‘चामेजान काम पर्छ, पुल छैन’

‘चामेजान काम पर्छ, पुल छैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ । मस्र्याङ्दी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पु¥याएपछि आवातजावतमा कठिनाइ भएको हो । बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकावासी ज्यान जोखिममा राखेर सामग्री ल्याउन बाध्य छन् । पुलको अधिकांश भाग भत्केको छ । त्यही पुलबाट नारफुका बासिन्दा सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन् ।

बाढीले पुल भत्किएपछि चामे गाउँपालिका–२ कोतोस्थित मस्र्याङ्दी नदीमाथिको पुलकै भरमा ओहोरदोहोर गर्न बाध्य भएको फुगाउँका स्थानीय सोनाम तेजे लामाले जानकारीदिनुभयो । “जोखिम मोलेर हिँडेन भने काम गर्न सकिँदैन । सधैँ हेलिकोप्टर आउने कुरा भएन, सदमुकाममा काम पर्छ । जानुप¥यो, पुगेर फर्किन सक्ने हो कि होइन चिन्ता र त्रास त्रासैमा हिँड्नुपर्छ”, उहाँले भन्नुभयो ।

गाउँसँग जोड्ने अन्य पुल पनि छैन । नार्पाभूमि गाउँपालिका सडक सञ्जालसँग समेत जोडिएको छैन । “गाउँपालिकासँग जोड्ने एक मात्र पुल पनि जीर्ण छ । यसलाई काठ राखेर जसोतसो हिँड्न मिल्ने बनाएका छौँ । यसलाई सहज बनाउनका लागि अझै मर्मत गरी सहज बनाउने प्रयास गरिरहेका छौँ । सदरमुकाममा काम पर्छ पुल छैन”, नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मारछिरिङ लामाले भन्नुभयो । खाद्यान्न हेलिकोप्टरमार्फत ल्याए पनि सदरमुकामबाट गर्नुपर्ने अन्य कामका लागि जोखिम मोलेर हिँड्न बाध्य भएको उहाँले जानकारीदिनुभयो । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले पुल मर्मत गर्न प्राविधिक जनशक्ति र आवश्यक सामग्रीसमेत अभाव रहेको बताउनुभयो । सो नदीको वहाव कम भए पनि जोखिम भने कम नभएको बताइएको छ ।

यो पनि – पहिरोले पुरिएर एक बालिकाको मृत्यु, तीन जना घाइते

पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीन जना घाइते भएका थिए । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ ।

यो पनि -घट्दै कोरोना, थपिदै निषेधाज्ञा

जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमणदर घटिरहेको तथ्याङ्कले देखाएको छ । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ ।पछिल्लो २४ घण्टामा भने ३२ सङ्क्रमित देखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)ले जनाएको छ । सोमबार २३ सङ्क्रमित हुँदा ४२ निको भएका छन् भने आइतबार ३५ मा सङ्क्रमण देखियो भने ३९ सङ्क्रमणमुक्त भएको केन्द्रले जनाएको छ । यस्तै जिल्लामा शनिबार १५ सङ्क्रमित थपिँदा ४४ निको भएका थिए ।

यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमणदरभन्दा सङ्क्रमणमुक्तदर अधिक रहेको देखाएको हो । काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार २०० मा सङ्क्रमण देखिएकामा १८८ को मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९६ प्रतिशत अर्थात् १३ हजार ५८९ सङ्क्रमणमुक्त भइसकेका छन् । भदौ महिनामा नगण्य मात्रामा सङ्क्रमितको मृत्युका घटना भएका छन् ।

जिल्लामा हाल ४२३ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा १२०, धुलिखेलमा १०४, पाँचखालमा ४३, पनौतीमा ४३, नमोबुद्धमा ५३, मण्डनदेउपुरमा आठ तथा रोशी गाउँपालिकामा १२, चौँरीदेउरालीमा दुई, तेमालमा चार, भुम्लु १६, खानीखोलामा दुई, बेथानचोकमा १४ र महाभारत गाउँपालिकामा दुई सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो ।

यसैबीच जिल्लामा आजदेखि यही भदौ २५ गतेसम्म ‘मिक्स लकडाउन’ थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले काभ्रेमा कोरोना ‘संवेदनशील क्षेत्र’ रहेकाले निषेधाज्ञा थपिएको बताउनुभयो । “सङ्क्रमणदर घटेको देखिए पनि गम्भीर बन्नुपर्ने अवस्था यथावत नै छ, त्यसैले निषेधाज्ञा लम्ब्याइएको हो”, उहाँले भन्नुभयो ।

प्रशासनद्वारा मङ्गलबार थपिएको निषेधाज्ञाअनुसार विद्यालयमा भौतिकरूपमा शैक्षिक गतिविधि नगर्नेलगायत यसअघिका निर्णयलाई यथावत राख्दै विवाह, व्रतवन्ध तथा सामाजिकरूपमा गरिने सांस्कृतिक कार्यक्रम होटल तथा पार्टीप्यालेसमा नगर्न भनिएको छ । साथै सवारी साधनका कूल सिट क्षमताभन्दा बढी यात्रु नराख्न तथा चालक, सहचालक र यात्रुले स्वास्थ्यका मापदण्ड अपनाउन, पसल बिहान ६ देखि बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो ।