विपन्न बालबालिकालाई खाद्यान्न वितरण

विपन्न बालबालिकालाई खाद्यान्न वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यहाँका चार स्थानीय तहका विभिन्न क्षेत्रमा रहेका २२३ विपन्न बालबालिकालाई रु सात लाख २० हजार २२८ को खाद्यान्न सहयोग गरिएको छ । समान पहुँच विकास केन्द्र (सिड) नेपाल र वल्र्डभिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनाअन्तर्गत जोखिममा रहेका विपन्न परिवारमा दर्ता भएका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।

अतिजोखिम, विपन्न परिवार र समस्यामा परेका बालबालिकाको जीवनस्तर, खाद्यान्नमा राहत तथा सहयोग पुग्ने उद्देश्यले सो सामाग्री वितरण गरिएको समान पहुँच विकास केन्द्र (सिड) नेपालले जनाएको छ । दिपायल सिलगढी नगरपालिका–२ मा २०, सायल गाउँपालिका–६ मेल्लेकमा २०, पूर्वीचौकी गाउँपालिकाका–१ खिरसैनमा २०, वडा नं २ बगलेकमा २० र वडा नं ३ साजघाटमा १८ जनालाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।

यस्तै आदर्श गाउँपालिका–१ मा ३५, वडा नं २ मा ३०, वडा नं ५ मा ३० र वडा नं ७ मा ३० जनालाई गरी जम्मा २२३ लाई खाद्यान्नसहित राहत सामग्री वितरण गरिएको सिड नेपालका वित्त तथा प्रशासन अधिकृत डम्मरसिंह कुडमालले जानकारी दिनुभयो । उहाँका अनुसार विपन्न बालबालिकालाई प्रतिव्यक्ति ३० किलो चामल, तीन किलो दाल, चार प्याकेट नुन, दुई किलो चिनी, दुई लिटर तेल र चार नुहाउने साबुन प्रदान गरिएको छ ।

यो पनि – नगरपालिकाले बिनाधितो ६७ लाख सहुलियत कर्जा

भीमदत्त नगरपालिकाले स्वरोजगारमा संलग्न हुन चाहने १४ युवालाई मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत बिनाधितो तथा बिना व्याज सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा युवाले सञ्चालन गर्ने व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको हो ।

प्रतिउद्यमी रु पाँच लाखका दरले कर्जाको रकम उपलब्ध गराइएको छ । पहिलो चरणमा छनोट भएको १४ जनालाई आज नगरप्रमुख सुरेन्द्र बिष्टले चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रमअन्तर्गत नगरपालिकाको सिफारिसमा बंैकले व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमी र दलित सुमदाय व्यवसाय विकासका लागि कर्जाको रकम उपलब्ध गराइएको छ ।

बैंकले पहिलो चरणअन्तर्गत रु ६७ लाख ४० हजार कर्जा लगानी गरेको बैंकका शाखाप्रमुख महेशराज जोशीले बताउनुभयो । उहाँका अनुसार बैकले दीपेश केरा फार्मलाई रु दुई लाख ५० हजार, रोजी पोल्ट्री फार्मलाई रु चार लाख ९० हजार र अन्य व्यावसायिक फार्मलाई पाँच÷पाँच लाखका दरले कर्जा उपलब्ध गराएको छ । युवालाई स्वरोजगार बनाउने र व्यवसाय प्रवद्र्धन गर्न कर्जा लगानी गरिएको छ । नगरपालिकाको सिफारिसमा बैंकले बिनाधितो बिना व्याजमा कर्जा लगानी गरिएका उद्यमीलाई कर्जा दिने र नगरपालिकाले उद्यमीको व्याज तिरिदिने सम्झौता गरिएको छ ।

गत वर्ष बैंक र नगरपालिकाबीच मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत ऋण प्रभाव तथा व्याज अनुदानसम्बन्धी सम्झौता भएको थियो । उद्यमी युवालाई कर्जा रकमको चेक हस्तान्तरण गर्नुहुँदै भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले स्वरोजगार सिर्जना गर्न र उद्यमशीलताका विकासका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

“सीप भएका र केही गर्ने इच्छा भएका युवाले पूँजी अभावमा बेरोजगार बस्नुपर्ने अवस्था छ,” नगरप्रमुख विष्टले भन्नुभयो, “नगरपालिकाले व्यवसाय सुरुआतसँगै त्यसको प्रवद्र्धनका लागि लगानीस्वरुप ऋणमा व्याज अनुदान सहयोग गरेको छ ।” सबैलाई उत्पादनसँग जोड्न सके नगर समृद्धिमा अगाडि बढ्ने उहाँको भनाइ रहेको छ ।