धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१८ बिन्दुले सुधार भई दुई हजार ९७७.०२ मा पुगेको छ । स्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ बिन्दुले बढेर ५५०.६९ मा पुगेको छ । कूल २२६ कम्पनीको एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर रु नौ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ मूल्यमा कारोबार भयो । नेप्सेमा सोमबार र मङ्गलबार मात्रै झण्डै १२० अङ्कको गिरावट भएको थियो ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ७.८९, होटल तथा पर्यटन १३०.४३, जीवन बीमा ७४.५९ र लगानी ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार ७.३४, विकास बैंक ४०.१४, जलविद्युत् १९.९६, वित्त ८७.८२, निर्जीबन बीमा ६३.५९, उत्पादन २ं४२, अन्य १.४४, लघुवित्त ५.९४ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५९ करोड ९९ लाख ३६ हजार बराबरको कारोबार भयो । युनाइटेड मोदी रु ३० करोड १४ लाख २३ हजार, अपि पावर कम्पनी रु २३ करोड ७५ लाख १५ हजार, हिमालयन डिस्टिलरी रु २३ करोड ३६ लाख ७६ हजार ९२७ र रिडी हाइड्रोपावरको रु २२ करोड ११ लाख ५३ हजार १५२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना ७.५५, ओरियण्टल होटल ६.१४, युनाइटेड मोदी ६.०४, हिमालयन ऊर्जा विकास कम्पनी ६.०२ र सोल्टी होटलका लगानीकर्ताले ५.७३ प्रतिशतले कमाए ।
त्यस्तै, सनराइज फस्ट म्युचुअल फण्ड ९.९८, खानीखोला हाइड्रोपावर ७.७७, गुह्येश्वरी मर्चेन्ट बैंक ६.२७, कर्पोरेट डेभलपमेन्ट बैंक ५.७५ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ५.२८ प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ५९ अर्ब ४९ करोड १४ लाख पाँच हजार ४६४ बराबर पुगेको छ ।
यो पनि – कर्णालीमा एमालेका तीन सदस्यले रोजे नेकपा (एकीकृत समाजवादी)
कर्णाली प्रदेशसभामा नेकपा (एमाले) का तीन सदस्यले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् । प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवीओली र पद्म रोकायाले आज प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर नेकपा(एकीकृत समाजवादी) का पक्षमा सनाखत गर्नुभएको हो ।प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले तीनै जना प्रदेशसभा सदस्य कार्यालयमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) रोजेको जानकारी दिनुभयो । उहाँले हालसम्म स्थानीय तहका जनप्रतिनिधि भने नयाँ दलमा आवद्ध हुन सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा नआएको बताउनुभयो । कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित २० सदस्य थिए । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई ह्विप उल्लङ्घन गरेको आरोपमा पार्टीले कारवाही गरी पदमुक्त गरेको थियो ।
हाल कायम रहेका १६ मध्ये तीन जनाले नयाँ दल रोजेपछि अब प्रदेशसभामा एमाले सदस्यको सङ्ख्या १३ मा झरेको छ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १२, नेपाली कांगे्रसका छ, राप्रपाका एक सदस्य छन् भने नवगठित नेकपा (एकीकृत समाजवादी)का तीन सदस्य भएका छन् । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।
नेकपा (एकीकृत समाजवादी) रोज्नेमा मुगुबाट निर्वाचित शाही एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । रुकुम पश्चिमकी वली प्रदेशसभामा सामाजिक विकास समितिको अध्यक्ष र निर्वाचन आयोगमा दर्ता हुँदा नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।त्यस्तै, रोकाया जुम्लाबाट प्रत्यक्ष निर्वाचित सदस्य हुनुहुन्छ । वलीले वैशाख ३ गते नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि सच्याउनुभएको थियो ।
यो पनि – अध्यक्ष दाहालद्वारा पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यलाभको कामना
