सत्ता गठबन्धन बैठकः मन्त्रिपरिषद् विस्तार चाँडै

सत्ता गठबन्धन बैठकः मन्त्रिपरिषद् विस्तार चाँडै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडै टुङ्ग््याउनेबारे छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नाम छिटो दिन गठबन्धनका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।
बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भएको भन्दै छिटो मन्त्रीको नाम दिन गठबन्धनका नेतासँग आग्रह गर्नुभएको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पोडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे बढीसमय छलफल भयो, साथै गठबन्धनलाई अझै परिस्कृत गरेर लैजाने तथा संसद्मा विधेयक टेबुल गर्नेबारे पनि कुराकानी भएको छ । साँझ ६ बजे बैठक पुनः बस्नेगरी सकिएको छ ।”

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन आ–आफ्नो पार्टीमा सल्लाह गरेका मन्त्रीहरुको नाम चाँडो टुग््याउन आग्रह गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।

नेपाली कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभएको थियो । त्यसयता करिब दुई महिनाको अवधिमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिले सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्र हुनुहुन्छ । मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिन प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट दबाब छ । यसअघि बिहीबार पनि मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक परिस्थितिबारे गठबन्धनका नेताबीच छलफल भएको थियो ।

यो पनि -वातावरणीय र जलवायु परिवर्तनका प्रभावबारे गहिरो अनुसन्धान आवश्यक छ ः मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घ, प्रदेश र स्थानीय तहसम्म भएका भौतिक पूर्वाधार विकासका कारण उत्पन्न वातावरणीय एवं जलवायु परिवर्तनका प्रभावबारे गहिरो अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वातावरणीय एवं जलवायु परिवर्तनका कारणको तथ्य पहिल्याएर समाधानको उपायसमेत खोजिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भुसालले जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले मन्त्रालयअन्तर्गतका निकायसँग समन्वय गरेर अनुसन्धानका गतिविधिलाई अगाडि बढाउन निर्देशन दिँदै अनुसन्धानमा काम गर्नेहरू जागिरे मात्र नभई कर्तव्यबोध भएर आफ्नो काममा खटिनुपर्ने बताउनुभयो ।देशको तराई बेल्ट आर्थात् विशेष गरेर प्रदेश नं २ का नागरिकले धेरैभन्दा धेरै डुबानको समस्या लिएर आउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तराईमा हुने डुबानको कारण पहाडको भूक्षय हो । पहाडको भूक्षयबारे अनुसन्धान गर्नुपर्छ, त्यसको अवसरबारे तथ्य प्रस्तुत गर्नुपर्छ ।”

मन्त्री भुसालले सिँचाइका समस्यालाई केन्द्रित गरेर अनुसन्धान गरी समाधान खोज्नेतर्फ लाग्नुपर्नेमा जोडदिँदै कृषि, जलविद्युत् एवं पर्यटनजस्ता विकासका आधारभूत क्षेत्रलाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आवश्यकताअनुसार प्रविधि तथा जनशक्ति उपलब्ध गराउनका लागि आफूले पहल गर्ने विश्वास दिलाउँदै जलवायु परिवर्तनले ल्याएको विपत्तिका सन्दर्भमा ध्यान दिन पनि निर्देशन दिनुभयो ।सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले आफ्नो कार्य क्षेत्रमा केन्द्रित भएर अनुसन्धानलाई अगाडि बढाउनुपर्ने बताउँदै यसका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन आफूले निरन्तर पहल गर्ने विश्वास दिलाउनुभयो ।

जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले नदी नियन्त्रण एवं नदीले बगाएर ल्याउने गेग्रानका विषयमा पनि अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा महेश्वर श्रेष्ठले केन्द्रले गरेका अनुसन्धानका क्षेत्र र सोसँग सम्बन्धित जटिलताबारे जानकारी गराउनुभएको थियो ।

यो पनि –