संखुवासभामा एकै परिवारका ६ जनाको वि.भत्स ह.त्या

संखुवासभामा एकै परिवारका ६ जनाको वि.भत्स ह.त्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,२१ भदौ । संखुवासभामा एकै परिवारका ६ जना सदस्यको ह.त्या भएको छ । संखुवासभाको मादी नगरपालिका-१ खोला गाउँका एकै परिवारका ६ जनाको वि.भत्स ह.त्या भएको छ । तेजबहादुर कार्कीको परिवारका सदस्यको धा.रिलो ह.तियार प्र.हार गरी ह.त्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए। घटना कति बेला भयो भन्ने एकिन हुन् सकेको छैन । तर, त्यहाका छिमेकिहरुले आज (सोमबार) बिहान परिवारका सबै सदस्यहरुको ह.त्या भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

ह.त्या हुनेहरुमा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् । घटनाको थप विवरण र अनुसन्धान भैरहेको छ ।

यो पनि – ह.त्या गरी फरार व्यक्ति २७ वर्षपछि पक्राउ

कर्तव्य ज्या.न मुद्दामा फरार रहेका एक व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–५ का ५३ वर्षीय मनकेशर राईलाई पक्राउ गरेको हो । विसं २०५० मा सोही गाउँपालिकाको वडा नं ७ बस्ने २५ वर्षीय राजधन राईको ह.त्या गरेको अभियोगमा जिल्ला अदालतले तीन वर्ष कैद फैसला गरेको थियो । प्रहरीले लुिकछिपी बसेको अवस्थामा उनलाई आज पक्राउ गरेको हो । पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराएपश्चात् कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राईविरुद्ध परेको उजूरीका आधारमा अदालतले २०६१ सालमा कैद फैसला गरेको थियो ।

यो पनि – गुल्मीको दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन

गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीका १५ वर्षीय बालक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । दोहोलीका मनबहादुर घर्तीका छोरा विष्णु घर्ती गत १९ गतेदेखि परिवारको सम्पर्कमा छैनन् । घरबाट साथीसँग खेल्न निस्किएका र साँझ ४ बजेसम्म घर नजिकै छिमेकीले देखेको बुवा मनबहादुर घर्तीले बताउनुभयो ।

उहाँले गाउँलेले सबै आफन्त र सम्भावित ठाउँमा छोरालाई खोजे पनि फेला नपरेको बताउँदै परिवारले आज इस्मा प्रहरी चौकीमा बालक हराएका बारेमा जानकारी गराएका छन् । विष्णुले सुन्तलादेवि निम्न माध्यमिक विद्यालय, नयाँ पोखराको कक्षा ६ मा अध्ययन गर्दै आएका थिए । गहुँगोरो वर्ण भएका बालकले सेतो सर्ट, जिन्स पाइन्ट र रातो तने चप्पल लगाएको परिवारले जनाएको छ ।

तीन दिनदेखि छोरा सम्पर्कमा नभएपछि घर्ती परिवारमा चिन्ता छाएको छ । इस्मा प्रहरीचौकी इञ्चार्च प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले परिवारले भर्खरै उजुरी दिएकाले खोजी कार्य भइरहेको जानकारी दिनुभयो ।