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । पूर्वप्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष दाहाल आज बिहान खनाल निवास डल्लु पुग्नुभएको थियो । अध्यक्ष दाहालको सचिवालयका अनुसार सो अवसरमा उहाँले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेतासमेत रहनुभएका खनालको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । भारतमा मिर्गौला प्रत्यारोपण गराउनुभएका पूर्वप्रधानमन्त्री खनाल यही भदौ १४ गते स्वदेश फर्कनु भएको हो ।
यो पनि – इजरायल जान आवेदन दिएका नेपाली कामदारको लिखित परीक्षा यहि भदौ २८ गते हुने
काठमाडौँ: इजरायल (केयर गिभरमा) मा जान आवेदन दिएका नेपाली कामदारहरुको पहिरो अंग्रेजी भाषाको लिखित परिक्षा यहि भाद्र २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार आवेदन प्रक्रिया पूरा भएका आवेदकहरुले यहि भाद्र २८ गते दिउँसो १ बजे काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा हुने भएको छ।
आवेदन स्वीकृत भएका परीक्षार्थीहरूको परीक्षा केन्द्र र प्रवेशपत्र अनलाइनबाटै लिइन सक्ने वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगार विभागले इजरायलका लागि १ हजार नेपाली कामदार लाने भन्दै यही साउन १२ गते देखि ३२ गते सम्म योग्य कामदारको दरखास्त आह्वान गरेको थियो । जसमा १० हजार जनाले आवेदन दिएका छन् । इजरायल कामदारको लागि अत्यन्तै सुरक्षित र आकर्षक रोजगार मुलुकको रुपमा लिईन्छ ।
८० पूर्णांकको परीक्षामा अंग्रेजी भाषामा व्याकरण र स्वास्थ्यसम्बन्धी प्रश्न सोधिनेछन् । पहिलो चरणको अंग्रेजी भाषाको परीक्षामा ४० वटा प्रश्न सोधिनेछन् । प्रत्येक प्रश्न दुई अंकका हुनेछन् । सहभागीमध्ये लिखित परीक्षाबाट एक हजार ६ सय ८० कामदार छनोट गरिनेछ । परीक्षाको नतिजा दुई दिनभित्रमा सार्वजनिक हुने विभागले जनाएको छ । नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता लिइने विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागले दोस्रो चरणको परीक्षाबाट जम्मा १४ सय कामदार छनोट गर्नेछ । लिखित परीक्षाबाट उत्तीर्ण भएकाले अन्तर्वार्तामा सहभागी हुन पाउनेछन् । अन्तर्वार्ता २० अंकको हुनेछ । अन्तिम छनोटमा परेका कामदारलाई रोस्टरमा राखिनेछ । रोस्टरमा राखिएको नामसूचीबाट इजरायलका रोजगारदाताले माग गरेअनुसार १ हजार जनालाई चिट्ठा प्रणालीमार्फत कामदारको नाम छनोट गरिनेछ ।
यो पनि – इजरायलका लागी एक हजार कियरगिभर कामदारको माग, गोर्खापत्रमा प्रकाशित भयो विज्ञापन (यसरी दिनुहोस अनलाइनमार्फत आवेदन)
काठमाडौं, १२ श्रावन । सम्झौताको निक्कै लामो प्रक्रिया पछी इजरायलले नेपाली कामदारको माग गरेको छ । इजरायलले यसअघि गरेको सम्झौता भन्दा बढी एक हजार नेपाली कामदारको माग गरेको हो । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाएको छ । इजरायलले मागेको श्रमिकका लागि सरकारले आज गोर्खापत्रमा विज्ञापन खुलाएर कामदारको माग गरेको हो ।
आकर्षक गन्तव्यको रुपमा लिइएको इजरायलमा दशक अघि नेपाली कामदार लगीए पनि बन्द भएको थियो । अब भने इजरायलले जीटुजी मार्फत नेपाली कामदार लानेछ । यस अघि विभिन्न एजेन्टको माध्यमबाट जादा ठुलो धनराशी खर्चेको भन्दै इजरायलले नेपाली कामदार लिन बन्द गरेको थियो । सम्झौताअनुसार इजरायलले केयर गिभर, कृषि, होटल र रेस्टुराँ, निर्माणलगायत क्षेत्रमा नेपाली कामदार लाने छ । पहिलो चरणमा भने कियर गिभरलाई लैजान लागेको हो ।
इजरायलमा रोजगारीका लागी जान चाहने इच्छुक व्यक्तिको उमेर कम्तिमा २५ वर्ष पुरा भै ४५ वर्ष ननाघेको हुनु पर्ने छ । त्यस्तै उचाइ कम्तीमा १.५ मीटर र तौल कम्तिमा ४५ केजी भएको हुनु पर्ने छ । शैक्षिक योग्यताको सवालमा कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महीनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा त्यस सरहको शैक्षिक योग्यता प्राप्त गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ । त्यति मात्र हैन इजरायल जान चाहने व्यक्तिको कुनै पनि आफन्त बाबु, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा कार्यरत हुनु हुदैन ।
विभागद्वारा प्रकासित सूचनाको पुरा अंश :
सबै योग्यता पुगेका व्यक्तिहरुले विभागको वेबसाइटमा गइ आवेदन दिन सक्ने छन ।
प्रतिक्रिया