कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई नगद सहयोग प्रदान गरेको छ । नगरपालिकाले शुक्रबार सहयोग रकम वितरण कार्यक्रम आयोजना गरी प्रतिमृतक रु ५० हजारका दरले १८ जनाको परिवारलाई नगद रकम सहयोग प्रदान गरेको हो ।

नगरपालिका स्वास्थ्य शाखाका अधिकृत दीपक घिमिरेले नगरपालिकाभित्रका कोभिड–१९ को सङ्क्रमणका कारण उपचारको क्रममा मृत्यु भएकाको परिवारलाई सो रकम वितरण गरेको बताउनुभयो । कोभिड–१९ को सङ्क्रमणबाट सङ्क्रमित भई जिल्लाभित्रैका अस्पताल तथा जिल्ला बाहिरका अस्पतालमा उपचारको क्रममा पहिलो लहरमा सङ्क्रमण भएर मृत्यु भएको चार र दोस्रो लहरको सङ्क्रमणमा परी मृत्यु भएका २२ गरी २६ जना नगरभित्रका बासिन्दाको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ । जसमध्ये १८ जनाको परिवारलाई सहयोग रकम वितरण गरेको र वितरण गर्न बाँकीलाई पनि नाता प्रमाणित र वडा कार्यालयको सिफारिससहित आवश्यक कागजात पु¥याएर सम्पर्कमा आउनेलाई छिट्टै रकम वितरण गर्ने जनाइएको छ ।

नगरपालिका प्रमुख टोकबहादुर वाइबाले कोभिड–१९ सङ्क्रमणको कारण मृत्यु भएकाको परिवारलाई नगरपालिकाको तर्फबाट सान्त्वनास्वरुप नगद सहयोग प्रदान गरेको बताउनुभयो । “सङ्क्रमणमा परेकालाई बचाउन हरतरहले उपचारको लागि सहयोग गर्दा पनि बचाउन नसकेपछि मृत्यु भएकाको परिवारमा विचल्लीमा रहेकालाई सान्त्वनास्वरुप सहयोग गरेका हौँ”, नगर प्रमुख वाइबाले भन्नुभयो, “विपद् र समस्यामा नगरबासीको साथमा सधैँभरि नगरपालिका रहेको छ भन्ने उदारहणको लागि पनि यो सहयोग रकम प्रदान गरेका हौँ ।” नगरपालिकाको नवौँ नगरसभाले नै पारित गरेको निर्णयअनुसार शुक्रबार मृतक परिवारलाई रकम सहयोग वितरण गरेको प्रमुख वाइबाले बताउनुभयो ।  त्यस्तै सङ्क्रमण भएर भेन्टिलेटरमा उपचार गराएका विपन्न बिरामीलाई पनि रु २५ हजारका दरले रकम सहयोग गर्ने भएको वाइबाले बताउनुभयो ।

यो पनि – माडी भेटेरिनरी अस्पतालको सेवा सुरु

माडी नगरपालिकामा भेटेरिनरी अस्पताल सञ्चालनमा आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशु सेवा केन्द्र भवन माडीमा अस्पतालको सेवा सुरु गरिएको हो ।

आयोजनाले भवन हस्तान्तरण गरेसँगै अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । आयोजना निर्देशक डा उमेश दाहालले शुक्रबार भवन प्रमुख ढकाललाई हस्तान्तरण गर्नुभएको थियो । सोही सेवा केन्द्रलाई अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको हो । नेपालमा नै पहिलोपटक स्थानिय तहद्वारा सञ्चालित भेटेरिनरी अस्पताल ‘माडी भेटेरिनरी अस्पताल’ रहेको ढकालको भनाइ छ । आयोजनाले रु ९० लाखको लागतमा निर्माण गरेको सो केन्द्र माडी भेटेरिनरी अस्पतालबाट व्यवस्थित प्रयोगशाला, थुनेलो परीक्षण, गोबर जाँच तथा लार्भा परीक्षण सेवा, माछा पोखरीको पानी परीक्षण गरिने छ । साथै पशु पन्छीको बहिरङ्ग सेवा, शल्यक्रिया तथा शव परीक्षण र विशेषज्ञ सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । अस्पतालमा एक जना पशु विज्ञ चिकित्सकसहित विभिन्न रोगका विशेषज्ञ व्यक्तिले सेवा दिनेछन् । यस अस्पतालबाट निकट भविष्यमा नै रगत परीक्षण, भिडियो एक्सरे, कल्चर सेवालगायतका सेवा दिने तयारी गरिएको ढकालको भनाइ छ ।