कम्युनिष्ट पार्टी जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्छ : अध्यक्ष ओली

कम्युनिष्ट पार्टी जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्छ : अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी हमेशा जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । एमालेको प्रथम विधान महाधिवेशनमा आज प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले जनताको अपेक्षा र आकांक्षामा आफूलाई खरो उतार्नुपर्ने जनाउँदै आफूभित्र निरन्तर शुद्धीकरण गरिरहनु र जनताको बदलिँदो चाहनाअनुरूप अद्यावधिक भइरहनुपर्ने बताउनुभएको हो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको प्रथम विधान महाधिवेशनलाई सम्बोधन गर्दै । तस्वीर ः चन्द्रकला क्षेत्री÷रासस

“बहुदलीय प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्न समाजका विभिन्न तप्काको मत प्राप्त गर्नुपर्ने आवश्यकता र सर्वहारा श्रमजीवी वर्ग पक्षधरतालाई जोगाइराख्ने दायित्वका बीचमा सन्तुलन मिलाउन विशेष कुशलता प्रदर्शन गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टी शारीरिक श्रम र बौद्धिक श्रममा संलग्न सबै खाले श्रमजीवी वर्गको पार्टी हो ।”

पार्टीले समाजका निम्न तथा मध्यम वर्ग र परिवर्तनमा सहयोगी हुने राष्ट्रिय पुँजीपति वर्गको हितको समेत प्रतिनिधित्व गर्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, “कम्युनिष्ट पार्टी श्रमजीवी वर्ग पक्षधरताबाट कहिल्यै विचलित हुन सक्दैन ।” उहाँले कम्युनिष्ट पार्टीले विभिन्न वर्ग या समुदायका आन्दोलन सञ्चालनका लागि जनसङ्गठन निर्माण गर्न सक्ने बताउँदै विभिन्न शक्तिसँग वर्गीय र राजनीतिक मोर्चा निर्माण गर्ने विचार व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “जनताको अभिमत लिएर सत्ता सञ्चालन गर्न सक्छ । विकास निर्माण र सामाजिक रुपान्तरणका लागि पार्टीको भूमिका सङ्गीत निर्देशकको जस्तो हुनुपर्छ, जसले विभिन्न वाद्यवादकहरूलाई एउटै लयमा परिचालित गर्दै सुन्दर धुन निर्माण गर्छ ।”

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन वाचन सुरु गरेर विस्तृत प्रस्तुतीका लागि स्थायी कमिटीका सदस्य शङ्कर पोखरेललाई जिम्मेवारी दिनुभएको थियो । प्रतिवेदनमा वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थिति, एमाले नेतृत्वको सरकारका उपलब्धि, संविधानको कार्यान्वयन, पूर्वाधार विकास, स्वास्थ्य सेवाको विस्तार, नयाँ सत्ता गठबन्धन गठन हुनु पछाडिका कारण, अबको बाटो, समाजवादको कार्यसूचीलगायत विषय समेटिएका छन् ।

यो पनि – कांग्रेस सुरु, सभापतिमा चारको प्रतिस्पर्धा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कांग्रेस दोलखाको १४औँ जिल्ला अधिवेशन आजदेखि चरिकोटमा सुरु भएको छ । कांग्रेस दोलखाले १४औँ महाधिवेशनअन्तर्गत दोलखाको सबै स्थानीय तह तथा क्षेत्रको निर्वाचन सकेर आजदेखि जिल्ला अधिवेशन सुरु गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ शेर्पाको उपस्थितिमा सदरमुकाम चरिकोटमा जिल्ला अधिवेशन सुरु गरेको हो ।

दोलखामा रहेको सात गाउँपालिका र दुई नगरपालिकामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन भई सकेपछि कांग्रेस केन्द्रको विवादले महाधिवेशनपछि धकेलिने र दुई चरणमा अधिवेशन गर्ने निर्णय भएसँगै जिल्ला अधिवेशन रोकिएको थियो । हिमाली जिल्लामा दसँैअघि नै जिल्ला अधिवेशन सम्पन्न गरी सक्ने पुनः सर्कुलर भएपछि दोलखा कांग्रेसले क्षेत्रीय अधिवेशन सम्पन्न गर्दै जिल्ला अधिवेशन सुरु गरेको हो ।

सभापतिमा चारको उम्मेदवारी

कांग्रेस दोलखाको १४औँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा नयाँ नेतृत्व लिनका लागि चारजनाले उम्मेदवारी घोषण गरेका छन् । कांग्रेसको केन्द्रमा रहेको समूहको प्रत्यक्ष प्रभाव जिल्लामा समेत देखिएको छ । समूह नै निर्माण गरेर पार्टी सभापतिदेखि पदाधिकारी र महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरिएको छ । संस्थापन पक्षका तर्फबाट हाल पार्टी सभापति रहुनभएका रुद्रबहादुर खड्का पुनः दोस्रो कार्यकालका लागि सभापति पदमा चुनाव लड्दै हुनुहुन्छ भने केन्द्रमा सिटौला समूह नजिक मानिने समूहबाट तारा खड्का चुनावी माहोलमा देखिएको छ ।

त्यस्तै वर्मा लामा र केशवराज चौलागाईंले समेत सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको सभापतिमा उम्मेदवारी घोषण गरेका चारै समूहले आफ्नो समूह बलियो रहेको दाबी गरेका छन् । सभापतिमा चारजना आकाङ्क्षी रहेको हुँदा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत पु¥याउन नसकिने भएपछि दोस्रो तहको निर्वाचन निश्चित जस्तै भएको छ । केन्द्रीय नेता तथा भेग भूगोलका आधारमा नेताहरूले संस्थापन पक्षका रुद्र खड्कालाई समर्थन रहेको हुँदा अन्य नेताको तुलनामा पुनः सभापतिमा रुद्र खड्कालाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।

क्षेत्रीय र स्थानीय अधिवेशन सम्पन्न

नेपाली कांग्रेस दोलखाले दुई निर्वाचन क्षेत्र र नौ स्थानीय तहमा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । क्षेत्र नं १ मा सर्वसम्मत रुपमा शुक्रराज तामाङ सभापति भएका छन् भने उपसभापतिमा सुवास तामा निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नं २ मा बुधबार भएको निर्वाचनमा चित्र दहाल सभापतिमा र विकास खड्का उपसभापतिमा निर्वाचित भएका छन् ।
–––