कर्णालीका ३४२ जनप्रतिनिधि नेकपा (एकिकृत समाजवादी) मा प्रवेश

कर्णालीका ३४२ जनप्रतिनिधि नेकपा (एकिकृत समाजवादी) मा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णालीका तीन प्रदेशसभा सदस्यसहित ३४२ जनप्रतिनिधिले नवगठित नेकपा (एकिकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्र ती जनप्रतिनिधिले नेकपा (एमाले) त्यागेर एकिकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन । कर्णाली प्रदेशसभामा अब एकिकृत समाजवादीका तीन सदस्य कायम भएका छन् । प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवी ओली र पदम रोकायाले एमाले त्यागेर नयाँ दल रोज्नुभएको हो । स्थानीय तहतर्फ ३३९ जनप्रतिनिधिले एकिकृत समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले स्थानीय तह अन्तर्गत सुर्खेतका १५, दैलेखका ६३, जाजरकोटका १०, कालीकोटका ६५, हुम्लाका ५, मुगुका २८, जुम्लाका ४४, डोल्पाका ४२, सल्यानका ६४ र रुकुम पश्चिमका ३ जना रहेको जानकारी दिनुभयो ।

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ९, चौकुने गाउँपालिकाका ३, पञ्चपुरी नगरपालिकाका २ र भेरीगंगा नगरपालिकाका १ जनाले एकिकृत समाजवादी रोजेका छन् । सुर्खेतका ९ स्थानीय तहमा गरी ९९ वडा छन् । एमालेले सिम्ता, लेकवेशी, चौकुनेमा प्रमुख÷उपप्रमुख तथा र वीरेन्द्रनगरमा उपप्रमुख जितेको थियो । प्रमुख÷उपप्रमुख सबै एमालेमै रहेका छन् भने एमालेले जितेका ४३ वडामा चार वडाध्यक्ष र वडा सदस्य ११ जनाले समाजवादी पार्टी रोजेका हुन । –

यो पनि – लुम्बिनी प्रदेशमा ७४ जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादीमा )

लुम्बिनी प्रदेशमा एक प्रदेशसभा सदस्य र ७४ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । लुम्बिनीका १०९ पालिकामध्ये उक्त सङ्ख्यामा जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् । लुम्बिनी प्रदेशमा एक हजार ५६७ जना एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये ७४ ले समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो ।

विसं २०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशमा १२ जिल्लामा नेकपा एमालेबाट स्थानीय तहका प्रमुख १६, उपप्रमुख १७, गाउँपालिका अध्यक्ष २७, उपाध्यक्ष ३०, वडाध्यक्ष ३५५, सदस्य ७५१ र महिला सदस्य ३७१ गरी जम्मा एक हजार ५६७ जना निर्वाचित भएका थिए । निर्वाचन आयोगले यही भदौ १५ गतेदेखि २२ गतेसम्म स्थानीय तथा प्रदेशका जनप्रतिनिधिलाई दल रोज्न समय दिएको थियो ।

दाङ २१, बाँके – १२ , रुपन्देही– ७, रुकुम पूर्व– ४, रोल्पा – ५, बर्दिया – ६, अर्घाखाँची – ६, प्यूठान– ८ ,पाल्पा –१, नवलपरासी (पश्चिम)–२, कपिलवस्तुमा १ जना लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) रोज्ने स्थानीय तहका जनप्रतिनिधि रहेको जनाइएको छ । गुल्मीमा कुनै पनि जनप्रतिनिधि सनाखत हुन नआएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका लुम्बिनी प्रदेशमा २० जनाले सनाखत गरेका छन् । जसमध्ये रुपन्देहीमा १९ र कपिलवस्तुमा एक गरी २० जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।

यो पनि -छत्तीस जनप्रतिनिधि एकिकृत समाजवादीमा

जिल्लामा नेकपा ९एमाले० परित्याग गरी ३६ जनप्रतिनिधि नेकपा ९एकीकृत समाजवादी० मा प्रवेश गरेका छन् । एमालेका ३०९ जनप्रतिनिधिमध्ये उनीहरुले एकीकृत समाजवादी रोजेका हुन । समाजवादी दल रोजेकामध्ये पाँच जनाले हस्ताक्षर फिर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार फिर्ता लिएकाको विवरण निर्वाचन आयोगमा पठाइने छ ।

नयाँ पार्टीका लागि दल रोज्नेमा माडीका तीन, राप्तीका दुई, रत्ननगर नगरपालिकाका १६ तथा भरतपुर महानगरपालिकाका १५ जनप्रतिनिधि रहेका छन् । उनीहरुमध्ये माडी र राप्तीका एक एक वडाध्यक्ष, रत्ननगरका चार वडाध्यक्ष र भरतपुरका पाँच वडाध्यक्ष तथा अन्य वडा सदस्य रहेका छन् । कालिका नगरपालिका, खैरहनी नगरपालिका र ईच्छाकामना गाउँपालिकाका जनप्रतिनिधिले भने दल परिवर्तन गरेका छैनन् । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् । जिल्लाका सात पालिकामध्ये नेकपा एमालेको चार नगरपालिकामा प्रमुख र उपप्रमुख रहेका छन् । निर्वाचन कार्यालयमा सनाखत भएकाको कागजात आयोगमा पठाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।