लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकारको समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशवासीको नारालाई साकार पार्न र प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन उद्योग तथा व्यापार क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै मुख्यमन्त्री केसीले त्यसका लागि लगानीकर्ता प्रोत्साहन गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको बताउनुभयो ।
उद्योग व्यापार सङ्गठन तिलोत्तमाको साताँै साधारणसभा एवं चौथो अधिवेशनको आज उद्घाटन गर्दै मुख्यमन्त्री केसीले उद्योग व्यवसाय प्रवद्र्धनका लागि सरकारले पछिल्लो चरणमा उद्योगमैत्री बजेट ल्याएको दाबी गर्नुभयो ।उहाँले राजनीतिक सङ्कट र कोभिडको सङ्क्रमणबाट थलिएको लुम्बिनी प्रदेश अहिले समृद्धितर्फ उन्मुख भएको बताउनुभयो । मुख्यमन्त्री केसीले प्रदेश कोराना महामारीबाट निकै प्रभावित भएकाले अर्थतन्त्र चलायमान हुन नसक्दा केही समय समस्या भए पनि अब समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिडबाट थलिएको व्यापार र उद्योग क्षेत्रलाई उत्थान गर्नका लागि विद्युत् महसुल र राजस्वमा छुट दिन सकिने बताउनुभयो ।
अब किसानका समस्या हल हुन्छन् : कृषिमन्त्री रायमाझी
लुम्बिनी प्रदेशका कृषि, खाद्य तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले किसानका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आफू बिनाविभागीय मन्त्री हुँदा प्रदेशका विभिन्न जिल्लामा कृषकसँग छलफल गरी समस्या पहिचान गरेको जनाउँदै ती समस्या समाधानका लागि पहल गर्ने उल्लेख गर्नुभयो ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री रायमाझीले सरकारले कृषिमैत्री बजेटको व्यवस्था गरेको बताउँदै हेफरलगायत सङ्घसंस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने धारणा राख्नुभयो ।कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्रीले प्रदेशमा ७० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित रहेको बताउँदै कृषिबाट आत्मनिर्भर बन्नका लागि प्रदेश सरकारले कृषिमैत्री बजेट ल्याएको दाबी गर्नुभयो । हेफर इन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डा महेन्द्र लोहनीले कृषको आयआर्जन वृद्धि गर्न दुग्ध तथा मासु तथा अन्य कृषिजन्य वस्तुको उत्पादन र बजारीकरणका लागि सहयोग गर्दै आएको बताउनुभयो ।
हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा तीर्थराज रेग्मीले हेफरको कार्यक्रमबाट नेपालमा करिब तीन लाख परिवार लाभाविन्त भएको दाबी गर्नुभयो । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले सरकारबाट आउने कृषि अनुदान वास्तविक किसानसम्म पुग्न नसकेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
प्रतिक्रिया