शिक्षकको घाँ.टी रे.टेर ह.त्या

शिक्षकको घाँ.टी रे.टेर ह.त्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर ह.त्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको गए राति घाँ.टी रे.टेर ह.त्या गरिएको हो । प्रहरीले शं.कास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक विसीको ह.त्या गरेको आ.शंकामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नि.यन्त्रणमा लिएका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन । “घटनामा धा.रिलो ह.तियार प्रयोग भएको देखिन्छ”, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपराज श्रेष्ठले भन्नुभयो, “घटना भएपछि शं.कास्पद देखिएका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धानसहितको टोलीले दैलेख पु¥याउँदैछ ।”प्रमुख श्रेष्ठका अनुसार ती व्यक्ति शिक्षकको ह.त्या हुनु पूर्व रातिसँगै भएको खुलेको छ । “नियन्त्रणमा लिएका व्यक्ति र ह.त्या गरिएका शिक्षकसँग राति सँगै भएको खुल्न आएको छ”, श्रेष्ठले भन्नुभयो, “घटनास्थलको प्रकृति र ती व्यक्तिहरूबाट थप प्रमाण भेटिएकाले पनि अनुसन्धानपछि मात्रै घटनाको वास्तविक तथ्य खुल्नेछ ।”

दैलेख सदरमुकामबाट घटनास्थलको दूरी झण्डै पाँच घण्टाको रहेकाले पनि अनुसन्धान अधिकृत जिल्ला नफर्कदासम्म घटनाको वास्तविकता अहिले नै बताउन नमिल्ने श्रेष्ठ बताउनुभयो । “तथ्य नजिक प्रहरी पुगेको छ, केही दिनमा वास्तवकिता सार्वजनिक गर्छौँ”, श्रेष्ठले भन्नुभयो । शिक्षक बिसी स्कुल वरण्डामा घाँ.टी रे.टेर ह.त्या गरिएको अवस्थामा आज बिहान फेला परेको थिए । घटना लगत्तै दैलेख प्रहरीले प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली छोटेपोखरा पठाएको थियो । शव परीक्षणका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ ।

यो पनि – आफ्नै नाबालक शिशु ह.त्याको अभियोगमा दम्पत्ति पक्राउ

रुपन्देहीको गैडहवा गाउँपालिकामा नाबालक छोराको ह.त्या गरेको अभियोगमा एक दम्पत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार एक दम्पत्तिले आठ महिने शिशु सुरज मल्लाहको ह.त्या गरेको प्रहरीले जनाएको हो । शिशुको ह.त्या भएको आ.शंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले अनुसन्धानका क्रममा आमा–बुबाले आफ्नै घरको छतमा दुधे आठ महिनाको नाबालक छोरा सुरज मल्लाहलाई घाटी रेटी ह.त्या गरेको खुलेको आज सूचनामार्फत जानकारी गराउनुभएको छ ।

मृतकको परिवारमा जग्गासम्बन्धी वि.वादको कारणले दैनिक कलह झै झ.गडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनास्थलको अवलोकन गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको थियो । मल्लाह दम्पत्ति सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसि.या भेटिएको थियो । बिस्तारामा, विद्युत्को स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको प्रहरीले जनाएको छ ।  मृतक शिशुका आमा–बुबाले प्रहरी समक्षा ह.त्या गरेको स्वीकार गरि सकेको प्रहरीले जनाएको छ । मृतक शिशुका आमा–बुबालाई कर्तव्य यान मुद्दामा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले बताउनुभयो ।

यो पनि – टिकटक बनाउने क्रममा सेती नदीमा खसेर युवती बेपत्ता

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ । शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरुले बताएको उहाँले बताउनुभयो । लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उहाँले जानकारी दिनुभयो ।

यो पनि – गण्डकीमा २०१ जना सङ्क्रमण मुक्त

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २०१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा प्रदेशमा १४१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा प्रदेशको नवलपरासी पूर्वजिल्लाको गैँडाकोट नगरपालिका वडा नं १७ की ६२ वर्षीय महिला हुनुहुन्छ । निजमा भदौ २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३३३ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६८१ छ भने होम आइसोलेशनमा एक हजार ४४२ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।