कार्यपालिका सदस्य शर्माको निधन

कार्यपालिका सदस्य शर्माको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यपालिका सदस्य नरेश शर्माको आज निधन भएको छ । देवानगञ्ज तीन घर निवासी सदस्य शर्माको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिनुभयो । स्व शर्माप्रति कांगे्रसका जिल्ला सभापति तथा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, गाउँपालिका अध्यक्ष लालिप्रसाद मेहता, जिल्ला सचिव भण्डारी, देवानगञ्ज गाउँ सभापति जगधर यादवलगायतले पार्टीको झण्डा ओडाएर अन्तिम श्रदाञ्जलि दिनुभएको थियो ।

यो पनि- अध्यादेश खारेज भएकामा ओलीको आपत्ति

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् चालू रहेका बेला अध्यादेश खारेज गरेकामा आपत्ति जनाउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । नेपाल सरकारले गत भदौ २ गते २० प्रतिशत सांसद् वा केन्द्रीय सदस्य पुगेको दल विभाजन गर्न मिल्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको थियो भने गठबन्धन दलको सहमतिमा यही असोज ११ गते सो अध्यादेश फिर्ता गरेको छ । पूर्व प्रधानमन्त्री ओलीलाई भेट्न उहाँको निवास बालकोट पुग्नुभएका कानूनमन्त्री कार्कीसँग उहाँले उक्त अध्यादेश खारेज गर्ने कार्य असंवैधानिक भएको आरोप लगाउनुभएको ओलीको सचिवालयले जनाएको छ ।

यो पनि – पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै विकृति अन्त्यको आधारः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो“ नेपाली विशेषताका समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्छ । ” पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी निकट नेपाल दलितमुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचन जित्नैपर्ने अवस्थाको अन्त्यका त्यस्तो प्रणाली नै उत्तम विकल्प भएको उल्लेख गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सङ्गठन विभाग प्रमुख समेत रहनुभएका उहाँले भन्नुभयो “पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन् । ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरुको छैन” उहाँले भन्नुभयो । नेपाली विशेषताको समाजवादी मोडलको चर्चा गर्नुहुँदै उहाँले थप्नुभयो,“समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्छ ।”

सरकारले पहिलो पटक गरिब र विपन्नलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको चर्चा गर्नुहुँदै अर्थमन्त्री शर्माले दीर्घरोगीलाई मासिक उपचार खर्च दिने पनि व्यवस्था पहिलो पटक गरिएको जानकारीदिनुभयोे ।उहाँले दलितको लागि पनि आवास योजना अघि सारिएको बताउनुभयोे । यसअघि सञ्चालित जनता आवास कार्यक्रमले समेत दलित समुदायलाई राम्रोसँग सम्बोधन गर्न नसकेकोले दलित आवास कार्यक्रम ल्याइएको उहाँले स्पष्ट पार्नुभयो । वर्तमान सरकारले गरिबीको अन्त्य, आत्मनिर्भर अर्थतन्त्रको निर्माण, व्यापार घाटा न्यूनिकरणलगायतको दिशामा सरकारले प्रतिस्थापन बजेटमार्फत काम सुरुआत गरिसकेको उहाँले जानकारी दिनुभयो ।