कोरोनाको जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ रोग

कोरोनाको जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ रोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको जनाउनुभएको छ । उहाँले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गर्नुभएको छ । कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । उहाँका अनुसार स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा सङ्क्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्ने छ ।

मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ । स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने बताउनुभएको छ । मन्त्रालयले समयमा नै उपचार नगरे यसले गम्भीररुप लिन सक्ने जनाएको छ ।

बच्ने उपाय

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने जनाइएको छ ।

यो पनि – सङ्क्रमणको अङ्कभार ६५ भन्दा बढी देखिए रेडजोनमा राखिने

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्मार्ट लकडाउन कार्यविधिमा तोकिएको अङ्कभार ६५ भन्दा माथि कोभिड सङ्क्रमण देखिएमा त्यस्ता स्थानीय तहलाई रेडजोनमा राख्ने बताएको छ । जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट लकडाउन कार्यविधिमा ६५ अङ्कभारभन्दा माथि कोभिड सङ्क्रमण भएमा रेडजोनमा राख्ने र कडा लकडाउन गर्नुपर्ने उल्लेख गरिएको बताउनुभयो । अधिकृत वाग्लेले भन्नुभयो, “वीरेन्द्रनगरको अङ्कभार ६६ छ । भेरीगङ्गा नगरपालिकाको ४२ र गुर्भाकोटका २१ छ । अङ्कभारका लागि दिइएका सूचकमा दुई हप्तामा कोभिड नयाँ सङ्क्रमणको वृद्धि दर, मृत्युदर, बेड क्षमतालगायत रहेका छन् ।”

उहाँले सुर्खेतका विद्यालय खुलाउँदा दुई सिफ्टमा खुलाइने तयारी गरिएको जनाउनुभयो । पञ्चपुरी, लेकबेँसी नगरपालिका साथै सिम्ता, चिंगाड, बराहताल र चौकुने गाउँपालिकामा कोरोना सङ्क्रमण न्यून भएकाले भौतिक उपस्थितिमा विद्यालय खुलाउन सकिने उहाँको भनाइ छ । मापदण्ड निर्धारणका लागि शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । जसमा वीरेन्द्रनगर, भेरीगङ्गा र गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय, प्याब्सन, एनप्याब्सन, शिक्षक महासङ्घ र शिक्षक अभिभावक सङ्घ सदस्य छन् । यही कार्यदलले मापदण्ड निर्धारण गरी प्रतिवेदन तयार गरी जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रमा पेश गर्नेछ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी आगामी सातादेखि खुलाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आगामी सातादेखि सुर्खेतका सबै सामुदायिक र संस्थागत विद्यालय खुल्ने बताउनुभयो । स्वास्थ्य सङ्क्रमणको जोखिममा रहेको वीरेन्द्रनगर, भेरीगङ्गा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासङ्घ, प्याब्सन, एनप्याब्सनको सहभागितामा विद्यालय खुल्ने मापदण्ड निर्धारण गरेर त्यसको आधारमा विद्यालय खुलाइने प्रजिअ रिजालले बताउनुभयो । दुई÷तीन दिनभित्र मापदण्ड निर्माण गरी प्रतिवेदन बुझाउने र त्यसका आधारमा विद्यालय खुलाइने उहाँको भनाइ छ ।

विद्यालय खुलाउने सम्वन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना सङ्क्रमणको अवस्था हेरिनेछ । सुर्खेतका नौमध्ये छवटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधिअनुसार ग्रीन जोनमा परेको र भौतिकरुपमा विद्यालय खुलाउन सकिने भए पनि वीरेन्द्रनगर नगरपालिका रेड जोनमा र भेरीगङ्गा तथा गुर्भाकोट नगरपालिका पहेँलो जोनमा छन् । वीरेन्द्रनगर नगरपालिका रेडजोनमा परे पनि विद्यालय खुलाउने तयारी गरिएको छ ।

यो पनि – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सेवा प्रवाह सुधार वर्ष

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले घोषणा गरेको ‘सेवा प्रवाह सुधार वर्ष’ कार्यान्वयनका लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्य सम्पादन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाले घोषणा गरेको सेवा प्रवाह सुधार वर्ष सफल पार्न नगरप्रमुख दीपनारायण रिजाल र प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालबीच शुक्रबार कार्य सम्पादन सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच भएको सम्झौतालाई आत्मसात् गर्दै कार्य सम्पादन गर्न÷गराउन नगरप्रमुख रिजालले निर्देशनसमेत दिनुभयो । जनताबाट गुनासो नआउने गरी आफ्नो मर्यादा र जिम्मेवारीलाई पूरा गर्दै प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । कार्य सम्पादन सम्झौता कार्यान्वयन गरिएसँगै पेसागत आचारण र आचारसंहिता भुलेर जिम्मेवारी पूरा नगर्ने जो कोही कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने नगरप्रमुख रिजालको भनाइ छ । “नगरपालिकाको कतिपय कर्मचारीले उत्कृष्ट कार्य सम्पादन गरे पनि कतिपय कर्मचारीले पेसागत आचारणमा तत्कालै सुधार ल्याउनुपर्ने अवस्था देखिएको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा त्यस्ता कर्मचारीले तत्काल आचारण सुधार नगरेमा क्षमाको मौका दिइने छैन ।”

अघिल्लो वर्षहरुमा १०० प्रतिशत मानेर कार्य सम्पादन मूल्याङ्कन गर्ने गरिए पनि यस वर्षबाट जति भएको छ त्यही आधारमा मात्रै कार्य सम्पादन मूल्याङ्कन गरिने नगरप्रमुख रिजालले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत र मातहतका शाखा प्रमुख तथा वडा सचिवहरुबीच समेत कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

नगरप्रमुख रिजाल र प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत र मातहतका शाखा अधिकृत एवं कर्मचारीबीच १२ बँुदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाले लागू गरेको सेवा प्रवाह सुधार वर्ष दुई पक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएकै मितिदेखि लागू हुने जनाइएको छ । कार्य सम्पादन सम्झौता कार्यान्वयनका लागि नगरप्रमुखले सहजीकरण, समन्वय र मार्गदर्शन गर्ने जनाइएको छ । नगरपालिकासँग सम्बन्धित प्रचलित ऐन, कानुन, नीति तथा निर्देशिका र कार्यविधिको परिधिभित्र रहेर सम्झौता गरिएको छ ।

कार्य सम्पादन सम्झौताले नगरपालिकाबाट प्रवाह हुने सेवासुविधामा मापनयोग्य नतिजा हासिल हुने अपेक्षा गरिएको छ । राजनीतिक विचारप्रति तटस्थ रही सेवाप्रति इमान्दार हुनुका साथै नगरवासी नागरिकप्रति जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ । नगरपालिकाले गरेको कार्य सम्पादन सम्झौतामा ‘म भ्रष्टचार गर्दिन र अरुलाई पनि भ्रष्टचार गर्न दिने छैन’ उल्लेख गरिएको छ । ‘समाजवाद उन्मुख सभ्य र समृद्ध नगर, दिक्तेल रुपाकोट मझुवागढीवासीको रहर’ भन्ने नाराका साथ अगाडि बढेको नगरपालिकामा यसअघि शैक्षिक सुधारका लागि नगरभित्र सञ्चालित विद्यालयसँग कार्य सम्पादन सम्झौता गरिएको थियो ।