खोलाले बगाएर बालकको मृत्यु

खोलाले बगाएर बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी गाउँपालिका–५ का प्रकाशकुमार लामाको छोरा आठ वर्षीय अवि तामाङ रहेको छ । विद्यालयबाट घर फर्किने क्रममा मङ्गलबार रोशी गाउँपालिका–९ कालोपुलस्थित पौडी खेल्ने क्रममा सो खोलाले बगाएर उनी बेपत्ता भएको थियो । खोजतलासका क्रममा मङ्गलबार बेलुका सोही गाउँपालिकाको वडा नं ११ कालढुङ्गास्थित रोशी खोलाको किनारामा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । तामाङ स्थानीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

यो पनि -बैतडीका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप

देशका अन्य जिल्लामा जस्तै बैतडीमा पनि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । यहाँ कक्षा १२ मा तीन हजार ६५५ विद्यार्थी छन् । सहभागी सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । सरकारको निर्णयअनुसार नै कक्षा १२ को परीक्षा दिने परीक्षार्थीहरूलाई यसअघि नै खोप दिइएको हो ।

परीक्षामा सहभागी हुने विद्यार्थीलाई एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । बैतडीमा ६२ वटा परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको पनि प्रमुख अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणको जोखिमका कारण यसपालि होम सेन्टरमै परीक्षा सञ्चालन भइरहेका छन् ।”

परीक्षा केन्द्रमा स्यानिटाइजर र मास्कको अनिवार्य व्यवस्था गरिएको छ । त्यस्तै परीक्षार्थीबीच भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन भइरहेको छ ।  स्वास्थ्य कार्यालय बैतडीले जिल्लाका १० वटै स्थानीय तहमा कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीका लागि तीन हजार सात सय डोज खोप पठाएको थियो ।