धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५.९३ अङ्कले घटेर दुई हजार ५७७.४९ मा ओर्लिएको छ ।
नेप्से ओरालो लागेसँगै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ११.०७ अङ्कले घटेर ४८५.९८ मा झरेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत घटेको छ । कूल २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर रु चार अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ मूल्यमा कारोबार भयो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २९.२६, व्यापार ५६.६३, होटल तथा पर्यटन १०२.८२, विकास बैंक १३८.४१, जलविद्युत् १११.६१, वित्त ९७.१२, निर्जीवन बीमा १८८.५, उत्पादन १०७.४५, अन्य ३३.९२, लघुवित्त ६९.३९, जीवन बीमा २७२.१४, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.३३ बिन्दुले घटेको छ ।
कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड ६ लाख १६ हजार २२१ बराबरको कारोबार भयो । यस्तै नेशनल हाइड्रोपावर रु १४ करोड २४ लाख ३८ हजार ७५३, रिडी हाइड्रोपावर रु १४ करोड १० लाख ८६ हजार ४०२, शिखर इन्स्योरेन्स कम्पनी रु १३ करोड ६६ लाख ५० हजार र हिमालयन डिस्टिलरी रु १३ करोड ३६ लाख १० हजार ९१० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
कारोबारका आधारमा मैलुङ खोला जलविद्युत् कम्पनी ९.९७, स्वाभिमान लघुवित्त ६.०५, सबैको लघुवित्त २.०८, प्रिमियर इन्स्योरेन्स १.७३ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले १.५६ प्रतिशतले कमाए । त्यस्तै, गुह्यश्वरी मर्चेन्ट बैंक ९.१९, रैराङ हाइड्रोपावर ९.१३, माउण्टेन हाइड्रो ८.५५, छ्याङ्दी हाइड्रो ७.९९ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ७.८७ प्रतिशतले गुमाए ।
यो पनि – साहस ऊर्जाको आइपिओ बाँडफाँट
साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआएबिएल एस क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीको आइपिओमा कूल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ११ हजार ९९६ जनाको आवेदन रद्द भएको र बाँकी २३ लाख ८३ हजार ४६० योग्य आवेदकमध्ये छ लाख ४४ हजार आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।
कम्पनीले सर्वसाधारणलाई गत असोज ६ देखि १० गतेसम्म प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो । निष्कासन गरिएको ७० लाख कित्ता शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको थियो । तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।
कम्पनीले हाल सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका र थुलुङ्गदूधकोशी गाउँपालिकामा कूल ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।
यो पनि -खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थामा विवाद
कैलालीको भजनी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थामा विवाद चुलिएको छ । यसअघि पनि लमो समयसम्म खानेपानी संस्थामा विवाद चुलिएपछि भजनी नगरपालिकाले आफ्नो मातहतमा लिएर खानेपानी संस्थालाई सञ्चालन गर्दै आएको थियो । पदाधिकारी चयनमा विवाद भएपछि करिब दुई वर्षभन्दा बढी समय नगरपालिकाकी नगर उपप्रमुखको नेतृत्वमा खानेपानी संस्थामा सञ्चालनमा रहेको थियो ।
अहिले संस्थाको नयाँ पदाधिकारी चयन भएको वर्षदिन पुगेको छैन । तर राजनीतिक आस्थाका कारण खानेपानीको विवाद उत्कर्शमामा पुग्ने देखिएको छ । चालू आर्थिक वर्षमा खानेपानी संस्थाको मर्मत सम्भार र पाइपलाइन विस्तारको कार्यक्रमका लागि नगरपालिकाले ६ लाख १२ हजार ३८ रुपैयाँ विनियोजन गरेकोमा उक्त बजेटको काम खानेपानी समितिलाई नदिएर काम सम्पन्न गर्नका लागि बाहिर अर्कै उपभोक्ता समिती गठन गरेपछि विवाद चुलिएको हो ।
भजनी नगरपालिका–१ का वडाध्यक्ष रवीन थापाले योजनामा भजनी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थालाई कार्यक्रम दिने भन्ने कुरा उल्लेख नभएको बताउँदै योजनामा भजनी खानेपानीको पाइपलाइन विस्तार र मर्मत सम्भारका लागि भन्दै बजेट विनियोजन भएकोले नै अर्को उपभोक्ता समिति गठन गरिएको बताउनुभयो ।
“नगरपालिकाले पनि उपभोक्ता समिति गठन गरेर काम गर्नु भनी वडालाई परिपत्र गरेको छ । हामीले त्यही परिपत्रलाई आधार मानेर खानेपानीको पाइपलाइन विस्तार र मर्मत सम्भारका लागि छुट्टै उपभोक्ता समिति गठन गरेका हौँ”, वडाध्यक्ष थापाले भन्नुभयो, “ वडाको भेला बोलाएर उपभोक्ता समिति गठन गरिएको छ । खानेपानी एक संस्था भएकाले त्यसका पदाधिकारीले आयोजनाको काम आफूहरुले गर्न पाउनुपर्छ भनेर भन्न पाउँदैनन् ।” उता खानेपानी संस्थाका अध्यक्ष नैनबहादुर चौधरीले खानेपानी संस्थामा एउटा उपभोक्ता समिति हुँदाहँुदै योजनाका लागि अर्को समिति गठन हुनु राम्रो नभएको बताउनुभयो ।
समिति निष्क्रिय भएको अवस्थामा समितिलाई कुनै जानकारी नै नदिएर राजनीतिक प्रतिशोधका आधारमा वडाले उपभोक्ता समिति गठन गरेको अध्यक्ष चौधरीको आरोप छ । “राजनीतिक पूर्वाग्रही ढङ्गले खानेपानी संस्थाका पदाधिकारीलाई पन्छाएर आफू अनुकूल हुने गरी वडाध्यक्षले उपभोक्ता समिति गठन गरेको सुन्नमा आएको छ । यदि त्यसो हो भने, वडाध्यक्षको त्यो कार्यले उपभोक्ताले चुनेर पठाएका हामीहरुको काम छैन भन्न खोजेको जस्तो देखियो”, उहाँले भन्नुभयो, “समिति अर्कै गठन गर्ने भए पनि खानेपानी संस्थालाई जानकारीसम्म भए पनि गराउनु प¥
प्रतिक्रिया