एमाले गोदावरी नगर अध्यक्षमा थापा सर्वसम्मत

एमाले गोदावरी नगर अध्यक्षमा थापा सर्वसम्मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले)को प्रथम गाउँ तथा नगर अधिवेशनमा गोदावरी नगरपालिकाबाट प्रभाकर थापाको नेतृत्वमा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ ।अधिवेशनले नन्दश्यमा महर्जनलाई उपाध्यक्ष, मिथुन महर्जनलाई सचिव तथा राजेन्द्र न्यौपाने र नमि सिलवाललाई उपसचिवमा चयन गरेको छ । ललितपुर महानगरपालिकामा आस्था शाक्य, महालक्ष्मी नगरपालिकामा हरिगोविन्द श्रेष्ठ, महाँकाल गाउँपालिकामा पुरुषोत्तम हुमागाईँ, कोञ्ज्योसोम गाउँपालिकामा कविन्द्र स्याङ्बा र बागमती गाउँपालिकामा नवराज सञ्जेलको अध्यक्षतामा किमिटी सर्वसम्मत चयन गरिएको नेकपा (एमाले) ललितपुरले जनाएको छ ।

मेलम्चीमा फेरि स¥यो नगर अधिवेशन

सिन्धुपाल्चोक ः नेकपा (एमाले) मेलम्ची नगरपालिकाको पहिलो नगर अधिवेशन फेरि सरेको छ । यसअघि कात्तिक १३ गते गर्ने तय भएको अधिवेशन प्राविधिक कारण देखाउँदै कात्तिक १५ गतेका लागि सारिएको छ । नगर अधिवेशन आयोजक कमिटीको मङ्गलबार मेलम्ची बजारमा बसेको दोस्रो पूर्ण बैठकले सो निर्णय गरेको हो । नगर संयोजक डम्बरबहादुर अर्यालले आन्तरिक तयारी नसकिएका कारण नगर अधिवेशन सारिएको जानकारी दिनुभयो ।

यो पनि – कर्णालीमा अध्यादेश जारी

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मङ्गलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गर्नुभएको हो । प्रदेशसभाबाट पारित ऐनमा विभिन्न त्रुटि भएको पाइएपछि सरकारले संशोधन ऐन ल्याउने तयारी गरेको थियो । प्रदेशसभा अधिवेशन बोलाउने टुङ्गो नहुँदा प्रदेश सरकारले अध्यादेशमार्फत उक्त ऐन संशोधन गरेको हो ।

प्रदेश लोकसेवा आयोगका पदाधिकारी नियुक्त भएको लामो समय बितिसक्दासमेत ऐन संशोधन नहुँदा कामकाज प्रभावित भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र पठाएको दुई दिनपछि प्रदेश प्रमुख कलौनीले अध्यादेश जारी गर्नुभएको हो ।