शहरी विकासमन्त्री रामकुमारी झाँक्रीद्वारा पदबहाली

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीद्वारा पदबहाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवनियुक्त शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आज मन्त्रालय पुगी पद बहाली गर्नुभएको छ । पदबहालीपछि काठमाडौँ उपत्यकामा निर्माण हुने चार शहरका विषयमा थप अध्ययन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णयमा उहाँले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री झाँक्रीले आवास, भवन र शहरी क्षेत्र विकासको कार्यक्रमलाई विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो ।

शहरलाई व्यवस्थित रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणका लागि नीतिगत काम गर्न सरोकार भएका सबै निकायसँग समन्वयात्मक रुपमा काम गर्ने लक्ष्य पनि उहाँले सुनाउनुभएको छ । मन्त्रालयले अघि सारेका कार्यक्रमका विषयमा जानकारी गराउनुहुँदै सचिव डा रमेशप्रसाद सिंहले २०६९ जेठ ५ गते भौतिक योजना मन्त्रालयबाट शहरी विकास मन्त्रालय छुट्याएपछि भए गरेका कामका विषयमा मन्त्री झाँक्रीलाई जानकारी गराउनुभएको थियो । शहरी विकासलाई व्यवस्थित रुपमा अघि बढाउन नगरपालिकाहरूको सम्पर्क मन्त्रालयका रुपमा शहरी विकास मन्त्रालयलाई स्थापित गरिनुपर्ने उहाँको भनाइ थियो ।

मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले सुन्दर शहर, सुन्दर घर बनाउन मन्त्रालयको कार्यक्षेत्र विस्तार भएको बताउनुभयो । सघन शहरी, नयाँ शहर योजनालगायत कार्यक्रम मन्त्रालयले अघि बढाएको उहाँले जानकारी दिनुभयो । शपथ ग्रहण र मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न गरी आज मन्त्रालय प्रवेश गर्नुभएपछि मन्त्री झाँक्रीलाई सचिव सिंहलगायत उच्च पदस्थ कर्मचारीले पुष्पगुच्छा खादासहित स्वागत गर्नुभएको थियो । अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षहुँदै पार्टी राजनीतिमा प्रवेश गर्नुभएकी मन्त्री झाँक्री निडर युवा राजनीतिज्ञका रुपमा स्थापित हुनुहुन्छ ।

यो पनि – प्रेस स्वतन्त्रताका पक्षमा सरकार प्रतिबद्ध छ– सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै मन्त्री कार्कीले मन्त्रालयको वार्षिक प्रगति समीक्षा प्रकाशन गर्ने निणर्य डिजिटल हस्ताक्षरमार्फत सदर गर्नुभयो । सो अवसरमा उहाँले स्वतन्त्र प्रेसले नै लोकतन्त्रको रक्षा गर्ने बताउँदै वर्तमान सरकारले प्रेस स्वतन्त्रताको उच्च सम्मान गर्ने र सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री कार्कीले पत्रकारिता क्षेत्रको विकासलाई प्रोत्साहन गर्दै सरकारले जनताको चाहनाअनुसार काम गर्नेछ भन्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारी काम कारवाहीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सूचना प्रविधिको उच्चतम प्रयोग अपरिहार्य छ, प्रजातन्त्रमा नागरिक सर्वोच्चता पहिलो शर्त हो, नागरिकलाई सेवा प्रदान गर्ने जिम्मेवारी सरकारको हो, सरकारले बाटो बिराउन सक्छ, त्यस्तो अवस्थामा प्रेस जगत्को आफ्नै किसिमको भूमिका हुन्छ, त्यसका निम्ति सरकारले प्रोत्साहित गर्नेछ ।”

मन्त्री कार्कीले जनताको सर्वोच्चता स्थापित गर्ने र सूचनालाई सबैको हकका रुपमा स्थापित गर्ने जनाउँदै सञ्चार मन्त्रालयलाई केबल दैनिक काम गर्ने मन्त्रालयका रूपमा नभएर अहिलेको समयको चुनौतीलाई अवसरको रूपमा परिणत गर्ने मन्त्रालयका रूपमा परिवर्तन गर्ने बताउनुभयो । सो अवसरमा मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले मन्त्रीसमक्ष मन्त्रालयको काम र जिम्मेबारीबारे जानकारी गराउनुभएको थियो ।

नेपाली कांग्रेसको तर्फबाट सञ्चार मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री कार्की यसअघि कानून, न्याय तथा संसदीय मामिला हुनुहुन्थ्यो । अर्थमन्त्रीसमेत भइसक्नुभएका मन्त्री कार्की निर्वाचन सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँ विसं २०३९ सालमा पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को अध्यक्षसमेत हुनुभएको थियो ।

यो पनि – पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी काम गर्छु : पर्यटनमन्त्री आले

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी रुपमा योजना तथा कार्यक्रम अघि बढाउने बताउनुभएको छ । सिंहदरबारमा आज पदबहाली गर्दै मन्त्री आलेले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको सम्पदा र संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा जुट्ने बताउनुभयो । पर्यटनमन्त्री आलेले नेपाललाई विश्वकै पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न खरो रुपमा उत्रनुपर्ने खाँचो औँल्याउनुभयो ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले शुक्रबार मन्त्रालयमा पदभारको क्रममा । तस्वीर ः विमलबहादुर विष्ट, रासस

मन्त्रालयअन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोषलगायतलाई प्रभावकारी बनाइने तथा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई सुदृढ गरिने उहाँको भनाइ छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिइनुका साथै आन्तरिक र अन्तरराष्ट्रिय विमानस्थललाई सुदृढ र प्रभावकारी रुपमा सञ्चालन गरिने मन्त्री आलेले विश्वास व्यक्त गर्नुभयो ।

पर्यटनमन्त्री आलेले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको यथाशीघ्र सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले धनगढी विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न आवश्यक प्रक्रिया अघि बढाइने पनि जानकारी दिनुभयो । पर्यटनमन्त्री आलेले नेपाल वायुसेवा निगमलाई सबल र प्रभावकारी बनाउने बताउँदै यसको सेवालाई जनमुखी बनाउन पहल गरिने बताउनुभयो । आले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका नव नियुक्त पर्यटनमन्त्री आले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को नेता हुनुहुन्छ । उहाँ गत निर्वाचनमा डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालय र अन्तर्गतका निकायको काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्रीलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पदबहालीपछि आयोजित स्वागत कार्यक्रमा मन्त्रालयअन्तर्गतका निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।