एमाले अध्यक्षसहित ३५ जिल्ला कमिटी सदस्य एकीकृत समाजवादीमा

एमाले अध्यक्षसहित ३५ जिल्ला कमिटी सदस्य एकीकृत समाजवादीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले) सङ्खुवासभाका अध्यक्ष सहित ३५ जना जिल्ला कमिटी सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन् । आज जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकबाट उहाँहरूले एकीकृत समाजवादीलाई समर्थन गर्ने घोषण गरेका हुन् । जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेसहित ३५ जिल्ला कमिटी सदस्यले एकीकृत समाजवादी रोजेका हुन् । नेकपा (एमाले) २६ सचिवालय सदस्यमध्ये १५ समाजवादीमा खुलेका छन् । सचिवालय सदस्य ऋषिकेशव चापागाईँ, कृष्णकुमार तामाङ, मानसिं पोखरेल, बद्री सापकोटा, सुमन शाक्य, केशरबहादुर महत, राजेन्द्र सुब्बा, योगराज गाउँले, डम्बरबहादुर श्रेष्ठ, केशकुमारी खत्री कार्की, डेगेश्वरी श्रेष्ठ, सरिता थापा खड्का, श्यामसुन्दर बोगटी, पदमकुमारी गु?ङ एकीकृत समाजवादी पार्टीमा लागेको हेमराज घिमिरेले बताउनुभयो ।

त्यसैगरी जिल्ला समन्वय समिति सुमन शाक्य, खाँदबारी नगरपालिका उप्रमुख डेगेश्वरी श्रेष्ठ, चैनपुर नगरपालिका उपप्रमुख मुना श्रेष्ठलगायत वडाध्यक्ष, सदस्यहरूको सनाखत गराउने तयारी भइरहेको जनाइएको छ । माधवकुमार नेपाल पक्षमा रहेका जिल्ला कमिटी उपाध्यक्ष भीम लिङ्खा भने अहिले कतै खुलेका छैनन् । एमाले पूर्वअध्यक्ष तथा केन्द्रीय लेखा समिति सदस्य उमेशकुमार डाँगी पनि एकीकृत समाजवादीमा लागेका छन् । प्रदेशसभा सदस्य सरिता थापा, पदमकुमारी गु?ङ समाजवादी पार्टीमा सनाखत गराइसकेका छन् ।

एकीकृत समाजवादीका बैठक सोमबारसम्म चल्ने घिमिरेले बताउनुभयो । तीन दिनसम्म बैठकले आगामी रणनीति तयार गर्ने एकीकृत समाजवादी सङ्खुवासभाले जनाएको छ । शनिबारबाट सु? भएको बैठक सोमबारसम्म चल्ने बताइएको छ ।

यो पनि – खोटाङमा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय स्थापना

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी खोटाङको दिक्तेल बजारमा पार्टी कार्यालय स्थापना गरिएको छ । केन्द्रमा केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले)बाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको समाजवादी पार्टीको शनिबार दिक्तेलमा पार्टी कार्यालय स्थापना गरिएको हो ।

दिक्तेलस्थित पुरानो बेसक्याम्पमा स्थापना गरिएको पार्टी कार्यालय नेकपा (एकीकृत समाजवादी)का १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राईले उद्घाटन गर्नुभयो । पार्टी कार्यालय उद्घाटन गर्नुहुँदै संयोजक राईले एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने अवस्थामा पु¥याएकाले आरोप लगाउँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई सार्थक र रक्षा गर्न आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको दाबी गर्नुभयो ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सत्ता गठबन्धनमा आवद्ध जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले नवगठित पार्टीका पदाधिकारीलाई शुभकामना दिएका छन् । नेकपा मालेका पोलिटब्यूरो सदस्य एवं पूर्वसांसद कुलप्रसाद फँुयाल, नेपाली कांग्रेसका नेतृ डिल्लीकुमारी आचार्य, नेकपा (माओवादी केन्द्र)का युवानेता विसन राई, जनता समाजवादी पार्टी नेपालका १ नं प्रदेश सदस्य सूर्यबहादुर राईलगायतले शुभकामना दिनुभयो ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा एमालेबाहेक जिल्लामा क्रियाशील सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा पार्टी कार्यालय उद्घाटनसँगै समाजवादी खोटाङको पहिलो बैठकसमेत सुरु भएको छ ।

बैठकमा पार्टीको भावी रणनीति तथा कार्ययोजनाबारे छलफल भइरहेको सचिवालय सदस्य एवं युवा तथा खेलकूद विभाग प्रमुख माइतीराज राईले जानकारी दिनुभयो । पार्टी कार्यालयमा जारी बैठकले ६१ सदस्यीय जिल्ला कार्यसमितिसमेत गठन गर्ने भएको छ ।

नवगठित पार्टीमा एमालेका जिल्ला अध्यक्ष बबि चाम्लिङसहित २३ जना जिल्ला कार्यसमितिका पदाधिकारी आवद्ध भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा सात जननिर्वाचित वडाध्यक्षसमेत आफ्नो पार्टीमा आवद्ध भएको समाजवादी खोटाङका जिल्ला सचिव जलशेर राईले जानकारी दिनुभयो ।

नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुख भने एमालेमै रहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले पाँचवटामा पालिका प्रमुख र सातवटामा उपप्रमुख जितेको थियो । प्रतिनिधिसभा सदस्य विशाल भट्टराई एमालेमै रहनुभएको भने प्रदेशसभा सदस्य राजन राई समाजवादीमा आवद्ध हुनुभएको छ ।