प्रदेश–१ मा २०७ मा कोरोना

प्रदेश–१ मा २०७ मा कोरोना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २६ भदौ (रासस) : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ र ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५२ मध्ये विराटनगरमा ३७, झापामा ३२, सुनसरीमा २६, धनकुटामा दुई, खोटाङ, इलाम, पाँचथर, ताप्लेजुङ र प्रदेश बाहिरका एक/एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै २८८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सो सङ्क्रमणबाट मुक्त हुनेमा १७९ जना महिला र १०९ जना पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो पनि  – ९९४ मा सङ्क्रमण, १२ को मृत्यु

काठमाडौँ, २६ भदौ (रासस) : देशभर ९९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा नौ हजार ८४० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सक्रिय सङ्क्रमित सङ्ख्या २७ हजार ३५५ छ । पाँच सय बढी सक्रिय सङ्क्रमित भएका जिल्ला १३ र २०० बढी सक्रिय सङ्क्रमित भएका जिल्ला २१ छन् । आज एक हजार ३६८ जना सङ्क्रमणमुक्त भएका छन् ।

यस अवधिमा सङ्क्रमणबाट १२ को ज्यान गएको छ । हालसम्म १० हजार ९३६ को सङ्क्रमणबाट मृत्यु भएको छ । चार सय ५६ सघन उपचार कक्ष, एक २२ भेन्टिलेटर, २५ हजार ७०८ होम आइसोलेशन, एक हजार ६४७ संस्थागत आइसोलेशन र ३१७ कोरोना सङ्क्रमित क्वारेन्टिनमा छन् ।

मन्त्रालयलका अनुसार आज ६८ हजार ६३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै ५७ लाख ६९ हजार ३२८ जनाले पहिलो मात्रा र ५१ लाख ६० हजार ५२४ जनाले पूर्णमात्राको खोप लगाएका छन् ।