इपिएलमा चितवनको दोस्रो जित

इपिएलमा चितवनको दोस्रो जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन टाइगर्सले काठमाडौँ किङ्स–११ लाई तीन विकेटले पराजित गर्दै चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले दिएको १४२ रनको लक्ष्य चितवनले १८ दशमलव ४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो ।

चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ रन बनाए । कमलसिंह ऐरी २३ रनमा अविजित रहे । यस्तै दिलीप नाथले २३, करिम जनतले २१, मोहमद साहजदले २१, भीम सार्कीले ६, सेकुगे प्रसन्नले ५ तथा इशान पाण्डेले ४ रन बनाए । कप्तान सोमपाल कामी भने शून्य रनमा आउट भए ।काठमाडौँका जीतेन्द्र मुखिया र रायन बर्लले २÷२ विकेट लिए भने जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४१ रन बनाएको थियो । काठमाडौँका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाउदा राजु रिजालले २८ रन जोडे ।

त्यसैगरी जनक प्रकाशले २६, रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल शून्य रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे । चितवनका सागर ढकालले ४ विकेट लिए भने करिम जनतले दुई विकेट लिए । कमल ऐरी र सेकुगे प्रसन्नले एक एक विकेट लिए ।
चितवनले २ खेलमा ४ अङ्क जोडेको छ । काठमाडौँको २ खेलमा २ अङ्क छ । काठमाडौँले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।

यो पनि – छ करोड बक्यौता असुल

काठमाडौँ महानगरपालिकाले विगत २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबट रु छ करोड बक्यौता असुल गरेको छ । लामो समयसम्म कर नतिरेका ठूला करदातालाई कामपाले पटकपटक सार्वजनिक सूचना जारी गरेपछि सम्पर्कमा आएर कर तिर्न थालेका हुन् । यसअघि कमपाले गत असार १६ गते र साउनको अन्तिम साता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो ।

महानगरले सार्वजनिक सूचना, आवश्यकताका आधारमा निवेदन, फोनमार्फत पटक–पटक जानकारी गरेपछि उनीहरु अहिले सम्पर्कमा आउन र कर तिर्न थालेका हुन् ।कामपा राजस्व महाशखा प्रमुख डा शिवराज अधिकारीले भन्नुभयो, “पछिल्लो समय कर तिर्ने बढेका छन्, अहिलेससम्ममा रु छ करोड असुल भएको छ, तत्काल रु ३० करोड उठ्ने तयारीमा छ ।” उहाँका अनुसार अझै पनि धेरैले अटेर गर्दै आएका छन् । दुई चरणमा गरिएको सार्वजनिक सूचनाको धेरैले बेवास्ता गरी सम्पर्कमा पनि नआउने र विवरणसम्म पेश नगरेकाले उनीहरुका लागि थप कडाइ गरिने छ ।

आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमानुसार महानगरबाट दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने र अझै आलटाल गरिरहे थप समस्या हुने जनाउँदै इमान्दार भएर कर तिर्न निजी र अर्धसरकारी सङ्घसंस्थालाई अनुरोध गरिएको छ । नेपाल विद्युत् प्राधिकरण, सिद्धार्थ वनस्थली स्कुल र मनमोहन अस्पतालले केही दिनभित्रै बक्यौता रकम लिएर आउने भएका पनि कामपाले जानकारी दिएको छ ।

यसरी लामो समयसम्म कर नतिर्नेमा नेपाल स्काउट, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेशनल ट्रेडिङ लिमिटेड, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ (हाल ले हिमालय), सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस प्रालि छन् ।

यसैगरी ओम सान इन्टरनेशनल कलेज (हेल्पिङ ह्यान्ड्स), गोपीकृष्ण मुभिज प्रालि, झिग्मी सिग्मी पर्वल विष्ट, काठमाडौँ जेसिस, सिग्नेचर अपार्टमेन्ट, अम्बे कम्प्लेक्स, टाउन डेभलपर्स प्रालि, राजेन्द्रकुमार काँवरा, ब्लुबर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, बुद्ध महल, सिटी सेन्टर, ह्वाइट फिल स्कुल र केएल टावरलगायतले लामो समयदेखिको कर तिर्न बाँकी छ । माथि उल्लेख भएकामध्ये धेरै अहिले आफ्नो विवरण लिएर सम्पर्कमा आएको कामपाको भनाइ छ । कामपाले चालु आवको दुई महिनामा रु ९० करोड कर असुल गरेको छ । गत वर्ष सोही अवधिमा र ३२ करोड मात्र उडाएको थियो ।