सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ ः पूर्वप्रधानमन्त्री भट्टराई

सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ ः पूर्वप्रधानमन्त्री भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताउनु भएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो ।” आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उहाँले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो, “वास्तविक सुकुम्बासी पहिचान गराँै, तितरवितर पार्नु समस्याको समाधान होइन ।”

फरक प्रसङ्गमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले विगतमा एकखाले प्रवृत्तिले व्यवस्था पल्टाउने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने, संविधान खतरामा पर्ने दिशातर्फ गएको भन्दै अहिलेको सरकारको गतिविधि त्यसभन्दा फरक हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको सरकारको गतिविधि पहिलाको भन्दा फरक भएन भने जनतामा निरासा आउँछ ।” प्रतिगमनविरुद्ध सङ्घर्षबाट बनेको सरकार भएकाले यो सरकार पूर्ण कार्यकाल चल्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “गठबन्धनको मात्रै होइन लोकतन्त्रमा पूरा कार्यकाल व्यवस्थापिकाले पूरा गरेन भने त्यसले राम्रो सन्देश दिँदैन ।”

यो पनि – व्यास एकीकृत मादी नदी उपत्यका विकास परियोजना ः २६ अर्ब लागत, २६ योजना

तनहुँको व्यास नगरपालिकाको महत्वाकाङ्क्षी परियोजनाको रुपमा रहेको व्यास एकीकृत मादी नदी उपत्यका परियोजना अगाडि बढ्ने भएको छ । मादी नदीको १८ किलोमिटर क्षेत्रलाई केन्द्रमा राखेर विभिन्न योजना अगाडि बढाउने तयारी थालिएको हो ।  नगरपालिकाले परियोजनाको गुरुयोजनाको अन्तिम मस्यौदा सार्वजनिक गरेको छ । आइतबार आयोजना गरिएको कार्यक्रमबाट मस्यौदा माथि सुझाव सङ्कलन गरिएको छ । गुरुयोजनाअनुसार १५ वर्षे उक्त एकीकृत योजना अन्तर्गत २६ वटा परियोजना समेट्ने तयारी गरिएको छ । जसको लागत रु २६ अर्ब रहने बताइएको छ ।

गुरुयोजनाको अन्तिम मस्यौदा प्रस्तुत गर्दै इन्जिनियर कुमार धमलाले व्यास सरोवर, बोटानिकल गार्डेन, औद्योगिक क्षेत्र, जनजातिको समुदाय, भानु एजुकेशन सेन्टर, व्यास स्र्पोट सेन्टर, मादी नदी बोटिङ प्रोजेक्ट, हाउजिङ प्रोजेक्ट, ठोस फोहोरमैला व्यवस्थापन योजनालगायतका २६ वटा योजना समेटिने जानकारी दिनुभयो । प्रत्येक योजनाको छुट्टाछुट्टै बजेट र सम्पन्न हुने समय प्रस्तुत गर्दै उहाँले १५ वर्षसम्म हरेक योजनालाई महत्वको हिसाबले प्र्राथमिकता निर्धारण गरिने र सोहीअनुसार निर्माण कार्य पनि अगाडि बढाइने जानकारी दिनुभयो ।

जलस्रोतविद् अर्जुन गौतम, वातावरणविद् राजीव पोख्रेल, वरिष्ठ सहरी योजनाविद् उनाममान प्रधान, पूर्वाधार र एवं विपद्विद देवकुमार महर्जनले प्रस्तुत भएको मस्यौदा माथि सुझाव राख्नुभएको थियो । योजनाको दिगोपन, हाइड्रोलजिकल पक्षअन्तर्गत पानीको स्रोत र बहाव तथा सो क्षेत्रमा हुने वर्षाको प्रकृतिलाई विशेष ध्यान दिन विज्ञले सुझाव दिनुभएको थियो । त्यस्तै पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव, बाढी पहिरोको प्रकोप, स्थानीय जीवनस्तरमा पर्ने प्रभावको गहिरो अध्ययन र विश्लेषण गरेर मात्र अघि बढ्न विज्ञहरुले सुझाव व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिशचन्द्र पोख्रेलले परियोजना सञ्चालनको आधार बलियो हुनुपर्नेमा जोड दिनुभयो । प्राविधिक विषयको गहिरो अध्ययन गरेर मात्र अघि बढ्न उहाँले सुझाव दिनुभयो । सांसद कलिला खानले सबै क्षेत्रसँग समन्वय र सहकार्य गरे परियोजना सफल हुने विश्वास व्यक्त गर्नुभयो । यो परियोजना तनहुँको समृद्धिको आधारशीला भएकाले यसलाई सफल बनाउने जिम्मेवारी सबैको हुने उहाँले बताउनुभयो ।

सांसद प्रकाश पन्थले परियोजना बहुआयामिक र एकीकृत योजना भएकाले विशेष महत्व राख्ने बताउँदै परियोजना सम्पन्न हुने अवधि लामो भएकाले समयसँगै परिवर्तन हुने पक्षहरुको बारेमा समेत चनाखो भई लागत इष्टिमेट गर्न उहाँले सुझाव दिनुभयो । मस्यौदा माथि जनप्रतिनिधि, राजनीतिज्ञ, व्यवसायी र अन्य सरोकारवालाले मादी नदीसँगैका जमिन अधिग्रहण, मादीको बहाव नियन्त्रण, सामाजिक तथा आर्थिक पक्ष, वातावरणीय पक्ष, निजी जग्गा मुआब्जा, पर्यटन विकासका पूर्वाधार, पर्यटनका सम्भावना र चुनौतीबारे आआफनो धारणा व्यक्त गर्नुभएको थियो । साथै लगानीको मोडल, जग्गा व्यवस्थापन, सहरी विकास योजना, जलविद्युत् उत्पादन क्षमता, निजी क्षेत्रसँग समन्वय र सहकार्य, लगानी सुरक्षित हुने आधार, स्थानीय बासिन्दाले लिनसक्ने फाइदा, फोहोरमैला व्यवस्थापन, सम्भावित लगानीकर्ताको सूची निर्माण, व्यास पराशर, मानहुँकोटलाई कसरी जोडने, नेतृत्वकर्ताको स्पष्ट भिजन र प्रतिबद्धता हुनुपर्नेलगायतका सुझाव राखेका थिए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यासको बृहत्तर र एकीकृत विकास कसरी गर्ने भन्ने सम्बन्धमा विज्ञसँग पटकपटक छलफल गर्दा व्यास एकीकृत मादी नदी उपत्यका विकास परियोजनाको अवधारण आएको जानकारी दिनुभयो । स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्दै त्यसमा केही कृतिमता प्रदान गरी त्यसबाट पर्यटन र व्यापार व्यवसायको राम्रो लाभ लिन सक्ने भएपछि परियोजना अगाडि बढाउने तयारी गरिएको न्यौपानेले बताउनुभयो । यस परियोजनाका लागि विदेशी लगानीकर्ता पनि उत्साहित देखिएको बताउँदै उहाँले विज्ञ टोलीसँग छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।