मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छः सचिव गुरुङ

मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छः सचिव गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताउनुभएको छ ।नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीद्वारा आज आयोजित प्रथम नगर अधिवेशन कार्यक्रममा उहाँले मुलुकको विकास समृद्धिका लागि एमाले सशक्त र बलियो हुनुपर्ने बताउनुभएको हो ।गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका नेता गुरुङले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको महत्वपूर्ण योजना वर्तमान सरकारले खारेज गरेर देश र जनताको उपलब्धि हुन नदिएको आरोप लगाउनुभयो । उहाँले राष्ट्रि««य पूँजीको निर्माण नगरेसम्म मुलुक आत्मनिर्भर हुन नसक्ने उल्लेख गर्दै मुलुक आत्मनिर्भर नभएसम्म समाजवाद व्यवहारिक कार्यान्वयन हुन नसक्ने बताउनुभयो । उहाँले नेकपा एमाले सुन्दरबजार नगरकमिटीको प्रथम अधिवेशनको समेत उद्घाटन गर्नुभएको थियो ।

यो पनि –  विकास निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेको छः नेता पोखरेल

नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले विकास निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउनुभएको छ । एमालेको प्रथम विराटनगर नगर अधिवेशनको आज उद्घाटन गर्दै उहाँले तराई क्षेत्रमा रोकिएको हुलाकी राजमार्ग एमाले नेतृत्वको सरकारले पुनःनिर्माण सुरु गरेर यस क्षेत्रका जनताको मन जितेको बताउनुभयो ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले एमाले नेतृत्वको सरकारले चीनसँग जोड्ने उत्तर दक्षिण सातबटा सडक निर्माण कार्यलाई द्रुतगतिमा आगाडि बढाएको पनि बताउनुभयो ।प्रदेशसभा सदस्य यशोदा अधिकारी, नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, प्रदेश खेलकुद बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत र नगर अध्यक्ष सागर थापाले एमाले नेतृत्वको सरकारले जनताको आर्थिक समृद्धि र व्यवस्थित विकास निर्माणमा उल्लेखनीय कार्य गरेको धारणा व्यक्त गर्नुभयो । पार्टीको नगर सभापतिमा पर्शुराम वस्नेत र सागर थापाबीच प्रतिस्पर्धा हुने बताइएको छ ।