गुल्मीको दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन

गुल्मीको दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । दोहोलीका मनबहादुर घर्तीका छोरा विष्णु घर्ती गत १९ गतेदेखि परिवारको सम्पर्कमा छैनन् । घरबाट साथीसँग खेल्न निस्किएका र साँझ ४ बजेसम्म घर नजिकै छिमेकीले देखेको बुवा मनबहादुर घर्तीले बताउनुभयो ।

उहाँले गाउँलेले सबै आफन्त र सम्भावित ठाउँमा छोरालाई खोजे पनि फेला नपरेको बताउँदै परिवारले आज इस्मा प्रहरी चौकीमा बालक हराएका बारेमा जानकारी गराएका छन् । विष्णुले सुन्तलादेवि निम्न माध्यमिक विद्यालय, नयाँ पोखराको कक्षा ६ मा अध्ययन गर्दै आएका थिए । गहुँगोरो वर्ण भएका बालकले सेतो सर्ट, जिन्स पाइन्ट र रातो तने चप्पल लगाएको परिवारले जनाएको छ ।

तीन दिनदेखि छोरा सम्पर्कमा नभएपछि घर्ती परिवारमा चिन्ता छाएको छ । इस्मा प्रहरीचौकी इञ्चार्च प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले परिवारले भर्खरै उजुरी दिएकाले खोजी कार्य भइरहेको जानकारी दिनुभयो ।

यो पनि – रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोले पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीेले जानकारी दिनुभयो । पहिरोमा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते हुनुभएको छ ।

उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको । दुई घरमा सामान्य क्षति पुगेको सुवेदीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गर्नुभएको थियो । यसैगरी सुनिल स्मृति गाउँपालिका–४ सुलिचौरमा पार्किङ गरेर राखेको रा १ ख २०६८ नं को सनलाइट बोडिङ स्कुलको बस फगाम खोलाले बगाएको छ । मर्मतका लागि राखिएको सो बस बाढीले बगाएको हो ।

यो पनि – अविरल वर्षाका कारण अरनिको राजमार्ग र ताँथली नाला सडक बन्द

रातिदेखि परेको अविरल वर्षाका कारण काभ्रे प्रवेश गर्ने दुईवटै सडक अवरुद्ध हुँदा अरनिको राजमार्ग खण्ड बन्द भएको छ । राजमार्ग बन्द भएर यातायात अवरुद्ध हुँदा भक्तपुरको सूर्यविनायकसम्म सयौँ गाडी बिहानैदेखि लामबद्ध भएर रोकिएका छन् । भक्तपुरबाट काभ्रेपलाञ्चोकतर्फ जाने दुई सडकमध्ये अरनिको राजमार्ग खण्डको बनेपा पुलबजार डुबानमा पर्दा पुलबजारदेखि भक्तपुरको सूर्यविनायकसम्म सडक बन्द भएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोको बनेपा नगरपालिका–९ स्थित पुलबजार क्षेत्रमा आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेपछि सडक खण्डमा फसेको सवारीसधान । डुबानमा परेका कारण अरनिको राजमर्गको बनेपा खण्डमा यातायात ठप्प छ । तस्वीर ः पेमा लामा÷ रासस

बिहानैदेखि काभ्रेदेखि सूर्यविनायकसम्म सडकको दुवैतर्फ गाडी लामबद्ध रहेको जानकारी दिँदै उहाँले पुलबजार खुलेर सहजरुपमा यातायातका साधन जान सक्ने अवस्था नभएसम्म समस्या हुने बताउनुभयो । उहाँले सडक नखुलेसम्म काभ्रे जाने यातायातका साधनलाई यो सडक भएर नआउनसमेत आग्रह गर्नुभयो । बिहान १० बजेसम्म यातायातको साधनको चाप सडकमा बढ्दै गएको प्रहरीको भनाइ छ । काभ्रे जाने वैकल्पिक सडकका रुपमा रहेको भक्तपुरको च्यामासिंह ताँथली, नाला हँुदै बनेपा निस्कने सडकसमेत अवरुद्ध हुँदा यो सडक भएर जाने सवारीसाधन ताँथली र गुम्बामा दुवैतर्फ समेत रोकिएका छन् ।

