उत्तरी इराकमा आइएस समूहद्वारा आ.क्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

उत्तरी इराकमा आइएस समूहद्वारा आ.क्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस)ले शनिबार राति प्रहरी चौकीमा आ.क्रमण गरेको छ । उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले आइतबार पुष्टि गरेको हो ।  उक्त घटनामा छ सुरक्षाकर्मी घाइते भएको बताइएको छ । प्रहरी मेजर अब्बास अल–ताइले सिन्ह्वालाई बताएअनुसार आई एस आतंकवादीले शनिबार रात बगदादबाट लगभग २५० किलोमिटर उत्तरमा पर्ने प्रान्तीय राजधानी किर्कुकको दक्षिणमा अल–राशाद शहरको एउटा गाउँमा सङ्घीय प्रहरी चौकीमा आक्रमण गरेका छन् ।

अल–ताइ भन्नुभयो, “चौकीमा भएको आ.क्रमण पछि उनीहरूले गाउँतर्फ जाने सडक छेउमा शक्तिशाली विस्फोट गराएका र त्यही वि.ष्फोटमा परी १३ प्रहरी मा.रिएका छन् भने अरू छ जना घाइते भएका छन् ।” आ.क्रमणपछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मीलाई तैनाद गरिएपछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए ।

सरकारले सुरक्षा फौजको सहयोगमा कब्जा गरेकोे प्रान्तमा इराकी सुरक्षा बलमाथि विगत केही महिनायता आइएस समूहले आ.क्रमण तीव्र पारेको थियो । यस क्रममा दर्जनौँ सुरक्षाकर्मी सर्वसाधारण र आइएस लडाकूसमेतको मृत्यु भएकमो छ भने सयौँ घाइते भएका छन् । सन् २०१७ मा इराकी सुरक्षा फौजले इराकी आइएस समूहलाई पराजित गरेपछि इराकको सुरक्षा स्थिति मजबुत रहँदै आएको महशुस गरिएको थियो । तथापि, सुरक्षा बल तथा नागरिक विरुद्ध बारम्बार गुरिल्ला आक्रमण गरेर शहरी केन्द्र वा मरुभूमि र पहाडी क्षेत्रमा आइएसले आफ्नो अस्थित्व देखाउने प्रयास गर्दै आएको छ ।

यो पनि – सुरक्षा सहकर्मीबीचको झ.डपमा दो.षी सबैलाई द.ण्डित गरिने

लिबियाका प्रधानमन्त्री अब्दुल हमेद दबेबाले दक्षिणी त्रिपोलीमा केही दिनअघि आफ्नै समूहविरूद्ध हतियार उठाएको सुरक्षाफौजलाई ‘दण्डित गरिने’ बताउनुभएको छ । सरकारी अधिकारीका अनुसार दबेबाले राजधानी त्रिपोलीमा आफ्नो सरकारका वरिष्ठ सुरक्षा तथा सैन्य अधिकारीहरूसँगको बैठकमा भन्नुभयो, “यो कार्य कदापि राज्यलाई स्वीकार्य हुन सक्दैन । जसले आफ्नै सहकर्मीविरूद्ध दक्षिणी त्रिपोलीमा गोली चलायो उनीहरू सजायको भागी हुनुपर्छ ।”

उक्त घटनाबारे आवश्यक निर्णयहरू गर्न सकियोस् भनेर दबेबाले एक हप्ताभित्र आफ्नो निष्कर्ष प्रस्तुत गर्नेगरी समिति गठन गर्ने निर्देशन दिनुभएको छ । दक्षिणी त्रिपोलीको सैनिक शिविर नजिकै बिहीबार राति दुई सरकारी सुरक्षाकर्मीबीच झडप भएको थियो । घटनामा के कति क्षति भएको भन्नेबारे सेनाले सार्वजनिकरूपमा भनाइ ल्याएको छैन ।

शुक्रबार लिबियाको राष्ट्रपतिको कार्यालयले उनीहरूलाई तत्काल युद्ध विराम गर्न र सबै सेनालाई आफ्नो मुख्यालयमा फर्काउने आदेश दिएको थियो । लिबियास्थित संयुक्त राष्ट्र संघीय सहयोग मिशनले शुक्रबार नै द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै तत्काल वैमनस्यता बन्द गर्न आह्वान गर्नुका साथै सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेको थियो । सन् २०११ मा नेता मुअमर गद्दाफीको पतन भएदेखि लिबिया असुरक्षा र अराजकताको शिकार बनिरहेको छ ।