पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै विकृति अन्त्यको आधारः अर्थमन्त्री शर्मा

पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै विकृति अन्त्यको आधारः अर्थमन्त्री शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो“ नेपाली विशेषताका समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्छ । ” पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी निकट नेपाल दलितमुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचन जित्नैपर्ने अवस्थाको अन्त्यका त्यस्तो प्रणाली नै उत्तम विकल्प भएको उल्लेख गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख समेत रहनुभएका उहाँले भन्नुभयो “पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन् । ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरुको छैन” उहाँले भन्नुभयो । नेपाली विशेषताको समाजवादी मोडलको चर्चा गर्नुहुँदै उहाँले थप्नुभयो,“समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्छ ।”

सरकारले पहिलो पटक गरिब र विपन्नलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको चर्चा गर्नुहुँदै अर्थमन्त्री शर्माले दीर्घरोगीलाई मासिक उपचार खर्च दिने पनि व्यवस्था पहिलो पटक गरिएको जानकारीदिनुभयोे ।उहाँले दलितको लागि पनि आवास योजना अघि सारिएको बताउनुभयोे । यसअघि सञ्चालित जनता आवास कार्यक्रमले समेत दलित समुदायलाई राम्रोसँग सम्बोधन गर्न नसकेकोले दलित आवास कार्यक्रम ल्याइएको उहाँले स्पष्ट पार्नुभयो । वर्तमान सरकारले गरिबीको अन्त्य, आत्मनिर्भर अर्थतन्त्रको निर्माण, व्यापार घाटा न्यूनिकरणलगायतको दिशामा सरकारले प्रतिस्थापन बजेटमार्फत काम सुरुआत गरिसकेको उहाँले जानकारी दिनुभयो ।

यो पनि – कांग्रेस बैतडीको अधिवेशनः तीन स्थानीय तहमा सर्वसम्मत, सातमा निर्वाचन

बैतडी, १२ असोज (रासस)ः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बैतडीका पालिका अधिवेशन सम्पन्न भएको छ ।दश वटा पालिका रहेको बैतडीमा तीन वटामा सर्वसम्मत र सात वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । तीमध्ये कुनै पनि पालिकामा महिला र दलितको नेतृत्व नआएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यसमितिको पदाधिकारीमासमेत महिला र दलितको सङ्ख्या न्यून रहेको छ ।

सुर्नया, पञ्चेश्वर र शिवनाथ गाउँपालिकमा सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सुर्नयामा सभापतिमा प्रतापसिंह महरा, उपसभापतिमा करवीर सिंह ऐर र राजेन्द्र लुहार, सचिवमा सुन्दरसिंह विष्ट र उत्तमबहादुर चन्द, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

यसैगरी पञ्चेश्वरमा सभापतिमा रामबहादुर चन्द, उपसभापतिमा जमनसिंह साउद र धीरानबहादुर चन्द, सचिव गजेन्द्रबहादुर चन्द र टङ्कप्रसाद तिवारी, सहसचिव वीरेन्द्र सिहं भण्डारी र वीरबहादुर चन्द सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।त्यस्तै शिवनाथमा सभापतिमा हीराचन्द, उपसभापतिमा जयसिंह साउद र लालसिंह साउद, सचिवमा केशवदत्त कलौनी, गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर, लक्ष्मणदत्त पन्त सर्वसम्मत रुपमा निर्वाचित भएको समितिले जनाएको छ ।

दशरथचन्द नगरपालिकामा भएको निर्वाचनबाट सभापतिमा भुवनराज भट्टको पूरै प्यानल विजयी भएको छ । यस्तै उपसभापतिमा सुरजबहादुर चन्द र हरिराम टमाटा, सचिवमा गणेशसिंह थापा र श्यामबहादुर चन्द सहसचिवमा उत्तमराज जोशी र राजेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् ।पुचौडी नगरपालिकाको सभापतिमा गणेशबहादुर गडालको पूरै प्यानल विजयी भएको छ । उपसभापतिमा ईश्वरदत्त भट्ट र वीरबहादुर महरा, सचिवमा राजप्रसाद जोशी र रितेशबहादुर बोहरा, सहसचिवमा दिलबहादुर साउद र सरोज बम विजयी भएका छन् ।

पाटन नगरपालिकाको नगर सभापतिमा मानबहादुर ऐर ९७ मत ल्याएर विजयी भएका छन् भने उपसभापतिमा रमेश महरा र कृष्णबहादुर कुँवर, सचिवमा लवदेव जोशी र जगदीशसिंह विष्ट, सहसचिवमा कैलाशचन्द र कृष्णा पन्त विजयी भएका हुन् ।मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट ४९ मत ल्याएर विजयी भएका छन् भने उपसभापतिमा भरतसिंह पुजारा र राजबहादुर चन्द, सचिवमा सुरेन्द्रप्रसाद भट्ट र अशोकसिंह विष्ट तथा सहसचिवमा महेशदत्त भट्ट र लक्ष्मण पोख्रेल निर्वाचित भएका छन् ।

सिगास गाउँपालिकामा कर्णबहादुर ऐर ७४ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् भने उपसभापतिमा सुमित्रा ऐर र धनबहादुर साउद, सचिवमा टेकबहादुर चन्द र भानसिह धामी, सहसचिवमा प्रकाश जोशी र गोविन्द अवस्थी विजयी भएका छन् ।दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट ५३ मतसहित विजयी हुनुभएका छन् भने उपसभापतिमा आनसिंह विष्ट र कलकुते कार्की, सचिवमा दानबहादुर विष्ट र कर्कराज जोशी, सहसचिवमा जीतेन्द्र कार्की र सुशीला विष्ट विजयी भएका छन् ।

यसैगरी डिलाशैनी गाउँपालिकाको सभापतिमा ५५ मतसहित जयानन्द जोशी(जयराज) निर्वाचित भएका छन् भने उपसभापति रामनाथ, शङ्कर विष्ट, सचिव मदननाथ, शङ्करदत्त पन्त, सहसचिव विक्रम कार्की, दिलानाथ विजयी भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।महिलाहरुले नेतृत्वमा आउनु अहिलेको आवश्यता रहेको भए पनि आउन नसकेका महिला नेत्री भागरथी भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “महिलाहरुलाई नेतृत्व सम्हाल्न सक्दैनन् भन्ने अझै पनि गलत सोच रहेकाले नेतृत्वमा आउन सकेका छैनन् ।”

उहाँले अलि पहिले सक्रिय भएका महिलाले माथिल्लो तहमा जान रुचाएका र नयाँ क्रियाशील सदस्यमै बसेकाले नेतृत्वमा महिला नदेखिएका पनि हुन सक्छन् भन्नुभयो ।सबै क्रियाशील दलित सदस्यले नेतृत्व हाक्छु भनेर अगाडि नआएका कारणले पनि नेतृत्वमा दलित नदेखिएका नेपाल दलित सङ्घ बैतडीका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सदस्य रमेश कोलीले बताउनुभयो । उहाँले भन्नुभयो, “केही जान्नेसुन्ने क्रियाशील दलित सदस्य स्थानीयस्तरमा बस्न नचाहेकाले पनि नेतृत्वमा नदेखिएको हुन सक्छ । उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि विधानमै व्यवस्था हुनुपर्छ ।” कोषाध्यक्षमा पदाधिकारी बैठकले सदस्यबाट चयन गर्ने भएकाले दलित र महिला आउन सक्ने सम्भावना रहेको बताइएको छ ।