कांग्रेसको आशन्न १४औँ पार्टीको अधिवेशन सारियो

कांग्रेसको आशन्न १४औँ पार्टीको अधिवेशन सारियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशनका लागि गरिने वडा अधिवेशन मोरङमा केही दिनपछि गरिने भएको छ ।वडादेखि क्षेत्र र जिल्लाको अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यको नामावली पूर्णरुपमा टुङ्गो नलागेका कारण आज हुने भनिएको वडाको अधिवेशन सारिएको पार्टीका जिल्लासचिव मोदराज घिमिरेले जानकारी दिनुभयो ।

उहाँले मोरङमा कूल ३० हजार ५३२ क्रियाशील सदस्य रहेकामा १६ हजार २७७ को नवीकरण र अन्य नयाँ रहेको बताउनुभयो ।जिल्ला सभापतिका लागि वर्तमान सभापति डिकबहादुर लिम्बू, दीलीपकुमार गच्छदार, गोपालमान सिंह राजभण्डारी, यदु विष्ट र मदन सङ्ग्रौलाका साथै उपसभापतिका लागि वर्तमान सचिव मोदराज घिमिरे, नागेश कोइराला र गोपालबहादुर थापाको नाम चर्चामा छ । सचिवमा शिव ढकाल र ललित श्रेष्ठको नाम चर्चामा रहे पनि थप उमेदवार देखापर्न सक्ने पार्टीका क्रियाशील सदस्यको भनाइ छ ।क्रियाशील सदस्यको टुङ्गो लाग्नेवित्तिकै बुबाको मुख हेर्ने दिन र तीजलाई असर नपर्ने गरी अधिवेशनको कार्यक्रम अघि बढाइने जनाइएको छ ।

यो पनि –

पनि – महाधिवेशन सफल बनाउन प्रधानमन्त्री देउवाको आह्वान

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा आयोजित वडा अधिवेशनको आज उद्घाटन गर्दै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो ।

सभापति देउवाले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा एकताको सन्देश दिन आग्रह गर्दै महाधिवेशन पार्टीलाई एकतावद्ध बनाएर लैजाने र आगामी कार्यकालको लागि कार्यनीति र नेतृत्व चयन गर्ने थलो हो भन्नुभयो । उहाँले कांग्रेसको वैधानिकता जोगाउनका लागि कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच महाधिवेशन गर्नुपरेको उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अधिवेशनमा सहभागी हुन सबैमा आह्वान गर्नुभयो ।

नेकपा एमालेका एक नेताले भक्तपुरमा चुनाव लड्न गरेको चुनौतीको जवाफदिँदैं प्रधानमन्त्री देउवाले आफूसँग नभई जिल्ला सभापति दुलर्भ थापालाई निर्वाचनमा हराएर देखाउन चुनौती पनि दिनुभयो । प्रधानमन्त्री देउवाले आगामी चुनावमा कांग्रेसको उपस्थिति बलियो रहने बताउँदै भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको बताउनुभयो ।

उहाँले पार्टीले महाधिवेशनको प्रक्रिया सुरुआत भएको भन्दै लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गरी पार्टीलाई थप सशक्त ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले कांग्रेसको महाधिवेशन वडास्तरबाट सुरु भइसकेको बताउँदै यसलाई सफल पार्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेस मुलुकको जेठो र लोकतान्त्रिक पार्टी हो । कांग्रेसको महाधिवेशनको सफलताले मुलुकको लोकतन्त्रको भविष्य पनि जोडिएको छ ।” कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले गुण्डागर्दीबाट चुनाव जित्ने सपना नदेख्न भन्दै भक्तपुरमा अब कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गर्नुभयो । उहाँले अबको स्थानीय तहदेखि सङ्घीय निर्वाचनसम्ममा कांग्रेस विजय सुनिश्चित रहेको बताउनुभयो ।

कार्यक्रम कांग्रेसका वडासभापति राजु ढुङ्गेलको सभापतित्वमा सम्पन्न भएको थियो । भक्तपुरको चारवटै नगरपालिकाका ३८ वटा वडामा वडा अधिवेशन शुरु भएको बताउँदै थापाले जिल्लाका करिब ५० प्रतिशत वडामा नेतृत्व चयनमा सर्वसहमति गरिसकेको र बाँकीमा पनि प्रयास भइरहेको बताउनुभयो । भक्तपुर जिल्लामा कांग्रेसका १० हजार २८६ क्रियाशील सदस्य छन । तीमध्ये निर्वाचन क्षेत्र नं १ मा तीन हजार ७८२ र क्षेत्र नं २ मा ६ हजार ५०४ जना छन् ।