देशको सबै समस्या समाधान गर्ने पार्टी माओवादी मात्रै हो ः प्रचण्ड

देशको सबै समस्या समाधान गर्ने पार्टी माओवादी मात्रै हो ः प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समयमा देशको सबै समस्या समाधान गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गर्नु भएको छ । माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिले सूर्यविनायकमा आज आयोजना गरेको भक्तपुर बिस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समयमा हरेक पार्टीको समस्यासमेत हल गर्ने पार्टी माओवादी केन्द्र भएको बताउनु भएको हो ।

उहाँले अबको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गर्दै भन्नुभयो, “गणतन्त्र र लोकतन्त्र हाम्रो पार्टीको एजेण्डा हो, त्यहीँ एजेण्डको फाइदा अहिले अरु पार्टीले लिइरहेका छन्, जनताले पछिल्लो समयमा जनताको मुद्दा उठाउने पार्टी माओवादी केन्द्रमात्रै हो भन्ने बुझेका छन्, त्यसैले अब सङ्गठनलाई मजबुत बनाउन लाग्नुस्, हाम्रो पार्टी फेरि पनि एक नम्बरमा आउँछ ।”

अध्यक्ष प्रचण्डले अरु पार्टीसँगको एकतालाई जोड दिएर जाँदा समस्या आएको चर्चा गर्दै अब आफ्नै जनमत बनाउन बैचारिक, राजनीतिक र साङ्गठानिकरुपमा कठोर भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै पहिलाको जस्तै जनताको माया पाएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।जनताको मुद्दा माओवादीले छाड्यो कि भन्ने भ्रम जनतालाई परेपनि पछिल्लो समयमा प्रतिमगन विरुद्धको आन्दोलनमा नेतृत्वकारी भूमिका निर्वाह गरेपछि जनताले फेरि विश्वास गरेको भन्दै उहाँले देश र जनताको लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र नै भएको जनताले फेरी बुझेको बताउनुभयो । उहाँले भक्तपुरबाट संशोधनवादीलाई लखेट्नुपर्छ भन्दै त्यस्ता तत्व जुन जिल्लामा पुग्छन्, त्यहीबाट लखेट्नु पर्छ भन्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्र भक्तपुरका इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज देवेन्द्र श्रेष्ठ, भक्तपुर जिल्ला संयोजक डिपि ढकाल, वाग्मति प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठ, जनवर्गिय सङ्गठन इन्चार्ज सुरेश न्यौपाने, ओम वाग्लेलगायतले पार्टीलाई देशको पहिलो दल बनाउन सबै सक्रिय रहने बताउनुभयो ।

यो पनि – कोभिशिल्ड खोपमा लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

काठमाडौँ, २२ असोज (रासस) ः कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएका व्यक्तिमा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका एक हजार ७९६ जनामा गरेको अनुसन्धानमा एन्टिबडी अध्ययन गर्दा कोभिशिल्ड लगाएकामा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव चार प्रतिशत एन्टिबडी बनेको पाइएको हो ।

परिषद्ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले कोभिशिल्ड लगाएका व्यक्तिमा खोप लगाएको धेरै समयपछि मात्र अनुसन्धान गरिएकाले भेरोसेलभन्दा कम प्रतिशतमा एन्टिबडी देखिएको बताउनुभयो । “भेरोसेल लगाएका व्यक्तिमा खोप लगाउनेबित्तिकै एन्टिबडी परीक्षण गरिएकाले धेरै एन्टिबडी देखिएका हो”, ,उहाँले भन्नुभयो, “दुवै खोप उत्तिकै प्रभावकारी छन् ।”

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा गरिएको अनुसन्धानमा खोप लगाएका ६५ प्रतिशत व्यक्तिमामा एन्टिबडी देखिएको र खोप नलगाएका केही व्यक्तिमा पनि एन्टिबडी देखिएको वरिष्ठ अनुसन्धान अधिकृत धिमालले जानकारी दिनुभयो । उहाँका अनुसार खोप नलगाएका व्यक्तिमा ४३ दशमलव नौ प्रतिशतमा एन्टिबडी देखिएको छ । यस्तै पहिलो मात्रा खोप लगाएकामध्ये ५५ दशमलव एक प्रशिशतमा र पूर्ण मात्राको खोप लगाएकामध्ये ८२ प्रतिशतमा एन्टिबडी देखिएको छ ।

वरिष्ठ अनुसन्धान अधिकृत धिमालले खोप लगाएको ६० दिनसम्म एन्टिबडी देखिने र त्यसपछि क्रमशः एन्टिबडी घट्दै जानाका साथै केही व्यक्तिमा १५० दिनसम्म पनि एन्टिबडी देखिने गर्दछ भन्नुभयो । अनुसन्धानकै क्रममा कोभिड–१९ को सङ्क्रमण पुष्टि नभएका व्यक्तिमा एन्टिबडी परीक्षण गर्दा ५९दशमलव आठप्रतिशत मात्र एन्टिबडी देखिएको छ ।

कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले कोभिड–१९ को सङ्क्रमण भई निको भएकामध्ये लक्षण नदेखिएका व्यक्तिको अनुपातमा जटिल लक्षण देखिएका व्यक्तिमा एन्टिबडी विकसित भएको बताउनुभयो । खोप लगाएको दिनदेखि नमूना सङ्कलनको दिनसम्मलाई तुलना गरेर हेर्दा खोप लगाएको दोस्रो महिना पुगेकामा ८२दशमलव३३ प्रतिशत एन्टिबडी देखिएको छ । यस्तै चौथो महिनामा एन्टिबडी क्रमशः घटेर ४३दशमलव ७५ प्रतिशत मात्रा एन्टिबडी देखिएको छ ।

यस्तै अनुसन्धानकै क्रममा दीर्घरोगीमध्ये एउटै मात्र दीर्घरोगी भएका ७८ दशमलव नौ, दुईटा दीर्घ रोगी भएकामा ७१ दशमलव ६९ र तीन वटा दीर्घरोगी भएकामध्ये ४२ दशमलव तीन प्रतिशत एन्टिबडी देखिएको छ । कार्यकारी प्रमुख डा ज्ञवालीले कोभिड–१९ विरुद्धको खोप नलगाएका तथा कोभिड–१९ को सङ्क्रमण पुष्टि नभएका ४६ प्रतिशत सहभागीमा पनि एन्टिबडी विकसित भएको देखिएकाले कोभिड–१९ समुदायस्तरमा फैलिएको हुनसक्ने बताउनुभयो ।

अनुसन्धानलाई वैज्ञानिक बनाउने प्रयास गरिएको बताउँदै उहाँले खोप लगाएका व्यक्तिमा एन्टिबडी बढ्दै जाने गरेको छ भन्नुभयो । काठमाडौँ विश्वविद्यालयको सहयोगमा गरिएको अध्ययनमा एक हजार २२७ पुरुष र ५७९ महिला सहभागी थिए । पचास दशमलव पाँच प्रतिशत औसत उमेरका व्यक्तिमा गरिएको अध्ययनमा १५ दशमलव चार प्रतिशत सहभागीमा सङ्क्रमण देखिएको थियो । कूल खोप लगाएकामध्ये ८५ दशमलव दुई प्रतिशतले कोभिशिल्ड, १४ दशमलव पाँच प्रतिशतले भेरोसेल, अन्य खोप लगाएका शुन्ना दशमलव दुई प्रतिशत थिए । खोप लगाएका १५ दिनदेखि १५० दिनसम्मका व्यक्ति अध्ययनमा सहभागी थिए ।
–––