अखिल (क्रान्तिकारी) को केन्द्रीय समिति १९९ सदस्यीय हुने

अखिल (क्रान्तिकारी) को केन्द्रीय समिति १९९ सदस्यीय हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अखिल(क्रान्तिकारी)ले २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी साङ्गठनिक प्रस्ताव गरेको छ । क्रान्तिकारीको बिहीबारदेखि शुरु भएको २२औँ राष्ट्रिय सम्मेलनको आज दोस्रो दिन सुरु भएको बन्द सत्रमा उक्त प्रस्ताव गरिएको अध्यक्षका प्रत्यासी रहनुभएका प्रचारप्रसार समितिका संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । सम्मेलनले एक अध्यक्ष, तीन खुला उपाध्यक्ष, चार समावेशी उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, प्रदेशबाट आठ सचिव, समावेशीवाट पाँच सचिव र एक कोषाध्यक्ष गरेर २५ सदस्यीय पदाधिकारी तथा १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ ।

आजको वन्दसत्रमा नेकपा (माओवादी केन्द्र ) का नेताहरु नारायणकाजी श्रेष्ठ , देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेतले समसामयिक राजनीतिक विषय र क्रान्तिकारीले अङ्गीकार गर्नुपर्ने शैक्षिक मुद्दा तथा आन्दोलनका बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यसअघि बन्द सत्रमा अध्यक्ष रञ्जित तामाङले २२औँ राष्ट्रिय सम्मेलन आयोजक समिति भङ्ग गर्दै बन्द सत्र सञ्चालन गर्नका लागि मिलन एमसी, क्षितिज सापकोटा, सुमन थुलुङ, वीरबहादुर थापा, पेमा लामा, भोला यादव, सामना श्रेष्ठ, जागृति पौडेल र नग्मा माली रहेको नौ सदस्यीय अध्यक्ष मण्डल गठन गर्नुभएको थियो । बन्द सत्रको हलमा अध्यक्ष तामाङले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेश गर्नुभएको छ । सो प्रतिवेदन उपर छलफल गर्न विभिन्न जिल्ला मिलाएर ११ वटा समूह बनाइएको क्रान्तिकारीले जनाएको छ ।

यो पनि – सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ ः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ ।

ग्यालेक्सी फोरके टेलिभिजनको आज शुभारम्भ गर्नुहुँदै उहाँले सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । सञ्चार क्षेत्रमा प्रतिस्पर्धा कडा रहेका भए पनि ग्यालेक्सी फोर के टिभीले थप जिम्मेवार पत्रकारिता गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले लोकतान्त्रिक देशमा सञ्चारमाध्यम चौथो अङ्गका रुपमा स्थापित रहेको भन्दै नेपालले समेत सोही मान्यता अनुसार यसलाई फस्टाउन अभिप्रेरित गरेको उल्लेख गर्नुभयो ।

उहाँले रामायण, को बन्छ करोडपतिजस्ता कार्यक्रम प्रसारण गर्न लागेकामा टेलिभिजनलाई धन्यवाद दिनुभयो । कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै जातजाति, भाषाभाषीको आवाजलाई मुखरित हुने गरी बलियो राष्ट्रिय एकता कामय गर्न सञ्चार माध्यमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले तल्ला तहका गरिखाने वर्गको आवाजलाई मुखरित गर्दै उनीहरुको भाषा, संस्कृतिको जर्गेना गर्ने गरी काम गर्न टेलिभिजनलाई आग्रह गर्नुभयो । सन्तुलित, मर्यादित समाचार सामग्री प्रस्तुत गरेर स्वस्थ प्रतिस्पर्धा गर्न पूर्वप्रधानमन्त्री दाहालले आग्रह गर्नुभयो । अध्यक्ष दाहालले तथ्य बङ्ग्याइएका गलत समाचारको मारमा आफू पनि बेलाबेलामा पर्ने गरेको भन्दै सही, तथ्यपूर्ण र निष्पक्ष पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त सञ्चारमाध्यमको सफलताको कामना गर्नुभयो । आजैदेखि उक्त टेलिभिजनले आफ्नो नियमित प्रसारण शुरु गरेको छ । टिभीमा चर्चित रियालीटी शोदेखि समाचार प्रस्तुतिमा नयाँ शैली अपनाउने त्यस अवसरमा जानकारी दिइयो । टेलिभिजनका अध्यक्ष जिवी राईले उच्चतम प्रविधिबाट गुणस्तरीय सामग्री प्रस्तुत गर्ने जानकारी दिँदै सञ्चारकर्मीको हित र उनीहरुको सेवा सुविधामा पनि कुनै कन्जुस्याइ नगरिने दावी गर्नुभयो । सही सूचना र मर्यादित मनोरञ्जन दिने आफूहरुको उद्देश्य रहेको भन्दै अध्यक्ष राईले सकारात्मक सूचनाको पक्षमा आफूहरु रहेको बताउनुभयो ।