कोभिड–१९ का कारण संसद् विघटन हुदैन ः प्रधानमन्त्री सुगा

कोभिड–१९ का कारण संसद् विघटन हुदैन ः प्रधानमन्त्री सुगा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताउनुभएको छ । प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा आज सो कुराको जानकारी दिनुभएको हो । जापानमा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका कारण राजनीतिक दल र नागरिकले पनि सरकारको विरोध गर्ने गरेका छन् ।

यहाँका विभिन्न विपक्षी राजनीतिक दलले यही कारणले संसद्को विघटन पनि हुनसक्ने बताएका थिए । दलको यही आशङ्काका बीचमा प्रधानमन्त्री सुगाले संसद् विघटनको कार्यक्रम नरहेको स्पष्ट गर्नुभएको हो । उहाँले अहिले नै संसद् विघटन नहुने र प्रतिनिधिसभाको निर्वाचन पूर्वनिर्धारित समयतालिका बमोजिम नै हुने पनि जानकारी दिनुभएको हो ।

यो पनि – अध्यक्ष दाहालद्वारा पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यलाभको कामना

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । पूर्वप्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष दाहाल आज बिहान खनाल निवास डल्लु पुग्नुभएको थियो । अध्यक्ष दाहालको सचिवालयका अनुसार सो अवसरमा उहाँले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेतासमेत रहनुभएका खनालको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । भारतमा मिर्गौला प्रत्यारोपण गराउनुभएका पूर्वप्रधानमन्त्री खनाल यही भदौ १४ गते स्वदेश फर्कनु भएको हो ।

यो पनि – इजरायल जान आवेदन दिएका नेपाली कामदारको लिखित परीक्षा यहि भदौ २८ गते हुने

काठमाडौँ: इजरायल (केयर गिभरमा) मा जान आवेदन दिएका नेपाली कामदारहरुको पहिरो अंग्रेजी भाषाको लिखित परिक्षा यहि भाद्र २८ गते हुने भएको छ ।  वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार आवेदन प्रक्रिया पूरा भएका आवेदकहरुले यहि भाद्र २८ गते दिउँसो १ बजे काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा हुने भएको छ।

आवेदन स्वीकृत भएका परीक्षार्थीहरूको परीक्षा केन्द्र र प्रवेशपत्र अनलाइनबाटै लिइन सक्ने वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगार विभागले इजरायलका लागि १ हजार नेपाली कामदार लाने भन्दै यही साउन १२ गते देखि ३२ गते सम्म योग्य कामदारको दरखास्त आह्वान गरेको थियो । जसमा १० हजार जनाले आवेदन दिएका छन् । इजरायल कामदारको लागि अत्यन्तै सुरक्षित र आकर्षक रोजगार मुलुकको रुपमा लिईन्छ ।

८० पूर्णांकको परीक्षामा अंग्रेजी भाषामा व्याकरण र स्वास्थ्यसम्बन्धी प्रश्न सोधिनेछन् । पहिलो चरणको अंग्रेजी भाषाको परीक्षामा ४० वटा प्रश्न सोधिनेछन् । प्रत्येक प्रश्न दुई अंकका हुनेछन् । सहभागीमध्ये लिखित परीक्षाबाट एक हजार ६ सय ८० कामदार छनोट गरिनेछ । परीक्षाको नतिजा दुई दिनभित्रमा सार्वजनिक हुने विभागले जनाएको छ । नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता लिइने विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागले दोस्रो चरणको परीक्षाबाट जम्मा १४ सय कामदार छनोट गर्नेछ । लिखित परीक्षाबाट उत्तीर्ण भएकाले अन्तर्वार्तामा सहभागी हुन पाउनेछन् । अन्तर्वार्ता २० अंकको हुनेछ । अन्तिम छनोटमा परेका कामदारलाई रोस्टरमा राखिनेछ । रोस्टरमा राखिएको नामसूचीबाट इजरायलका रोजगारदाताले माग गरेअनुसार १ हजार जनालाई चिट्ठा प्रणालीमार्फत कामदारको नाम छनोट गरिनेछ ।

यो पनि – इजरायलका लागी एक हजार कियरगिभर कामदारको माग, गोर्खापत्रमा प्रकाशित भयो विज्ञापन (यसरी दिनुहोस अनलाइनमार्फत आवेदन)

काठमाडौं, १२ श्रावन । सम्झौताको निक्कै लामो प्रक्रिया पछी इजरायलले नेपाली कामदारको माग गरेको छ । इजरायलले यसअघि गरेको सम्झौता भन्दा बढी एक हजार नेपाली कामदारको माग गरेको हो । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाएको छ । इजरायलले मागेको श्रमिकका लागि सरकारले आज गोर्खापत्रमा विज्ञापन खुलाएर कामदारको माग गरेको हो ।

आकर्षक गन्तव्यको रुपमा लिइएको इजरायलमा दशक अघि नेपाली कामदार लगीए पनि बन्द भएको थियो । अब भने इजरायलले जीटुजी मार्फत नेपाली कामदार लानेछ । यस अघि विभिन्न एजेन्टको माध्यमबाट जादा ठुलो धनराशी खर्चेको भन्दै इजरायलले नेपाली कामदार लिन बन्द गरेको थियो । सम्झौताअनुसार इजरायलले केयर गिभर, कृषि, होटल र रेस्टुराँ, निर्माणलगायत क्षेत्रमा नेपाली कामदार लाने छ । पहिलो चरणमा भने कियर गिभरलाई लैजान लागेको हो ।

इजरायलमा रोजगारीका लागी जान चाहने इच्छुक व्यक्तिको उमेर कम्तिमा २५ वर्ष पुरा भै ४५ वर्ष ननाघेको हुनु पर्ने छ । त्यस्तै उचाइ कम्तीमा १.५ मीटर र तौल कम्तिमा ४५ केजी  भएको हुनु पर्ने छ । शैक्षिक योग्यताको सवालमा कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महीनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा त्यस सरहको शैक्षिक योग्यता प्राप्त गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ । त्यति मात्र हैन इजरायल जान चाहने व्यक्तिको कुनै पनि आफन्त बाबु, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा कार्यरत हुनु हुदैन ।
विभागद्वारा प्रकासित सूचनाको पुरा अंश :

सबै योग्यता पुगेका व्यक्तिहरुले विभागको वेबसाइटमा गइ आवेदन दिन सक्ने छन ।