पूर्वसांसद मञ्च नेपालले ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशलाई पनि कोटा भन्ने’ सार्वजनिक भएको विषयको सत्यतथ्य छानबिनका लागि एक शक्तिशाली आयोग गठन गर्न माग गरेको छ । मञ्चका अध्यक्ष ओमकार प्रसाद श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक भएको उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “संसदीय शासन प्रणालीको मूल सिद्धान्त शक्तिपृथकीकरणको मर्म नै समाप्त हुने अवाञ्छित गतिविधिका समाचार प्रकाशन भएकोमा सत्यतथ्य छानबिन हुनका लागि स्वतन्त्र नागरिकको एक शतिmशाली छानबिन आयोग तत्काल गठन गर्न संसद्ले पहल गर्नुपर्दछ भन्ने यस मञ्चको धारणा रहेको छ ।”
भागबण्डामा संवैधानिक नियुक्ति हुनु संसदीय शासन पद्धतिको मर्यादाविपरीतको कार्य भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “जनताको अन्तिम भरोसा र आस्थाको केन्द्र स्वतन्त्र र निष्पक्ष न्यायालयका सर्वोच्च न्यायमूर्ति समेतको मन्त्रालयको भागबन्डामा संलग्नता रहेको समाचार सार्वजनिक हुनुले न्यायालयको निष्पक्षता मात्र होइन, संविधाननै समाप्त हुनेतर्फ संकेत गर्दछ ।”
यो पनि – महाधिवेशनले कार्यकर्तामा नयाँ ऊर्जा थपेको छ ः सहमहामन्त्री डा महत
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको १४औँ महाधिवेशनले कार्यकर्तामा अपूर्व उत्साह र ऊर्जा थपेको बताउनुभएको छ ।काठमाडौँ क्षेत्र नं ५ र नुवाकोटका वडा तथा पालिका अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यको सम्मानमा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले पार्टीको अधिवेशनले कार्यकर्तामा उत्साह र ऊर्जा थपेको बताउनुभएको थियो ।
“यो अधिवेशनको उत्साह र ऊर्जाले आउँदो निर्वाचनमा कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउने सङ्कल्प पूरा गर्न थप प्रेरित गरेको छ”, सहमहामन्त्री डा महतले भन्नुभयो । सहमहामन्त्री डा महतले पार्टीका सम्पूर्ण साथीमा देखिएको उत्साहले कांग्रेसलाई वैचारिकरुपमा सवल, सङ्गठित, अनुशासित र लोकप्रिय बनाएर आगामी निर्वाचनमा अत्यधिक बहुमतले विजयी बनाउने साझा सङ्कल्प पूरा गर्ने आत्मविश्वास बढाएको बताउनुभयो ।
उहाँले नेपाली कांग्रेस नेपालमा राणाशासनको अन्त्यदेखि पञ्चायत हुँदै आजसम्म लोकतन्त्रका लागि लडेको पार्टी भएको स्मरण गर्दै अहिले पनि देशमा लोकतन्त्रलाई बलियो बनाउन नेपाली नागरिकले कांग्रेसको नेतृत्वको सरकार रोजेको बताउनुभयो । उहाँले कांग्रेसको १४औँ महाधिवेशनको क्रममा वडा, गाउँ÷नगर, क्षेत्र र जिल्ला अधिवेशनमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका पदाधिकारी र क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधिलाई बधाई ज्ञापन गर्नुभयो ।
प्रतिक्रिया