राति भक्तपुर र काभ्रेको सिमानामा पर्ने चाँगुनारायण नगरपालिका–९ भञ्ज्याङमा पहिरो गएर सडक अवरुद्ध हुँदा अरनिको राजमार्गको विकल्पका रुपमा यो सडक हुँदै गएका सवारी साधन पनि पाँच घण्टा भञ्ज्याङमा रोकिएका छन् । प्रहरी नायब उपरीक्षक थापाले ताँथली नाला सडकको पहिरो प्रहरीले हटाएर एकतर्फी सवारीसाधन चलाउन शुरु गरेको बताउनुभयो । अरनिको राजमार्ग अवरुद्ध हुँदा यही मार्ग भएर गएका र बनेपाबाट आएका सयौँ सवारी साधन दुईतर्फ नै रोकिएका छन् । प्रहरीले एकतर्फी सडक सञ्चालन गराइए पनि सवारीसाधन भने लामो जाममा रहेका छन् । थप पहिरो खस्ने सम्भावना रहेको स्थानीयवासीले बताएका छन् ।

यसैबीच वर्षाका कारण हनुमन्ते र मनोहरा खोलामा पानीको बहाब उच्चरुपमा बढेको छ । मनोहरा खोलामा पानीको बहाब बढेपछि खोला आसपासका केही क्षेत्र डुबानमा परेका छन् । लोकन्थलीस्थित मनोहरा किनारामा रहेको सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । हनुमन्ते किनाराका बासिन्दालाई पनि खोलाको बहाव बढेकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

बनेपा पुलबजार डुबानमा

बनेपा– आइतबार रातिदेखि परेको भारी वर्षाका कारण नाला हुँदै बनेपा–पनौती भएर बग्ने पुण्यमाता खोलामा आएको बाढीका कारण काभ्रेपलाञ्चोकको बनेपा पुलबजार क्षेत्र डुबानमा परेपछि बिहानदेखि अरनिको राजमार्ग सडकखण्डअन्तर्गत बनेपाखण्डमा यातायात साधन चल्न सकेका छैनन् । बाढीले बनेपाको पुलबजार क्षेत्र पूरै डुबानमा परेपछि सो क्षेत्रमा यातायातको साधन चल्न नसकेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाका अनुसार भारी वर्षाका कारण पुलबजार क्षेत्र डुबानमा परेका कारण बिहान २ बजेदेखि सवारीसाधन चल्न सकेको छैन । उहाँले भन्नुभयो, “राति २ बजेतिर खोलामा पानीको बहाव बढेपछि बनेपा पुल बजारमा फसेका दुई तीन वटा सवारी साधन निकालेपछि अरु साधन आवतजावत गर्न सकिरहेका छैनन् ।” पुलबजार क्षेत्र पूरै डुबानमा परेका कारण त्यहाँका घर, पसल तथा मोटर ग्यारेजलगायत डुबानमा परेको प्रहरीले जनाएको छ । खोलामा पानीको बहाव बढेसँगै पुलबजार क्षेत्र जलमग्न भएको छ ।

सोही खोलामा आएको बाढीका कारण बनेपा–पनौती सडकखण्डको बनेपा गोदामचोकदेखि धनेश्वर जोड्ने पुलसमेत डुबानमा परेको कारण सो सडकखण्डसमेत ठप्प रहेको प्रहरीले जनाएको छ । नगरपालिकाले पुण्यमाता करिडोरलाई व्यवस्थित गर्न ध्यान नदिँदा अविरल वर्षा हुँदा पुलबजार क्षेत्र डुबानमा पर्ने गरेको छ । अरनिको राजमार्गको बनेपा क्षेत्र ठप्प भएपछि बनेपा–नाला–भक्तपुर भएर चल्ने सडकखण्डबाट सामान्यरुपमा सवारी साधन सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ ।