न पर्यटनसँग सम्बन्धित संस्थाको सहकार्यमा साइकल ¥याली, वृक्षरोपण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ ।

बोर्डले आयोजना गरेको कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोभिड महामारीले गर्दा विगत डेढ वर्षदेखि बन्दाबन्दीमा खुम्चिएको पर्यटनलाई सुरक्षाका उपाय अपनाउँदै र अँगाल्दै चलायमान बनाउनुपर्ने बताउनुभयो । उहाँले पर्यटन खुला गर्ने गरी नयाँ मापदण्ड आएकाले त्यसको अनुसरण गर्दै अगाडि बढ्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिड महामारी र त्यसबाट सृजित बन्दाबन्दीले पर्यटन व्यवसायमा ठूलो असर परेको उल्लेख गर्दै राज्यले यसको प्रवद्र्धनमा विशेष चासो दिनुपर्ने धारणा राख्नुभयो । उहाँले महामारीबाट प्रत्यक्ष, अप्रत्यक्ष गरी करीब १० लाख जनशक्तिको रोजगार सङ्कटमा परेको बताउँदै पर्यटन क्षेत्रको जनशक्तिलाई अल्पकालीन रोजगारीका लागि बोर्डले युएनडिपीसँगको सहकार्यमा अल्पकालीन रोजगारीको कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो ।

यस्तै बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले नेपाल सरकारबाट निजी क्षेत्रको सहकार्यमा पर्यटनका लागि नयाँ सुरक्षा प्रोटोकल सार्वजनिक भइसकेकाले त्यसका आधारमा विस्तारै पर्यटनलाई चलायमान बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन उद्योगलाई पुरानै लयमा फर्काउन समय लाग्ने भए पनि सरकार र निजी क्षेत्र मिलेर काम गर्दा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका सकारात्मक ऊर्जा मिल्ने धारणा राख्नुभयो ।

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले कोभिडका कारण विगत वर्षमा धेरै काम गर्न नसकिएको बताउँदै विगत वर्षमा पर्यटनमा उत्कृष्ट योगदान गर्ने संस्था तथा व्यक्तिलाई यो वर्ष सम्मान गरिएको जानकारी दिनुभयो । बोर्डका निर्देशक हिक्मत सिंह ऐरले कोभिडका बीच अहिले पर्यटन खुल्ने निर्णयले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको बताउनुभयो ।

बोर्डमा आयोजित कार्यक्रमअघि बिहान बोर्डबाट इलेक्ट्रिक साइकल ¥याली आयोजना गरिएको थियो । साइकल ¥यालीको मन्त्रालयका सचिव कोइरालाले उद्घाटन गर्नुभएको थियो । उक्त साइकल ¥याली ठमेल वसन्तपुरलगायत क्षेत्र परिक्रमा गरी बोर्डमा आई समापन भएको थियो ।