नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताउनुभएको छ । ललितपुरको गोदावरीमा यही असोज १५ देखि १७ गतेसम्म भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि आज आयोजित चियापान कार्यक्रममा सचिव भट्टराईले महाधिवेशनको समापनका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भई पार्टीलाई सक्रिय बनाउन गर्नुभएको घोषणा सकारात्मक भएको बताउनुभएको हो । उहाँले महाधिवेशनको सन्देशलाई जिल्ला र स्थानीय तहसम्म पु¥याउन आग्रह गर्नुभयो । चियापान कार्यक्रममा ताप्लेजुङका जनप्रतिनिधिको समेत सहभागिता थियो ।
यो पनि- कांग्रेस दोलखाको सभापतिमा लामा निर्वाचित
नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित हुनुभएको छ । चौधौँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो । लामाले कूल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी खड्काले ४८५ मत प्राप्त गर्नुभयो । यसअघि लामाले पहिलो चरणमा भएको निर्वाचनमा ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको हो ।
यो पनि -राजनीतिलाई विकास र आर्थिक उन्नतिसँग जोड्नुपर्छ : नेकां केन्द्रीय सदस्य लेखक
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले राजनीतिलाई विकास र आर्थिक उन्नतिसँग जोड्नुपर्ने बताउनुभएको छ । दोधारा चाँदनीमा आज नेपाली कांग्रेसको निवर्तमान नगर समितिको सम्मान एवं परिचयात्मक कार्यक्रममा उहाँले चुनाव जित्नका लागि मात्रै राजनीति गर्नु नहुने बताउनुभयो । राजनीतिलाई देशको समृद्धिसँग जोड्नुपर्ने उहाँको भनाइ थियो । “कांगे्रस हार्दा विकास हार्दोरहेछ तपार्इंहरुले देखिसक्नुभयो, हामी हारेकामा चिन्ता छैन । विकास हारेकामा चिन्ता छ”, उहाँले भन्नुभयो, “दोधारा चाँदनीका जनतासमक्ष जुन प्रतिबद्धता गरेका थियौँ, त्यो पूरा गरेर देखाएका छौँ, अस्पताल, पुल, सडक, महाकाली नदीमा तटबन्ध र जगबुढा नदीमा तटबन्ध लगायतको कार्य गरेका छौँ । गर्नुपर्ने अझै धेरै छ । त्यो पनि पूरा गर्छौं । जे बोल्छौँ । त्यो पूरा गरेर छाड्छौँ ।”
सुक्खा बन्दगाह, चारलेनको पुल निर्माणको कार्यले गति लिएको उल्लेख गर्दै उहाँले सुक्खा बन्दरगाह जोड्ने सडकलाई महाकाली राजमार्गसँग जोडेर सुदूरपश्चिम क्षेत्रले आर्थिक विकासमा फड्को मार्ने बताउनुभयो । दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह बनेपछि यो क्षेत्र ठूलो नाकाका रूपमा विकसित हुने उहाँले बताउनुभयो । विगतको सरकारले संविधान भत्काउने, प्रतिनिधिसभा विघटन गर्ने र देशलाई अस्थिरतातर्फ लैजाने कार्य मात्रै गरेको उहाँले बताउनुभयो । विकास र समृद्धिका नारा दिइए पनि कुनै पनि देश निर्माणका कार्यहरु अगाडि बढ्न नसकेको उहाँको भनाइ थियो ।
यो पनि -कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख
सशस्त्र प्रहरी बल अस्पतालले नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेकोे जनाएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गरी उहाँ यही असोज १२ गतेदेखि बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाका लागि उपचाररत रहनुभएको जनाएको छ । अस्पतालले उहाँको पछिल्लो स्वास्थ्य अवस्था र परीक्षणको रिपोर्ट बारेमा अवगत गराएको हो ।
यो पनि – वन ऐनसम्बन्धी समस्या निराकरण गरिनेछ : मन्त्री थापा
गण्डकी प्रदेशका वन वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले वन ऐनसम्बन्धी रहेका समस्यालाई निराकरण गरिने बताउनुभएको छ । आज डिभिजन वन कार्यालय तनहुँका कर्मचारीसँगको छलफलमा जुट्दै मन्त्री थापाले फिल्डमा गएर प्रत्यक्ष जनसमुदायमा पुग्ने, अनुगमन गर्ने, अध्ययन गर्ने स्वयं कर्मचारी विज्ञ हुने भएकाले कर्मचारीको सुझाव लिएर राष्ट्रिय योजना आयोग र वन मन्त्रालय अघि बढ्ने बताउनुभयो ।
नीति योजना तर्जुमा गर्ने राष्ट्रिय योजना आयोगको सुझाव सल्लाह लिएर अघि बढ्न सजिलो हुने भएकाले कर्मचारीसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिएको उहाँले बताउनुभयो । सङ्घ, प्रदेशको क्षेत्राधिकार, अग्रपङ्क्ति र कार्यान्वयन पक्ष रोकिएकाले उक्त विषयलाई अघि बढाउन आवश्यक रहेको मन्त्री थापाले बताउनुभयो ।
डिभिजन वन कार्यालयले पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पर्यटन क्षेत्रमा गरेको विकासका कार्य देख्दा आफू त्यसबाट प्रभावित भएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालयबाट पर्यापर्यटनमार्फत पर्यटक आकर्षण गरी स्थानीयवासीलाई स्वरोजगार बनाउन पर्यटकीय क्षेत्रमा काम गर्दै आएको डिभिजन प्रमुख कोमलराज काफ्लेले बताउनुभयो ।
गत वर्षको तुलनामा यस वर्ष अति न्यून बजेट विनियोजन गरिएकाले वन सम्वद्र्धन, गरिबी न्यूनीकरण र पर्यटन प्रवद्र्धनलगायतका कार्यक्रम गर्न कठिनाइ भएको उहाँले सो अवसरमा बताउनुभयो । बजेट कमीका कारण गत वर्ष गरिएका कार्यहरुलाई निरन्तरता दिन नसक्ने देखिएकाले बजेटमा प्राथमिकता दिन अनुरोध गर्नुभयो ।
सो अवसरमा डिभिजन वन कार्यालय र सबडिभिजन वन कार्यालयमा कार्यरत कर्मचारीले गण्डकी प्रदेश सरकारबाट बजेट न्यून विनियोजन गरिएकाले काम गर्न कठिनाइ भएको गुनासो राखेका थिए । कुनै सबडिभिजन भवन बाढीपहिराले जोखिममा परेको, खानेपानी नभएको, न्यून कर्मचारी, सवारी र इन्टरनेटको पहुँच नहुँदा कार्यसम्पादन कार्यमा कठिनाइ भोग्नुपरेको भन्दै मन्त्री थापासमक्ष आफ्ना गुनासाहरु राखेका थिए ।
प्रतिक्रिया